![]()
- पेलेरै अगाडि जान चाहने अध्यक्षको प्रवृति र वहाँलाई त्यसो गर्न उक्साउने वहाँका सहयोगीहरुको प्रयासले पार्टीमा गम्भीर विग्रह ल्याउने छ ।
- आफूलाई पार्टी जीवनको लोकतान्त्रिकरणको पक्षपाति भनेर नथाक्ने नेताबाट यस प्रकारको अलोकतान्त्रिक, अपारदर्शी तथा छलकपटपूर्ण कार्य हुनु विडम्वनापूर्ण मात्र होइन लज्जास्पद कार्य समेत हो
- आफुले सारा जीवन खर्चेर निर्माण गरेको पार्टी बिग्रेको र भत्केको टुलुटुलु हेरेर बस्न सक्दिन । सहमतिका साथ पार्टी चलाउनुस्, मेरो पुरै सहयोग रहने छ । मेरो यस भद्र आग्रहलाई कमजोरी ठानियो भने त्यो भयंकर भूल हुनेछ भन्ने कुरा पनि ध्यानमा राख्नुहुन अनुरोध छ ।
पार्टीको आन्तरिक एकता र सुदृढीकरणका लागि मेरो अपील
कमरेड अध्यक्ष तथा सम्पूर्ण कमरेडहरु,
नेकपा (एमाले), केन्द्रीय कमिटी
हाम्रो पार्टीको इतिहासमा पाँचौँ राष्ट्रिय महाधिवेशन पछिको सबैभन्दा महत्वपूर्ण घटनाका रुपमा हामीले नवौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेका छौँ । पाँचौँ महाधिवेशनले माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने नवीन विचारका रुपमा जनताको बहुदलीय जनवाद पारित गरेको थियो भने नवौँ महाधिवेशनले २०६२÷०६३को जनक्रान्तिको चरित्र निरुपण गर्ने, वर्तमान नेपाली समाजको चरित्र नयाँ ढङ्गले निर्धारण गर्ने र तदनुरुप पार्टीका नयाँ कार्यभारहरु तय गर्ने तथा पार्टीलाई एकतावद्ध बनाएर नेपाली कम्युनिष्ट आन्दोलनको केन्द्रका रुपमा स्थापित गर्ने भन्ने अत्यन्त महत्वपूर्ण र ऐतिहासिक निर्णय गरेको थियो र ती निर्णयहरुको कार्यान्वयन गर्ने दायित्व वहन गर्नका निम्ति नेतृत्व चयन गर्ने काम समेत गरेको थियो । मेरो विचारमा नवौँ महाधिवेशनका निर्णयहरु अत्यन्त महत्वपूर्ण छन् र यी निर्णय कार्यान्वयन गर्न महाधिवेशनले सुम्पिएको दायित्व अत्यन्त गहन छ । तर, अध्यक्ष क. के.पी. ओलीले उक्त महत्व र गहनतालाई आत्मसात गरेको देखिदैन । “महाधिवेशन जे–जसरी सम्पन्न भएको भए पनि अब म सबैसँग सरसल्लाह गरेर काम गर्नेछु र सबैलाई समेटेर लैजान्छु” भनेर वहाँले सार्वजनिक अभिव्यक्ति दिनुभएपछि मलाई खुसी लागेको थियो । वहाँको त्यस भनाईबाट समग्र पार्टी पंक्तिमा आशा पनि पलाएको थियो । तर, महाधिवेशन यताका वहाँका गतिविधि, निर्णय र सार्वजनिक अभिव्यक्तिहरुमा समेत आफ्नै मनोमानी, स्वेच्छाचरिता र एकलकाँटे तौरतरिका देखिएकोे छ । वहाँको काम कारवाहीबाट पार्टीको आन्तरिक एकता बलियो पार्ने होइन की त्यसलाई कमजोर पार्ने काम मात्र भएको छ । यतिबेला राष्ट्रिय राजनीतिमा हाम्रो पार्टीबाट जुन प्रभावकारी भुमिका खेलिनुपर्ने हो त्यो भैरहेको छैन । पार्टीमा कुनै छलफल र निर्णय नगरी आफुखुसी ढङ्गले चल्नाले गंभिर समस्या र अन्यौल सिर्जना गर्ने काम मात्र भएको छ । यस प्रकारका काम–कार्वाहीले गर्दा पार्टीमा उत्पन्न भइरहेका गंभीर समस्याहरुको बारेमा म आफ्ना धारणाहरु यस बैठक समक्ष राख्न चाहन्छुु ।
१.महाधिवेशनका निर्णय उल्लंघन गरियो
पार्टी विधानले अध्यक्ष लगायत सबैलाई पार्टी महाधिवेशनका निर्णयहरु मान्ने र तिनको कार्यान्वयन गर्ने दायित्व सुम्पेको छ । यदि कुनै निर्णयमा कसैको असहमति वा फरक धारणा भए अर्को महाधिवेशनमा उठाउने गरी थाति राख्नुपर्ने र भएका निर्णयको कार्यान्वयनमा लाग्नुपर्ने बाध्यकारी व्यवस्था विधानले गरेको छ । तर वर्तमान अध्यक्षले विधानको यस व्यवस्थालाई लत्याएर महाधिवेशनको निर्णयभन्दा फरक प्रावधान राखेर विधान छाप्न निर्देशन दिएर महाधिवेशनको निर्णय उलंघन गर्ने गम्भीर भुल गर्नुभएको छ । महाधिवेशनका अडियो तथा भिडियो रेकर्डहरु हेरेर त्यहाँ जे निर्णय भएको छ त्यही मानेर जाउँ भन्दा नमान्नुले नै स्पष्ट भएको छ कि उहाँ महाधिवेशनका निर्णयप्रति प्रतिवद्ध हुनुहुन्न र तिनको कार्यान्वयन गर्न तयार हुनुहुन्न ।