समावेशी नीतिका कारण प्रत्येक बर्ष समावेशी समूहमा प्रतिस्पर्धा बढ््दै गएको छ । पछिल्लो तथ्यांक अनुसार पुरुष भन्दा बढी महिला सरकारी जागिरका लागि बढी आकर्षित भइरहेका छन्् ।
दुर्गा खनाल
राजधानीका चोकहरुमा बिहान सबेरै र सा“झ विद्यार्थीहरुको निकै ठूलो भिडभाड हुन्छ । त्यो भिडमा स्कुल कलेज, धाउने भन्दा अलिक फरक विद्यार्थीहरु पनि मिसिएका हुन्छन्् । ती हुन््– ‘जागिर खोज्ने विद्यार्थी ।’ सरकारी जागिरमा प्रवेश गर्न इच्छुकहरुका लागि ‘तयारी कक्षा’ सञ्चालन गर्ने इन्टिच्यूटहरु छन्् । ती इन्स्टिच्यूटमा भर्ना भएर नियमित कक्षा लिनेहरुको संख्या पछिल्ला दिनमा ह््वात्तै बढेको छ ।
सामाजिक सञ्जाल ‘यू–टुयूव’मा एउटा च्यानल खुलेको छ– ‘लोकसेवा नेपाल’ । ग्राहक बनेरमा मात्र हेर्न पाउने त्यो च्यानलमा १ सय ८७ भिडियो सामग्री अपलोड भएका छन्् । त्यो च्यालन सरकारी जागिरमा छिर्नेहरुबीच लोकप्रिय बनेको छ । साढे ८ हजार भन्दा बढी त्यसका ग्राहक बनिसकेका छन्् । त्यहा“ लोकसेवा आयोगबाट लिइने परिक्षाका पाठ््यक्रम अनुसारका सामाग्रीहरु छन्् । जुन सामग्री तयारी गर्नेहरुका लागि उपयोगी छन्् । यो मात्र होइन इन्टरनेटमा खोजियो भने कयौं यस्ता सामग्रीहरु पाइन थालेका छन्् । मोबाइल एपदेखि फेसबुक पेज, ट््विटर हेन्डल समेत सरकारी जागिरमा प्रवेश गर्नेहरुका लागि लक्षित गरेर बनेका छन्् । लोक सेवा आयोग आफैले ‘हेल्लो लोकसेवा’ फेसबुक पेज बनाएको छ । त्यो पेजमा जागिर खोज्नेहरुका लागि आधिकारित सूचनाहरु संप्रेषित हुन्छन्् । पुस्तक र पत्रपत्रिका पनि धेरै छन्् । प्रविधिको नया“ प्रयोग गरेर पूर्वतयारीका लागि ‘भर्चुअल कक्षा’हरु पनि सञ्चालन हुन्छन्् । काठमाडौ भन्दा बाहिर पढाउने शिक्षक नहुने भएकाले इन्स्टिच्यूटहरुले स्थानीय तहमा भर्ना खोले परिक्षार्थी जम्मा पार्ने र काठमाडौमा शिक्षक राखेर भिडियो क्लास समेत गर्ने गरेका छन्् । यो चित्रले पछिल्लो समयमा सरकारी क्षेत्र आकर्षक बनेको पुष्टी गर्छ । तर यसमा छिर्नका लागि केही पूर्वजानकारी आवश्यक पर्छ ।
सरकार ठूलो रोजगारदाता
नियमित जागिर चाहनेहरुका लागि सरकारी क्षेत्र नै सबै भन्दा ठूलो क्षेत्र हो । सरकारसंग सम्बन्धि विभिन्न निकायहरुमा नियमति रुपमा जागिर खुलिरहेको हुन्छ । निजामति, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, न्याय सेवा, सरकारी संस्थानहरुमा हरेक बर्ष जागिरको अवसर खुल्छ । निजामति, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, विद्यालय शिक्षक, विश्वविद्यालयका शिक्षक कर्मचारी लगायत झण्डै साढ पा“च लाख भन्दा बढी दरबन्दी छन्् । ती दरबन्दीमा खाली भएका पदको नियमति पूर्तिका लागि विज्ञापन खुल्ने गर्छ ।
त्यस्तै ३७ वटा सरकारी संस्थानहरु छन्् । ती संस्थाहरुमा पनि जागिरको अवसर खुल्छ । सरकारको स्वामित्व रहेका अर्धसरकारी निकाय र स्थानीय निकाय समेतलाई जोड््ने हो भने जुनसुकै बेला पनि भर्ना र पदस्थापनको चटारो चलिरहेको हुन्छ । निजामति, सेना, प्रहरी, शिक्षा सेवा लगायतमा दरबन्दी रिक्त हुने वित्तिकै प्रत्येक बर्ष भर्ना प्रक्रिया प्रारम्भ हुन्छ ।
कसरी प्रवेश गर्ने ?
सरकारी सेवामा प्रवेश गर्नका लागि सुरुमा यसको परिक्षा पद्धतिबारे जानकारी हुनुपर्छ । सरकारी सेवामा लागि हुने प्रत्येक परिक्षामा अहिले लोकसेवा आयोगको संलग्नता हुन्छ । नेपालको संविधानमै आयोगले लिखित परिक्षा सञ्चालन गर्ने निकायहरु निर्धारण गरेको छ । संविधान अनुसार आयोगले निजामती सेवाका पदहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, संघीय सरकारी सेवाका पदहरु, संघीय कानून बमोजिम स्थापित वा नेपाल सरकारद्वारा गठित आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद्् र यस्तै प्रकृतिका अन्य संगठित संस्थाहरु, नेपाल सरकारको पचास प्रतिशत वा सो भन्दा बढी शेयर वा जायजेथामा नियन्त्रण भएको संस्थान, कम्पनी, बैंक तथा समितिहरुका परिक्षामा संलग्नता जनाउछ ।
निजामति सेवामा प्रवेश गर्नका लागि लोकसेवा आयोगले आफ््ना नौवटा अञ्चल पा“चवटा क्षेत्रिय कार्यालयहरुबाट दरखास्त दिने व्यवस्था मिलाएको हुन्छ । ती स्थानमा गएर खुलेको समयमा दरखास्त हाल्न सकिन्छ । लोकसेवाले सञ्चालन गर्ने परिक्षा पद्धतिबारे जानकारी राख्नु सरकारी जागिरमा प्रवेश गर्नेहरुका लागि पहिलो सर्त हो ।
समावेशी नीति
२०६२÷६३ को जनआन्दोलनपछि राज्यका सबै निकायहरुमा समावेशी नीति लागू गर्ने निर्णय भयो । त्यही नीतिअनुसार सरकारी सेवा प्रवेशमा पनि समावेशी समूह निर्धारण गरी प्रतिस्पर्धा गराउन थालिएको हो । कुनै पनि निकायले नया“ पदपूर्ति गर्दा ५५ प्रतिशत खुल्ला र ४५ प्रतिशत सिट समावेशी समूहका लागि छुट््याउनुपर्ने बाध्यकारी व्यवस्था छ । समावेशी समूहमा महिला, ,मधेसी, आदीवासी÷जनजाती, दलित, अपाङ र पिछडिएको क्षेत्र गरी छ वटा समूह पर्छन्् । समावेशी पदहरुमा त्यही समूदाय र लिंङ््गका व्यक्तिहरुबीच मात्र प्रतिस्पर्धा हुन्छ । खुल्ला प्रतिस्पर्धामा नाम निकाल्न नसक्नेहरुले समावेशी समूहबाट निकालेर पनि जागिरमा भित्रिने अवसर पाउछन्् । यो प्रावधानका कारण पछिल्लो दिनमा समग्र रुपमा दरखास्त दिने संख्या नै बढीरहेको छ । लोक सेवा आयोगको २०७१÷०७२ को प्रतिवेदन अनुसार ७ हजार ९ सय १४ पद माग गरेकोमा ५ लाख ९९ हजार ६ सय ६८ जनाको दरखास्त परेको थियो । कुल दरखास्त दिने मध्ये ६० प्रतिशत महिला र ३९ प्रतिशत पुरुषहरु थिए । आयोगकै पा“च बर्ष अघिको तथ्यांक हेर्ने हो भने ४४ प्रतिशत महिला र ५६ प्रतिशत पुरुष थिए । समावेशी नीतिका कारण प्रत्येक बर्ष समावेशी समूहमा प्रतिस्पर्धा बढ््दै गएको छ । पछिल्लो तथ्यांक अनुसार पुरुष भन्दा बढी महिला सरकारी जागिरका लागि बढी आकर्षित भइरहेका छन्् । नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी लगायतका शारिरिक अभ्यास गर्नुपर्ने संगठनमा पनि समावेशी नीति लागू भएको छ । ती निकायमा आपाङलाई भर्ना लिइदैन । त्यस बाहेक अन्य सबै समूहमा छुट््टै प्रतिस्पर्धा गराइन्छ ।
त्यसैले यो क्षेत्रमा आउनेहरुले दरखास्त दिने बेलामा नै समावेशी नीतिको ख्याल गरेर आफू कुन समूहमा पर्ने हो यकिन गर्नुपर्छ । त्यसको आधारमा खुल्ला र समावेशी दुबैतर्पm प्रतिस्पर्धा गर्न पाइन्छ ।
तयारी कसरी गर्ने ?
निजामति सेवामा लिखित, सिप परिक्षण र मौखिक गरी तीन प्रकारका परिक्षा पास गर्नुपर्छ । खरिदार, नायब सुब्बा र अधिकृत तहमा छिर्नका लागि पहिलो पेपर पास गरेपछि मात्र अन्य परिक्षामा प्रवेश पाईन्छ । नेपाली सेना, प्रहरीमा भने शारिरिक परिक्षा पास गरेपछि मात्र अन्य परिक्षामा प्रवेश गराईन्छ । भर्ना लिनु अघि नै प्रत्यक पद र समूहको पाठ््यक्रम तय भएको हुन्छ । त्यो पाठ््यक्रममा आधारित भएर तयारी गर्दा पास हुन सकिन्छ । ‘निरन्तर रुपमा पढिरहने, पाठ््यक्रमलाई बढी ख्याल गरेर पढियो भने राम्रँे हुन्छ’ आपूर्ति मन्त्रालयका सचिव प्रेमकुमार राई भन्छन्् । परिक्षाका लागि पहिले भन्दा अहिले पढ््न केही सजिलो भएको छ । सामाग्रीहरु संकलन गरेर पढ््दा उपलब्धी हासिल हुनसक्छ । काठामाडौ जिल्ला प्रशासन कार्यालयमा कार्यरत शाखा अधिकृत महेशकुमार दाहालको अनुभवमा यो क्षेत्रमा प्रवेश गर्नका लागि केही धैर्यता भने चाहिन्छ । ‘एक दुईपटक फारम भरेर निस्किएन भनेर पढ््न छोडुन हुदैन, निरन्तरता दिइराख्नुपर्छ,नाम निकाल्न धेरै गा¥हो हुदैन । उनका अनुसार पछिल्लो समयमा तयारी कक्षाहरुलाई विद्यार्थीले अधिकतम प्रयोग गर्न थालेका छन्् । त्यस्ता कक्षाले फाइदा त पु¥याउछ नै तर अलिक राम्रा लेखकले लेखेका किताबलाई भने नियमित रुपमा पढ््नैपर्छ । धेरैले घोकेर, सुत्र बनाएर पढ््ने गरेका छन्् । ‘घोक्ने भन्दा पनि बिषयबस्तुलाई बुझ््ने तर्फ लागियो भने धेरे कुरा छिटो जान्न सकिन्छ’ शाखा अधिकृत दाहाल भन्छन्् । तयारीका लागि अर्को विधि हो –छलफल । एक अर्काबिच छलफल गरी पढ््ने पद्धतिले पनि ज्ञानको दायरा बढाउने उनीहरुको अनुभव छ ।
तलब र सेवा सुविधा
सरकारी कर्मचारीहरुको तलब र सेवा सुविधा आवश्यकता अनुसार सरकारले बिषेश निर्णय र ऐन मार्फत्् नै पनि बढाउने गर्छ । हाल निजामति सेवा अन्तर्गत खरिदार तहको २२ हजार १ सय ६२, नायव सुब्बाको २३ हजार ५ सय, शाखा अधिकृतको ३० हजार ५ सय, उपसचिवको ३४ हजार २ सय १२, सहसचिवको ४० हजार १ सय ५०, सचिवको ५० हजार ४ सय १२ र मुख्य सचिवको ५४ हजार ५ सय ८७ रुपैया तलब छ । पांचौस्तरको कार्यालय सहयोगी समेत २१ हजार ३ सय ८७ रुपैया तलब हुन्छ । यो तलब प्रत्येक बर्ष पुनरावलोकन हुने प्रावधान निजामति सेवा ऐनमा छ । तलब बाहेक राजस्व, संसद, लगायतमा बिषेश भत्ताको समेत व्यवस्था छ ।
प्रधानमन्त्री कार्यालय, राजस्व कार्यालय, संसद लगायतमा अतिरिक्त भत्ताको व्यवस्था कर्मचारीहरुले आफ््नो धर्म, संस्कृति, परम्पराअनुसार मनाइने चाडपर्वको लागि खाइपाई आएको एक महिनाको तलब बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चको रूपमा पाउछन्् । सरकारी सेवामा उपचार खर्च, अशक्त वृत्ति, अंगभंग भएबापत पाउने सुविधा, असाधारण पारिवारिक निवृत्तभरण तथा उपदान, शैक्षिक भत्ता, शिशु स्याहार भत्ता लगायतका सुविधा पाउ“छन्् । सेवामा छ“दै वा निवृत्तभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भएमा निजको परिवारलाई वा निजको नाबालक भाइ वा अविवाहिता दिदी बहिनीले समेत पाउन सक्छन्् ।््
सेवामा छँदै मृत्यु भएमा निजको परिवारलाई एक लाख पचास हजार रुपैया“ एकमुष्ट प्रदान गर्ने व्यवस्था छ । कर्मचारीको मासिक तलबबाट दुई सय रुपैया“ कट्टा गरी विमा कोषमा जम्मा गर्ने र त्यति नै रकम नेपाल सरकारले थप गरी बिमांक रकम एक लाख रुपैयाको बीसवर्षे सावधिक जीवन बिमा गरिदिने व्यवस्था पनि छ । बिमा कोषमा जम्मा भएको रकम कर्मचारीले सेवा निवृत्त भएपछि बिमांक रकम र बोनस पाउने छन्् । अध्ययन, तालिम वा अध्ययन भ्रमणको सुविधा पनि कर्मचारीलाई हुन्छ । यस्तो सुविधा पा“च बर्षसम्म पाउने व्यवस्था छ । अध्ययन, भ्रमण तालिम पुरा गरेपछि भने अनिवार्य रुपमा सेवा गर्ने कबुलियतनामा भने गर्नुपर्छ । सरकारी कर्मचारीको तलब वापत््को १० प्रतिशत कट््टा गरी त्यति नै रकम थपेर सञ्चय कोषमा जम्मा हुन्छ । सञ्चय कोषमा रकम जम्मा गरेवापत्् कोषले दिने अतिरिक्त सुविधा पनि प्राप्त हुन्छ ।
टिप्पणी÷जता परिक्षा दियो, त्यतै पास
प्रेमकुमार राई
सचिव, आपूर्ति मन्त्रालय
संखुवासभाको खा“दवारी–१ खोरण्डेमा सामान्य कृषक परिवारमा जन्मिएको हु“ । घर तथा खेतको काम धेरै गर्नुप¥थ्यो । तर दःुखसुःख गरेर मात्र पढाईलाई निरन्तरता दिए । २०३५ सालमा एसएलसी पास गरेपछि काठमाडौं आएर शंकरदेव कलेजमा भर्ना भए । काठमाडौंमा पहिलो चोटी आउ“दा आफैलाई पाखेजस्तो लाग्थ्यो । बोल्न नजान्ने, हिड््न नजान्ने, खान नजान्ने भएकाले धेरै असहज हुन्थ्यो । त्यो बेला क्याम्पसमा राजनीतिक र आन्दोलनको अखडा हुने हुन्थ्यो । समयमा पढाई नभएकाले दुई बर्षमा सक्नुपर्ने पढाई तीन वर्षमा पनि नसकिदा घरबाट पठाएको पैसाले काठमाडौंमा टिक्न धौ–धौ पर्न थालिसकेको थियो । त्यसपछि जागिर खोज्ने ध्याउन्नमा लागे ।
शुरुमा मलाई लोकसेवा भन्ने थाहा नै थिएन । गाउ“मा घा“सदाउरा गर्दा गर्दै एसएलसी पास गरियो । कलेजमा पनि दाया“बाया“ नगरि पढ््न तर्फ लागि । त्यहि भएर अन्य कुराको जानकारी नै थिएन । एक दिन एक जना साथीले लोकसेवामा जागिर खुलेको छ भर्नुपर्छ भनेर फारम लिएर आए । मलाई यसरी जागिर खान पाइन्छ वा पास गरेर जागिर पाइएला भन्ने लागेको पनि थिएन । ती साथीले नै फारम भरिदिए संयोगबस मैले पास गरे । मस“गै फारम भर्ने साथी चाही फेल भएछन्् । २०३७ देखि २०३९ सालसम्म खरदारको रुपमा महालेखा नियन्त्रण कार्यालयमा काम गरे । काम गर्दै थिए, कृषि विकास बैंकमा फेरी जागिर खुलेको रहेछ । तलब राम्रो भएकाले त्यहा“को जा“च दिए, पास भए । बैंकको जागिर राम्रो र काठमाडौंमा नै काम गर्न पाइन्छ भनेर महालेखा कार्यालयबाट राजिनामा दिए । एक महिना तालिम लिएपछि मलाई त ढेल्केवरमा पो पोष्टिङ गरे । मैले बैंकको जागिर खान्न भनेर राजिनामा दिए । मलाई त्यतिबेलासम्ममा जहा“ पनि पास गरेर नाम निकाल्न सक्छु भन्ने आत्मविश्वास पलाई सकेको थियो । त्यसपछि आयल निगममा सुब्बामा नाम निकाले । त्यसबेला आयल नियम नाफामा गएको हु“दा जागिर राम्रो थियो । तर मलाई त्यहा“को कार्यशैली मन परेन । मनपरी ढंगमा काम हु“दोरहेछ । कार्यालयको दुरुपयोग गर्ने अनि कसैलाई वेवास्ता गर्ने कार्यको मैले खुलेर विरोध गरे । काममा दत्तचित्त भएर लागिरहेको थिए । एक दिन मेरा दुई जना साथी मलाई भेट््न कार्यालयमा नै आए । ५ मिनेट जति बसेर कालो चिया खाएर फर्किए, तर यो कुरा मेरा हाकिमलाई मन परेन । उनले मलाई दुव्र्यवहार नै गरे । मलाई झाेंक चल्यो र राजिनामा दिए । राजिनामा स्वीकृत भएन । १८ दिनको तलब बा“की थियो त्यो पनि छोडेर कार्यालय नै गइन । मलाई जागिरका लागि जा“च त जस्तो सुकै पनि पास गरिहाल्छु भन्ने घमण्ड थियो । करिब ३ महिनापछि महालेखा परिक्षक कार्यालयमा नाम निकाले र २०४४ सालमा शाखा अधिकृत पास गरे । साउनमा अधिकृतमा पास गरे । २०४४ सालदेखि २०४७ सालमा आपूर्ति मन्त्रालयमा अधिकृतमा काम त्यसपछि निरन्तर रुपमा अहिले सचिव भए भएको छु । २०५२ सालदेखि ११ बर्षसम्म सामान्य प्रशासन मन्त्रालयमा बसे । यतिधेरै वर्ष एउटै मन्त्रालयमा बस्दा मैले धेरै निजामति कर्मचारीहरुलाई चिनेको छु । २०५७ सालमा मैले उत्कृष्ट निजामति पुरस्कार प्राप्त गर्न सफल भए ।
मेरो अनुभव अनुसार लोकसेवा परिक्षामा सोर्सफोर्स चल्दैन । हामीजस्ता समान्य मान्छे समेत आफ््नो मिहिनेत गरी यो स्थानमा आउन सक्नु यसको एउटा उदाहरण हो । यो क्षेत्रमा लाग्नका लागि मिहिनेत चाही गर्नै पर्छ । नियमित पत्रपत्रिका अध्ययन गर्ने र कोर्ससंग सम्बन्धि किताबहरुमा बढी ध्यान दिनु आवश्यक हुन्छ । लेखेर पढ््ने बानी भयो भने त्यसले लेखन क्षमता बढाउछ जुन परिक्षाका लागि उपयोगी हुन्छ । पहिले लामो उत्तर दिने खालका प्रश्नहरु आउथे, निबन्धहरु समेत लेख्नुप¥थ्यो । अहिले बु“दा बु“दामा लेख्ने खालका प्रश्नहरु आउछन्् । राम्रो गर्न खोज्नेहरुका लागि पहिलेको भन्दा अहिले केही सहज अवस्था पनि छ । कोचिङ क्लासहरु चल्ने गरेका छन््, पढ््ने सामग्रीहरु पनि पर्याप्त भेटिन्छ यसलाई प्रयोग गर्दा राम्रै हुन्छ । प्रश्नको उत्तर कसरी सन्तुलित रुपमा दिने भन्ने जानकारी नहुदा धेरैे फेल हुने गरेका छन्् । परिक्षार्थीले प्रत्येक प्रश्न कति नम्बरको हो र त्यसलाई कति समय दिएर लेख्ने हो सुरुमै समयको हिसाब गनुृपर्छ । यस्तो भयो भने कुनै प्रश्नको उत्तर लामो र कुनै छोटो हुने हुदैन । यसको अर्थ उत्तर लामो दिनुपर्छ भन्ने चाही होइन । लामो उत्तर दिएर, पाना भरेर मात्र पास भइदैन । प्रश्नले खोजेको उत्तर छोटोमा दिएपनि नम्बर ल्याउन सकिन्छ । पछिल्लो समय पढ््ने पद्धतिहरु सजिलो भए पनि पास गरेर आउने हरुमा एउटा कमजोरी मैले भेट््ने गरेको छु , त्यो भने काममा दक्ष नहुनु । धेरै सुत्र बनँएर पढ््ने, घोक्ने लगायतका विधि प्रयोग गर्नहरुको दक्षता भने कमजोर हुन्छ । त्यसैले बुझेर पढ््ने गर्नुपर्छ । त्यसलाई व्यवहारिक प्रयोगमा ल्याउन सक्नुहुनुपर्छ ।
समावेशी नीतिका कारण अहिल सरकारी जागिरमा समग्रमा आकर्षण बढेको छ । तर अझै पनि बोर्डिङ स्कुलमा पढ््नेहरु भन्दा गा“उघरबाट आएका र सरकारी स्कुल पढ््नेहरुकै संख्या बढी छ । बोर्डिङ स्कुलमा पढ््ने पुस्ताहरुमा अझै पनि सरकारी क्षेत्र त्यति आ“खामा परेको छैन । हाम्रो कर्मचारीतन्त्रको काम गर्ने शैली यसभित्रका कतिपय विकृतिहरुले गर्दा पनि त्यस्तो भएको हुनसक्छ । तर हामी बाहिर बसेर सुधारको कुरा गरेर मात्र हुदैन आफै पनि यो क्षेत्रमा आएर सुधार्नेतिर लाग्नुपर्छ । व्यक्तिगत रुपमा यो सेवामा लामो अवधि विताइसक्दा एकप्रकारको सन्तुष्टी हुने अवस्था बन्छ । सरकारी सुविधाको प्रयोग गर्न पाइन्छ । सामाजिक प्रतिष्ठा पनि हुन्छ । देश विदेशमा अध्ययन भ्रमणको अवसर हुन्छ । इमानदार भएर काम गर्दा यी अवसरहरु स्वतः आउछन्् ।
आकर्षण बढेको छ । तर अझै पनि बोर्डिङ स्कुलमा पढ््नेहरु भन्दा गा“उघरबाट आएका र सरकारी स्कुल पढ््नेहरुकै संख्या बढी छ । बोर्डिङ स्कुलमा पढ््ने पुस्ताहरुमा अझै पनि सरकारी क्षेत्र त्यति आ“खामा परेको छैन । हाम्रो कर्मचारीतन्त्रको काम गर्ने शैली यसभित्रका कतिपय विकृतिहरुले गर्दा पनि त्यस्तो भएको हुनसक्छ । तर हामी बाहिर बसेर सुधारको कुरा गरेर मात्र हुदैन आफै पनि यो क्षेत्रमा आएर सुधार्नेतिर लाग्नुपर्छ । व्यक्तिगत रुपमा यो सेवामा लामो अवधि विताइसक्दा एकप्रकारको सन्तुष्टी हुने अवस्था बन्छ । सरकारी सुविधाको प्रयोग गर्न पाइन्छ । सामाजिक प्रतिष्ठा पनि हुन्छ । देश विदेशमा अध्ययन भ्रमणको अवसर हुन्छ । इमानदार भएर काम गर्दा यी अवसरहरु स्वतः आउछन्् ।
No comments:
Post a Comment