काठमाडौ, माघ २१ - दोस्रो ठूलो दल एमालेमा अध्यक्ष झलनाथलाई २३ मतले पराजित गर्दै स्थायी समिति सदस्य केपी ओली संसदीय दलको नेता बनेका छन् । सर्वसम्मतिको प्रयास असफल भएपछि मंगलबार दिउँसो मतदान भएको थियो । एक सय ७३ सभासद रहेको एमाले संसदीय दलमा ओलीले ९८ र खनालले ७५ मत पाएका हुन् ।
ओली पहिलो पटक पार्टी संरचनाभित्र मुख्य पदमा पुगेका हुन् भने एमालेको संसदीय दलमा पनि यो पहिलो चुनावी अभ्यास हो । चुनावी अभ्यासले पार्टी प्रमुख नै संसदीय दलको नेता बन्दै आएको परम्परा तोडिएको छ । २०४८ पछिका सबै संसदीय दलमा पार्टीे प्रमुख नै दलको नेता बन्दै आएको इतिहास एमालेमा थियो ।
निर्वाचन जितेपछि ओलीले पार्टीलाई एकढिक्का बनाएर लैजान भूमिका खेल्ने बताएका छन् । 'हामी पार्टी र संसदीय दललाई एकताबद्ध र प्रभावकारी बनाएर लैजान्छौं,' संसदीय दलको कार्यालयमा सम्बोधन गर्दै नेता ओलीले भने, 'कुनै पक्षमा मतदान गरेबापत वा कुनै पक्षलाई मत नदिएबापत आग्रह/पूर्वाग्रह राखिने छैन ।'
नेता ओलीलाई बधाई दिँदै अध्यक्ष खनालले लोकतान्त्रिक प्रक्रियाअनुसार चुनाव भएको र यसले पार्टी एकतालाई थप मजबुत बनाउने बताए । 'एमालेले लोकतान्त्रिक अभ्यास गरेको छ, यसले हाम्रो पार्टीलाई अझ सुदृढ ढंगले अघि बढ्न मद्दत गर्नेछ,' उनले भने, 'म पार्टी अध्यक्ष छु, कमरेड केपी ओली दलको नेता हुनुभएको छ । हामी मिलेर संविधान निर्माण गर्ने काम, पार्टी र देशलाई नेतृत्व गर्नेछौं ।'
चुनावमा अध्यक्ष खनाललाई वरिष्ठ नेता नेपाल र सचिव युवराज ज्ञवाली लगायतले सहयोग गरेका थिए भने ओलीलाई बाँकी पार्टी पदाधिकारी सबै, उपाध्यक्षद्वय वामदेव गौतम र विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल, सचिवद्वय शंकर पोखरेल र विष्णु पौडेल लगायतको समर्थन थियो ।
सहमति खोज्न बसेको शीर्ष नेताहरूको बैठक असफल भएपछि पार्टी केन्द्रीय समितिले निर्वाचनबाट टुंग्याउने निर्णय गरेको थियो । नेताहरूको बैठक सहमतिमा नपुगेपछि बल्खुमा झन्डै ५ मिनेट मात्र केन्द्रीय समिति बैठक बसेको थियो । उक्त बैठकलाई अध्यक्ष खनालले सम्बोधन गर्दै निर्वाचनबाट नेता चयन गर्ने धारणा सुनाएका थिए ।
त्यसपछि लगत्तै नेताहरू झन्डै २ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेका थिए । त्यहाँ वरिष्ठ नेता नेपालको प्रस्ताव र सभासद अष्टलक्ष्मी शाक्यको समर्थनमा अध्यक्ष खनाल तथा उपाध्यक्ष गौतमको प्रस्ताव र सचिव विष्णु पौडेलको समर्थनमा नेता ओलीले उम्मेदवारी दर्ता गराएका थिए ।
पार्टीको नेतृत्व नयाँ व्यक्तिमा जानुपर्ने मुद्दा उठाउँदै ओली र उपाध्यक्ष गौतमबीच पछिल्लो समय नयाँ समीकरण बनेको थियो । गत शनिबार भएको सहमतिअनुसार बदलिएको आन्तरिक समीकरणका कारण ओली दलको नेता बन्न सफल भएका हुन् । ओली र गौतमबीच संसदीय दलको नेतादेखि आउँदो महाधिवेशनबाट नयाँ व्यक्तिमा नेतृत्व हस्तान्तरण गराउने र त्यसका लागि मिलेर जाने सहमति भएको छ ।
तत्काल संसदीय दलको नेताको पद देखिएपछि एमालेभित्र भावी अध्यक्ष को बन्ने भन्ने मुद्दा हाबी हुँदा शीर्ष नेताहरूबीच सहमति हुन नसकेको हो ।
आउँदो महाधिवेशनबाट खनालको समर्थनमा अध्यक्ष बन्ने दाउमा नेता नेपाल लागे । पटक-पटक खनाल र नेपालले अवसर पाएको भन्दै ओलीले आफूलाई अध्यक्ष बनाउन सहमति गर्नुपर्ने अडान राखेका थिए । नेपाल र ओली दुवै अध्यक्षमा एकअर्कालाई छोड्न तयार नभएपछि संसदीय दलको नेताको विषयमा पनि सहमति हुन सकेन ।
झन्डै १५ दिनदेखि ओली र गौतम नयाँ समीकरण बनाउने कसरतमा थिए । शनिबार उनीहरूबीच सहमति भएपछि पनि सर्वसम्मतिका लागि शीर्ष नेताहरू पटक-पटक छलफलमा बसे । तर छलफलसँगै आ-आफ्नो शक्ति सञ्चयका लागि दुवै पक्षले गुटका भेला गरे ।
गुटका भेलापछि सोमबार राति खनाल निवासमा ओली र गौतम पुगेर सहमतिको प्रयास गरेका थिए । मंगलबार सबै प्रमुख नेता बसेर सहमतिको प्रयास गरे पनि असफल भएपछि निर्वाचन भएको थियो ।
प्रकाशित मिति: २०७० माघ २२ ०९:०८
खनालको आवरणमा नेपालको हार
सरोजराज अधिकारी
काठमाडौ, माघ २१ - एमाले केन्द्रीय निर्वाचन आयोगले संसदीय दलको नेतामा केपी शर्मा ओली निर्वाचित भएको परिणाम सार्वजनिक गरेको आधा घन्टापछि दलको कार्यालयबाट बाहिरिँदा वरिष्ठ नेता माधवकुमार नेपाल निकै निराश र हतास देखिन्थे । चिसो नघटिसकेको माघको साँझमा पनि नेता नेपाल असिनपसिन थिए । त्यति निराश त ओलीसँग पराजित अध्यक्ष झलनाथ खनाल पनि देखिएनन् । परिणाम सार्वजनिक भएलगत्तै सञ्चारकर्मीमाझ उपस्थित खनाल सहज देखिन्थे, भद्र प्रतिक्रिया दिए ।
'वास्तवमा यो केपी ओली र वामदेव गौतमको सामूहिक जित हो भने हारचाहिँ माधव नेपालको मात्रै,' परिणाम सार्वजनिक भएलगत्तै सिंहदरबारस्थित दल कार्यालय परिसरमा रहेका अधिकांश एमालेजन टिप्पणी गरिरहेका थिए, 'झलनाथ खनाल त आवरण मात्र हुन् । प्रतिस्पर्धा ओली र नेपालबीच भएको हो ।'
एमालेको आन्तरिक शक्ति संघर्षका केही समययताका परिघटना हेर्दा ओली र नेपाल प्रतिस्पर्धीका रूपमा थिए । एमाले सचिव विष्णु पौडेलका अनुसार त खनाल दलको नेतामा प्रतिस्पर्धा गर्ने मनस्थिति मै थिएनन् । 'सोमबार राति दुई नेता -खनाल र ओली) बीच मिलेर अघि बढ्ने सहमति बनेको थियो,' सिंहदरबार परिसरमा नेता पौडेलले कान्तिपुरसँग भने, 'बिहान एकाएक परिस्थिति फेरियो । सहमतिमा सबै कुरा टुंगियोस् भन्ने चाहे पनि बाध्यकारी परिस्थितिमा चुनावमा जानुपरेको हो ।'
दुई नेताबीच ओलीलाई सर्वसम्मत दलको नेता बनाउने र खनाललाई राष्ट्रपतिका रूपमा अघि सार्ने सहमति बनेको थियो । सचिव पौडेलको निवास भैंसेपाटीमा साँझ ८ देखि मध्यरात सवा १२ सम्मको बैठकमा हालै ओली खेमामा लागेका उपाध्यक्ष वामदेव गौतम पनि थिए । दलको नेता तुरुन्तै चयन हुने र खनाललाई राष्ट्रपति बनाउने विषय कार्यान्वयनका लागि नेपालसहितका थप नेता बसेर टुंग्याउने सहमति बन्यो । सहमतिअनुसार नेपाल, उपाध्यक्ष विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल र सुरेन्द्र पाण्डे गरी थप चारसहित आठ जना पौडेलकै निवासमा बिहान साढे ८ मा जम्मा हुने तय भयो ।
सचिव पौडेलले सोहीअनुरूप सबै नेतालाई फोन गरे । नेता नेपालको आग्रहमा घनश्याम भुसाल र भीम रावललाई पनि बोलाइयो । प्रायः सबै शीर्ष नेता सभासद रामअवतार पासवानकी दिवंगत आमाको अन्त्येष्टिमा सहभागी हुन बिहानै पशुपति पुगे । खनाल र्फकन लाग्दा पुगेका नेपालले उनलाई रोके । 'पहिले हामीहरू बसेर छलफल गरौं । त्यसपछि मात्रै सामूहिक बसौंला । तपाइर्ं सीधै डल्लु जानुहोस्, म त्यहीं आउँछु,' नेता नेपालले खनाललाई भनेको उद्धृत गर्दै एक नेताले बताए ।
खनाल निवासमा नेपालका साथै पाण्डे, भुसाल, रावललगायत भेला भए । त्यहाँ ओलीलाई सहजै मैदान छाडे पार्टीमा बिस्तारै उनी हावी हुने भएकाले प्रतिस्पर्धामा उत्रिन खनालमाथि दबाब बढ्यो । 'बीचैमा मैदान छाडेर धोका दिन पाउनुहुन्न' भन्दै सबैले दबाब दिएपछि खनाल 'अनिच्छा' का बाबजुद उम्मेदवार बनेको डल्लु भेलाका एक सहभागीले बताए । एक हिसाबले खनाल 'डमी' उम्मेदवार बनेको सहभागी स्रोतले बतायो । उपाध्यक्ष गौतमका अनुसार खनालले दोहोर्याएर पार्टी अध्यक्षमा प्रतिस्पर्धा नगर्ने बताइसकेका थिए । पार्टी प्रमुख नै दलको नेता हुने परम्परा कायम राख्नुपर्ने र एक पटक पाए प्रधानमन्त्री बन्ने उनको इच्छा थियो । प्रधानमन्त्री नभए र अवसर पाए राष्ट्रपति बन्नेमा पनि उनी सकारात्मक नै थिए । यस हिसाबले सहमतिसाथ अघि बढ्नेमा उनी लचक थिए । खास प्रतिस्पर्धा त नेता नेपाल र ओलीबीच थियो । किनकि, दुवैले पहिले पार्टीको कार्यकारी प्रमुख -अध्यक्ष) हुने, त्यसपछि अवसर आउनासाथ मुलुकको कार्यकारी प्रमुख -प्रधानमन्त्री) हुने आकांक्षा राखे । एमालेभित्रको पछिल्लो शक्ति संघर्ष नेपाल र ओलीको आकांक्षाको सीधा टकराव हो ।
केहीअघिको कुराकानीमा नेता ओली अध्यक्ष खनालसँग मिलेर अघि बढ्ने मनस्थितिमै थिए । त्यसबेला उनले खनाललाई सर्वसम्मत दलको नेता बनाउने बताएका थिए । बदलामा पार्टी अध्यक्षमा खनालले सघाउनुपर्ने थियो । त्यसबाहेक राष्ट्रपतिको अवसर आउँदा पनि खनाललाई नै अघि सार्न सकिनेमा उनी सहमत देखिन्थे । गौतमलाई कांग्रेसको सरकारमा एमालेको नेतृत्व गर्न पठाउने र खनाल राष्ट्रपति भएपछि रिक्त हुने दलको नेता पनि दिने ओली पक्षको तयारी थियो । खनाल र गौतमका लागि ओलीका प्रस्ताव आकर्षक थिए । तर पछि नेता नेपालले खेल्न थालेको महसुस गरेर विपक्षी खेमामाथि दबाब सिर्जना गर्ने उद्देश्यले दलको नेतामा ओलीलाई नै अघि सारी शक्ति प्रदर्शन गर्ने रणनीति लियो त्यो खेमाले । कहिले यता, कहिले उता ढल्केर १५ वर्ष पार्टी नेतृत्व गरेको, प्रधानमन्त्रीलगायत महत्त्वपूर्ण जिम्मेवारीमा पुर्याउन गरेको सहयोगको प्रतिफल नपाएको ओली खेमाको ठहर थियो । त्यसमाथि भविष्यमा पनि आफ्नासामु तगारो बन्न सक्ने भएकाले यसपटक नेता नेपाललाई किनारा नै लगाउने मनस्थिति थियो ओली पक्षको । नेपालले यो रणनीति नबुझ्ने कुरै थिएन । त्यसैले खनाललाई अघि सारेर ओली मोर्चालाई परास्त गर्ने योजनामा लागे । एक समय ओलीसँग नराम्ररी बाझेका पाण्डे र ओलीसँगको सहकार्यमा भविष्य नदेखेका दोस्रो पुस्ताका धेरै नेताले खनाल-नेपाल गठबन्धनमा जोड दिए । गौतम ओलीतिर गए पनि उनीसँग रहेका भुसाललगायत कतिपय नेता नगएकाले आफ्नो मोर्चा कमजोर नभइसकेको निष्कर्ष थियो, खनाल-नेपालको ।
गौतमसँग ९/१० मात्र सभासद रहेको अवस्थामा ओलीले २३ मत बढी ल्याएर फराकिलो जित हासिल गरेपछि भने खनाल खेमा झस्किएको छ । उनीनिकट केही नेता विगतमा खनाल नेतृत्वको सरकारविरुद्ध खनिएका नेपालको लहैलहैमा लाग्नु गलत भएको निष्कर्षमा पुगेका छन् । सहमतीय सरकारका नाममा आफूलाई राजीनामा गर्न लगाएर खनाल बहुमतीय प्रधानमन्त्री बनेपछि नेपालले उनीविरुद्ध मोर्चा नै कसेका थिए । 'त्यसबेला खनाल नेतृत्वको सरकारलाई असफल पार्ने प्रमुख भूमिकामा नेपाल हुनुहुन्थ्यो । निश्चित स्वार्थ र मुद्दा मिलेकाले मात्र ओलीले नेपाललाई सघाएका थिए,' खनालनिकट एक नेताले भने, 'अहिले उहाँकै लहैलहैमा लाग्नु गलत भयो ।'
खनाल पक्षका कतिपय नेता समीकरणमा पुनर्विचार गर्नुपर्ने मनस्थितिमा पुगिसकेका छन् । महासचिव पोखरेलले साथ छाडेको त निकै भइसकेको थियो । आफ्नो खेमाका 'खम्बा' गौतमसमेत अलग्गिएर ओली पक्षमा लागेपछि खनाल खेमा दबाबमा परेको हो । संसदीय दलको नतिजा देखिइसक्यो । ओली, गौतम र पोखरेल एक ठाउँमा उभिँदा पार्टीभित्रको पकड पनि कमजोर बन्दै गएको छ । नेतृत्वबाट सम्मानजनक बर्हिगमनका लागि पनि ओलीसँग सहकार्य गरेर अघि बढ्नुपर्ने दबाब बढेको छ, खनालमाथि । यस स्थितिमा नेता नेपाल एक्लिने छन् ।
किनकि, आफू कमजोर रहेको अवस्थामा सम्झौता गरेर अस्तित्व बचाउन माहिर भनिएका नेपालको तत्कालै ओलीसँग सम्बन्ध सुध्रने र समीकरण बन्ने सम्भावना छैन । दलको नेताको निर्वाचनअघि नेपालले ओलीलाई 'रोगी' भनेर कटु टिप्पणी गरेका थिए । ओली र गौतमबीच आलोपालो नेतृत्व गर्ने गरी भएको सहमतिप्रति उनले भनेका थिए, 'पार्टीको नेतृत्व गर्ने कुरा योग्यता र क्षमतामा भर पर्छ । आलोपालो भन्दा बूढा र रोगीलाई नेतृत्व दिनुपर्ने हुन्छ ।' खनाल, नेपाल र ओलीभन्दा गौतमको उमेर बढी छ । त्यसैले नेपालले 'बूढो' भनेर गौतमलाई कटाक्ष गरेका हुन् ।
प्रकाशित मिति: २०७० माघ २२ ०९:०९

No comments:
Post a Comment