दुर्गा खनाल
बेइजिङस्थित ‘ग्रेट हल अफ दि पिपल’ मा राष्ट्रपति सि चिन फिङले ‘चिनिया“ बिषेशता सहितको समाजवाद’ले कसरी सफलता हासिल गरिरहेको छ भन्ने फेहरिस्त प्रस्ततु गरिरहं“दा झण्डै १ सय ४० किलोमिटर टाढा ‘थ्यान्जिन’ सहरको पां“चतारे ‘ग्राण्ड भ्यू होटल’ मा ठिक त्यही बिषयको कक्षा चलिरहेको थियो ।
अक्टुबरको तेस्रो साता चिनिया“ं कम्यूनिष्ट पार्टी (सिपिसी)को १९ औ. राष्ट्रिय सम्मेलनले विश्वको ध्यान खिचेको थियो । चिनिया“ टेलिभजनमा सि चिनफिङका नया“ र पुराना भिडियो फुटेजहरु श्रृखालाबद्ध रुपमा प्रस्तुत भइरहेका थिए । विश्वका अन्य टेलिभिजन अखबार र अनलाईन पोर्टलहरुले उक्त सम्मेलनलाई नजिकबाट नियाली रहेका थिए । सिपिसीको त्यो सम्मेलनको भिन्न एंगलबाट मिडिया कभरेज भइरहेका बेला ‘ग्राण्ड भ्यू होटलको कक्षामा साक्षात्कार गर्न हाजिर थिए– ‘राष्ट्रिय सूचना केन्द्र’ एक बरिष्ठ अधिकारी उ सियाओ झिन । उनको बिषय थियो¬–चिनिया“ बिषेशताको समाजवाद केहो ? चीनले आर्थिक रुपमा कसरी प्रगति गरिरहेको छ ?
चीनले गरेको विकासको कथा बेला बेला सञ्चार माध्यमबाट मात्र सुन्दै र पढ्दै आएको मेरा लागि यसपटक चीन सरकारको प्रायोजनमा सञ्चालित २१ दिनको ‘कन्सट्रक्सन एण्ड म्यानेजमेन्ट अफ साइन्टिफिक एण्ड टेक्नोलोजिकल पार्क फर एसियन कन्ट्रिज–२०१७’ शिर्षकको सेमिनारले विकासको प्रत्यक्ष दर्शन गर्ने अवसर जुटाएको थियो । ठिक यही समयमा चिनिया“ कम्यूनिष्ट पार्टीको सम्मेलनले ‘सि चिनफिङ विचारधारा’ पारित ग¥यो । सि चिनफिङ पुनः नया“ं कार्यकालका लागि दोहोरिए । आखिर यो किन भयो ? यीनै प्रश्नहरु मंथिंगलमा खेलिरहेका बेला बरिष्ठ अधिकारी झिनले दिएको तथ्य र विष्लेषण भित्र जवाफ भेटियो । ‘पछिल्लो समयमा हाम्रो नेतृत्वले भ्रष्टाचार अन्त्य, रोजगारी सिर्जना र प्रविधिको विकासका जस्ता कदम चालेको छ त्यसप्रति जनता खुसी पनि छन् र यही नेतृत्वले थप प्रगति गराउन सक्न भन्नेमा विश्वस्त पनि छन्’ सिको नया“ कार्यकाल दोहोरिनुको कारण उनले खुलाए,‘जनताले भरोसा गर्ने नेतृत्व छ भने यसमा अरुले टाउको दुखाई राख्नुपर्दैन ।’
झिनले यस्तो भनिरह“दा पश्चिमा सञ्चारमाध्यमहरुले सि ले अधिनायकवादी बाटो पक्रे, उनी आफ्नो औलामा चीनलाई नचाउन चाहन्छन् लगायतका बिष्लेषणहरु सम्प्रेषित गरिरहेका थिए । पश्चिमा सञ्चार माध्यमको बिष्लेषण र स्थानीय वस्तुस्थिति हेर्दा फरक लाग्थ्यो । किनभने पश्चिमाहरुले चीनको बारेमा अलि बढी अफवाह फैलाउन खोज्छन् भन्ने चीनिया“हरुले बुझेका छन् । त्यसैले उनीहरुको बिष्लेणमाथि दिमाग ख्याउने झन्झट गर्दैनन् । झिन पनि त्यही शैलीमा प्रस्तुत भए र अगाडी बढे झण्डै ४० बर्ष यताको प्रगतिको तथ्यकथा भन्न ।
‘टार्गेट अमेरिका’
चीनको पछिल्लो आर्थिक सुधारको पहिलो बिन्दु नै १९७८ लाई मानिन्छ । तङ सियाओ पिङको नीतिलाई पछ्याउदै अगाडी बढेको चीनले १९८७ मा चिनिया“ कम्यूनिष्ट पार्टीको ते¥हौ सम्मेलनबाट ‘तीन चरणको रणनीति’ पारित ग¥यो । जसमा पहिलो चरणमा १९९० सम्म दोब्बर आय बृद्धि गर्ने, सन् २०००सम्म जनताको जीवनस्तर राम्रो बनाई सक्ने र शताब्दीको आधासम्म विकशित मुलुकको सूचीमा पुग्ने, आधुनिक र समृद्ध बन्ने । यही रणनीति अन्तर्गत चीनले आर्थिक प्रगति गरिरहेको छ । अहिले तेस्रो ¬ अर्थात् आधुनिक र समृद्ध बन्ने चरणमा छ । १९७८ मा चीनमा विश्व व्यापारको ३२ औं नम्बरमा प¥थ्यो । ‘क्लोज इकोनोमी थियो । अहिले व्यापार गर्ने विश्वको पहिलो नम्बरमा पुगेको छ र ‘ओपन इकोनोमी’ नीति अंगालेको छ । सन् २०१० देखि विश्वको दोस्रो ठूलो ‘आर्थिक’ अवस्था भएको मुलुकको सूचीमा छ । १९७८–२०१६ को तुलना गर्ने हो भने शहरियाहरुको आय ३४३ युआनबाट बढेर ३३ हजार ६ सय १६ पुगेको छ । गांउलेहरुको आय १३४ बाट बढेर १२ हजार ३ सय ६३ पुगेको छ । अर्थात् औसत साढे ७ प्रतिशतको आर्थिक बृद्धि संगै प्रतिव्यक्ति आय झण्डै १५ गुणा बढेको छ ।
अब मुख्य ध्यान नै कसरी आर्थिक रुपमा पहिलो मुलुक बन्ने भन्ने केन्द्रित छ । यो मामिलामा राष्ट्रपति सि र अन्य नागरिकले बोल्ने भाषा करिब एउटै हु“दोरहेछ । हरेक बिषयको उदाहरण उनीहरु अमेरिकास“ंग तुलना गरेर दिन्छन् । २१ दिन लामो यात्राका क्रममा भेटिएका व्यक्ति र क्लासहरुमा पढाउने छिर्ने बौद्धिक व्यक्तित्व कसैले पनि अन्य मुलुकको नाम लिएनन्–अमेरिका बाहेक । अमेरिकाले ‘यो गरिरहेको छ’, हामी ‘यो गर्दैछ’ र ‘यहां“ पुग्छौ’ भन्ने बाक्य पटक पटक उनीहरुले दोहो¥याइरहे । त्यो लक्ष्य हासिल गर्ने बाटो भनेको –‘चिनिया बिषेशतासहितको समाजवादी’ बाटो हो भन्दै चीनिया“ विचारधाराको प्रसंशा गर्न त झन् उनीहरुले छुटाउंदै छुटाएनन् ।
पूर्वाधार, व्यापार, आविष्कार, प्रविधिमा गरेको प्रगतिको प्रमाण आ“ंखै अगाडी देख्दा उनीहरुले भनेको विश्वास गर्न कर लाग्छ । चीनका पा“ंच ठूला मध्येमा पर्ने ‘संघाई‘, बेइजिङ र थ्यान्जिन’ तीनवटा सहरको भ्रमणका क्रममा देखिएको विकास र प्रगति कल्पना भन्दा बाहिरको छ । चिल्ला फराकिला सडक, गगनचुम्बी भवन, बाहिरबाट हेर्दा झट्ट देखिने विकासका सूचक हुन् । तर ती गगनचुम्बी भवन भित्र भइरहेका काम त्यो भन्दा बढी विकशित खालका छन् । ‘थ्यान्जिन इकोनोमिक एण्ड डेभलपमेन्ट एरिया (टेडा) त्यस्तै काम गर्ने एउटा क्षेत्र हो । जुन क्ष्ँेत्रका गगनचुम्बी भवनभित्र मोटर कम्पनिदेखि, जुस फयाक्ट्री, अनलाईन मार्केट देखि ‘इको सिटी’ सम्म अटाएका छन् । हजारौ व्यक्ति त्यहा“ काम गरिरहेका छन् । अपार्टमेन्टमा बस्छन् । सामाजिक सुरक्षाको पूर्ण व्यवस्था सहितको सुविधामा कामदारहरु काम गर्छन् । सिंगापुर सरकारसंग मिलेर ‘सिनो–सिंगापुर इकोलोजिकल सिटी’ बनाइएको छ । सिंगापुरकै डिजाईनमा बनेको यो वातावरणमैत्री क्षेत्रमा कुनै प्रदुषण छैन । हावा नै फरक खालको बहेको अनुभव हुन्छ ।
संघाईबाट झण्डै ५० किलोमिटर टाढाको ‘सुजो’ शहरमा पुग्दा विकासको अर्को नमूना भेटिन्छ । पूर्ण रुपमा वातारणीय सन्तुलत कायम गर्ने गरी विकास गरिएको यो सानो सहर छिर्दा पनि अर्कै संसारमा आएजस्तो अनुभव हुदो रहेछ । सिंगापुरसंग मिलेर विकास गरिएका यी सहर र क्षेत्र हेर्दा राष्ट्रपतिले सि चिन फिङले १९ औं सम्मेलनमा गरेको ‘वातवरणमैत्री’ सहर र प्रविधिको विकास गर्ने उद्घोष व्यवहारमा कार्यान्वयन मै आइरहेको जस्तो भान हुन्छ । थ्यान्जनिकै ‘हाउताई’ मोटर कम्पनीले बर्षेनी झण्डै १० लाख विद्युतीय कार उत्पादन गरिरहेको छ । वातावरणमैत्री अभियानलाई सफल पार्ने हाउताई जस्ता अन्य कम्पनीहरु पनि चीनमा बढीरहेका छन् ।
यो हदसम्मको प्रगतिमा उक्लिइरहेको गरिसकेको चीनलाई अमेरिकालाई पछि पार्ने लक्ष्य पुरा गर्न कुनै जटिलता छ्रैन । ‘अहिलेकै जति आर्थिक बृद्धि ( करिब ७ प्रतिशत¬) भइरह्यो भने हामी ५ बर्ष भित्र हाम्रो लक्ष्य हासिल गर्न सक्छौ’ बिषेश आर्थिक क्षेत्र सम्बन्धि बिषयका बिषेशज्ञ वाङ झेङले भने,‘यो भन्दा हतारिनु जरुरी छैन । हामी सही बाटोमा छौ ।’
‘सियोबाट फाली’
चीनलाई बुझ्ने नेपाली बिलेषकहरुले बेला वखत टिप्पणी गर्छन्– ‘चीन कुनै स्थानमा ‘सियो’ बनेर छि¥यो भने ‘फाली’ बनेर निस्कन्छ ।’ यो टिप्पणीको अर्थ खोज्न धेरै भौतारिनु परेन । सुहा“ंउदो उदाहरण दिने व्यक्ति भेटिए– वाङ काई । एक दिन दुईटा सेसन गरी झण्डै ६ घण्टा लामो क्लास लिएका यी बुढा मान्छेले मोबाइल प्रविधिमा चीनले कसरी प्रगति ग¥यो भन्ने एउटा अनुभव सुनाए । त्योअमेरिकाको ‘मोटोरोला’ कम्पनी कसरी चिनिया“हरुको पोल्टा पुग्यो र अहिले नया“ं चिनिया“ मोबाइल कम्पनीले कसरी प्रगति गरिरहेका छन् ? वाङले फेहरिस्त प्रस्तुत गरे ।
उनका अनुसार चीनको बजार र सस्ता कामदार देखेर ‘मोटोरोला कम्पनी’ चीन छिरेको थियो । तर त्यसबेला चिनिया“हरु मोबाइल प्रविधिसं“ग अपरिचित थिए । मोटोरोला कम्पनी आएपछि चिनिया“हरुले उसबाट प्रविधि सिक्न पाए । केही युवाहरुलाई प्रविधि सिक्नका लागि अमेरिका पठाइयो । मोबाइल कसरी उत्पादन गर्ने भन्ने प्राविधिक ज्ञान हासिल गरेपछि मोटोरोला कम्पनीमा काम गर्नेहरु विस्तार कम्पनीबाट बाहिरिए । आफै नक्कल गर्दै नया“ मोबाइलहरु बनाउन थाले । ‘शुरुमा कपी गरिएका मोबाइलहरुको गुणस्तर राम्रो भएन’ बाङ काइले भने,‘तर अध्ययन गर्ने र सुधार गर्ने क्रम रोकिएन ।’ नयां“ मोबाइलहरु आउन थालेपछि विस्तारै मोटोरोलाको मार्केट खस्किन थाल्यो । सन् २०१३ मा आइपुग्दा त यो कम्पनी टाटै पल्टिने अवस्था आएपछि चिनिया“ कम्पनी ‘लेनोभो’सं“ग मोटोरोला मर्ज भयो । अहिले चिनिया“ मोबाइलले आफ्नै बजार विस्तार गरिसकेका छन् । संसारका अन्य ठूला मोबाइल कम्पनीहरुकै हाराहारीमा पुगेका छन् । ‘अहिले हामी आफै नया“ प्रविधि आविष्कार गर्न सक्ने भइसकेका छौ, ‘हुवावे’ जस्तो ब्राण्डले अहिले संसारका धेरै मुलुकमा राम्रो व्यापार गरिरहेका छन्’वाङले भने ।
कुनै बेला एप्पलको आइफोनका लागि चिनिया“हरु मरिहत्ते गर्थे । अहिले आइफोनको भन्दा राम्रँे फिचर भएका मोबाइल सस्तोमा पाउने भएपछि विस्तारै त्यसप्रतिको आकर्षण घटिरहेको दाबी वाङको छ । मोबाइल मात्र होइन,आफूसं“ग नभएको प्रविधि अन्यबाट कपी गर्ने र त्यसलाई आफ्नो तरिकाले सुधार्दै बजारमा स्थापीत हुने, यो काइदा वाङबाट सुनेपछि सा“ंच्चै ‘सियो बनेर छिर्ने र ‘फाली’ बनेर निस्कने भन्ने टिप्पणी सही रहेछ भन्ने लाग्यो । जस्तो सुकै र जुन गुणस्तरको सामान पनि चीनले कसरी उत्पादन गर्दो रहेछ भन्ने बुझ्न यो उदाहरण काफी भयो ।
यसको अर्थ चीन अरुको ‘कपी’ मात्र गर्छ भन्ने होइन । उसका आफ्ना उत्पादनले अहिले विश्वबजारमा कब्जा जमाइरहेका छन् । चिनिया“ माल कमसल मात्र हुन्छ भन्ने मान्यता तोडिइसकेको छ । आवश्यक अनुसार जस्तो गुणस्तरको सामान पनि भेटिन्छ । कुनै बेला अरुबाट प्रविधि सिक्नुपर्ने अवस्थाबाट गुज्रिएको चीन अहिले आफ्नै आविष्कार अरुलाई निर्यात गर्ने अवस्थामा पुगिसकेको छ । चीनको सबै भन्दा ठूलो र तिब्र गतिको रेल सञ्जाल र प्रविधिले विश्वको ध्यान खिचेको छ ।
वाङकै भनाईलाई आधार मान्ने हो भने अहिले चीनले ‘नया“ प्रविधिको¬ ‘एयरक्राफ्ट’निर्माण गरिरहेको छ । उनले हवाईजहाजलाई ‘ए’ ‘बि’ र ‘सी’ भनेका छन् । ए भनेको एयरबस, बी भनेको बोइङ र सि भनेको चाइनिज जहाज । जुन एयरबस र बोइङ भन्दा फरक हुन्छ र त्यो चनाइनिज जहाजको रुपमा ब्राण्डिड हुन्छ । ‘सांघाईमा हाम्रै मोडलको एयरक्राफ्ट बन्दैछ’ उनले भने,‘यो ‘सि’जहाजमा हामी हाम्रो प्रविधि प्रयोग गर्दैछौ, न्यूक्लियर प्रविधिमा पनि हामी आफै सक्षम भइसकेका छौ, अब कुनै पनि प्रविधिमा हामी कोही भन्दा कम छैनौ ।’
चिनिया“ प्रविधि सिक्न अन्य विकशित मुलुकहरुबाट चीन भित्रिनेको संख्या पछिल्लो समय बढेको छ । कुनै बेला अन्य देशमा सिक्ने जाने चिनियाहरु अहिले आफ्नो देशमा पढ्न र सिक्नका लागि बोलाउने गर्छन् । चिनिया“ विश्वविद्यालयहरुले विदेशीहरुको छात्रबृत्तिको संख्या बढाएका छन् । आफनो विकास र प्रगतिको कथा सुनाउन, देखाउन उनीहरुले बर्षेनी हजारौ विदेशीहरुलाई सेमिनार र भ्रमणका लागि बोलाउने गरेका छन् । ती भ्रमण सेमिनारमा ‘चिनिया“ बिषेशताको समाजवाद र आर्थिक प्रगति’ शिर्षकका बिषय भने छुद्दैनन् । मेरो भ्रमण पनि त्यस्तै मध्येको एक हो ।
‘अलिबाबा’ भर्सेस मल
इन्टरनेट प्रविधिलाई प्रयोग गरेर डिजिटल कारोबार गर्ने क्रम बढेको छ । यसले विस्तारै पुरानो बजार प्रणालीलाई धक्का दिइरहेको छ । चीनको ‘अलिबाबा’ कम्पनी नै त्यस्तो एउटा सफल उदाहरण हो जो अनलाईन व्यापार बाटै धनि बन्ने विश्वका दशवटा धनी कम्पनीहरु मध्ये पर्छ । चिनिया“ समान विक्रि गर्नका भन्दै ज्याक मा ले १९९९ खोलेको ‘अलिबाबा डट कम’ वेव पोर्टलले अहिले अनलाइन व्यापारको साम्राज्य खडा गरिरहेको छ । कुनै बेला चिनिया“हरुलाई अंग्रेजी सिकाउने यी दार्शनिक गुरुले अमेरिका पुगेपछि चिनिया“ समान बिक्रि गराउने ‘आइडिया’ अनुसार यो वेवसाइट खोलेका थिए । एउटा कोठाबाट सुरु गरेको उनको व्यापारको सञ्जाल संसारका झण्डै २०० मुलुकमा पुगिसकेको छ । पछिल्लो तथ्यांक अनुसार मासिक झण्डै ५५ करोड भन्दा बढी मोबाइल फोन प्रयोगकर्ताहरुले अनलाईन मार्फत् अलिबाबासं“ग कारोबार गर्छन् । राम्रा समान उत्पादन गर्ने वित्तिकै कम्पनीहरु ‘अलिबाबा’सं“ग पुग्छन् र किन्न चाहने ग्राहकहरु पनि मोबाइलको कि प्याडमा औला दबाउ“दै सम्पर्क गर्छन् ।
व्यस्त जीवनशैली र गुणस्तरीय सामान खोज्ने मानिसहरुलाई ‘अलिबाबा’को जस्तो अनलाईन कारोबारले सजिलो बनाइदिएको छ । अलिबाबा त एउटा उदाहरण मात्र हो यस्ता धेरै कम्पनी चीनमा चलिरहेका छन् । प्रविधिसं“गै विकशित नयां“ बजार प्रणालीले पुरानो बजारलाई चाही धक्का दिने हो कि भन्ने चिन्ता भने चिनिया“हरुमा देखिन्छ । ‘अलिबाबा’ जस्ता अनलाईन कारोबार गर्ने कम्पनीहरु फस्टाउंदै जा“ंदा त्यसको सिधा असर पुरानो बजार प्रणाली अनुसार चल्ने ठूल्ठूला ‘सपिङ मल’हरुमा पर्ने खतरा छ । ‘अनलाईन कारोबारले हामीलाई हौसला बढाएको छ’ वाङ भन्छन्,‘तर यो बिजनेस बढ्दै जां“दा धेरै मलहरु टाट पल्टिन सक्छन्, बैकहरुको लगानी जोखिममा पर्नसक्छ,‘हामीलाई त्यस्तो पुरानो बजार प्रणालीलाई सुरक्षित अवतरण गराउने चुनौती छ ।’
विकासको ‘संक्रमण’
विकासको अुनपम नमूना प्रस्तुत गरिरह“दा चिनिया“विज्ञहरुका ‘पावरप्वाइन्ट स्लाइड’मा चीनको पूर्वी र उत्तर क्षेत्रका ग्राफमात्र बढी उचाईमा देखिन्छन् । यसको अर्थ पूर्व र उत्तर क्षेत्रमा धेरै विकास भइसकेको छ र पश्चिम र दक्षिण भूगोलमा विकासको मात्र कम छ । त्यसैले विकशित क्षेत्रहरुमा मात्र विदेशीहरुलाई उनीहरु धुमाउन, देखाउन मन पराउ“छन् । विकासको ‘संक्रमणकालिन’ अवस्था छ । ‘हो हाम्रो पश्चिम क्षेत्र पूर्वजति विकाशित भइसकेको छैन तर अहिले मुख्य ध्यान नै त्यो क्षेत्रको विकास गर्नेतर्फ केन्द्रित छ’ टेडा ग्रुपको व्यवस्थापन सम्हालिरहेकी पेङले भनिन्,‘पूर्वाधार विकास गर्ने काम तिब्र गतिमा भइरहेको छ ।’ पूर्व र पश्चिमको यो असन्तुलन एक दशक भित्र भेटिइसक्ने उनको दाबी छ । जुन आन्तरिक असन्तुलन भेटिइसक्दा यो शताब्दीको मध्यसम्म विश्वकै समृद्ध र विकशित मुलुक बन्ने लक्ष्य पुरा हुने अन्तिम विन्दुमा चीन पुग्छ ।
No comments:
Post a Comment