Thursday, January 28, 2021

कसरी हुन्छ ‘राजनेता’/ के ले बनाउछ ‘महान नेता’ ?




नेताहरु बन्नका लागि धेरै गुण आवश्यक हुन्छन् । जसको ख्याल नै नगरी, उनीहरुले गरेका कामको मुल्यांकन नै नगरी ‘राजनेता’, महान नेता लगायतका पगरी गुथाइदिने हतारो हुन्छ । जुन खालको प्रबृत्ति हाम्रोमा अझै बढी देखिन्छ । खासमा के गुण र शैलीले नेता महान हुन्छन् त ? यही प्रश्नले पिरोलिएका वल्र्ड इकोनोमिक फोरमका संस्थापक तथा अध्यक्ष क्लाउस स्वाव र लि क्वान यु पब्लिक पोलिसी सिंगापुर का डिन  किशोर महबुवनीले ‘प्रोजेक्ट सिन्डकेट’ मा एक मन्थन गरेका छन् । (१७ अगस्ट २०१७) त्यसैको अनुवादित अंश

Translated By: Durga Khanal

...........................................


केही समय अघि, सिंगापुरमा एक दिन डिनर गर्ने क्रममा हामीले के गुणले ‘महान नेता’ बनाउ“छ भन्ने बिषयको परिभाषा खोज्ने कोशिस ग¥यौ । क्लाउसले पा“च वटा प्रमुख तत्वहरु हृदय, मस्तिष्क, बष्लिष्ठ शरिर, तन्तु र आत्मालाई जोड दियो । तर किशोरले करुणा, कठिनाई र साहसलाई महत्वपूर्ण ठान्यो । तर जे भए पनि दुबैले बनँएका यी सूचीहरुको सुरुवात भने हृदयबाट नै हुन्छ । जस्तैः महात्मा गान्धी र नेल्सन मण्डेलालाई जनताको अवस्थाप्रति सहानुभूति नजागेको भए उनीहरु आफैका लागि ‘महान सफलता’ मिल्ने थिएन । उनीहरुको हृदयमा उब्जिएको एउटा भावनाले अन्याय खेपीरहेका जनताहरुको पक्षमा र  अन्यायविरुद्धको लड्ने साहस पैदा ग¥यो । यस्ता वीर नेताहरु सामान्य समयमा उदाउने सम्भवना हुदैन ।

यो समय पनि सामान्य चाही छैन, किनभने आजको दिनमा पनि संसारका धेरै स्थानहरुमा असमानता छ । त्यसैले ‘महान नेता’ बन्नका लागि कसैले प्रेरित गर्ने यो एउटा समय हो । 

क्यानेडियन प्रधानमन्त्री जस्टिन  ट्रुडु, जो एक युवा नेता, ले ठूलो आशा जगाएका छन् । सामान्य जनतालाई सहयोग गर्ने उनको प्रतिबद्धताकै कारण उनले आशिंक रुपमा चुनाव जिते ।

आफूलाई कसरी बदल्ने र समयानुकल हुने, त्यसका लागि दिमाग चाहिन्छ । संरचनाहरु जटिल र तिब्र रुपमा परिवर्तन भइरहका छन् । त्यसैले स्मार्ट निर्णयहरु गर्न सक्नुपर्छ । थुप्रिएर रहेका सूचनाहरुलाई अवस्था अनुसार परिवर्तन गर्ने क्षमता हुनुपर्छ । केही समकालिन नेताहरुले त्यस्ता धेरै योग्यता देखाइरहेका छन् । 

जस्तो उदाहरणका लागि, भारत र चीनले लगातार  गरिरहेको आर्थिक बृद्धि र  तिब्र विकासले यो दर्साउछ कि राष्ट्रपति सि जिनपिङ र प्रधानमन्त्री नरेन्द्र मोदीले क्रमशः  चौथो औधोगिक क्रान्तिले ल्याएकाअवसर र चुनौतिलाई राम्ररी बुझेका छन् । उनीहरुले जटिल  अवस्थामा पनि नया“ उद्योगहरुको विकास र विज्ञान प्रविधि मार्फत्मात्र आर्थिक उन्नती सम्भव छ भन्ने बुझेका छन् । 

नयां“ प्रविधाको चुस्त प्रयोगले गरिबी हटाउन मद्दत गरिरहेको छ । ‘आधार’मा आबद्ध भई विद्युतीय परिचयपत्र भएका एक बिलियन भन्दा बढी भारतीयहरुले प्रशासनिक झन्झट बिना सामाजिक सुरक्षाको फाइदा लिएका छन् । 

स्मार्ट फोन प्रयोग गर्ने एक बिलियन भन्दा बढी चिनियाहरुले सबै प्रकारका उपभोक्ताका लागि आवश्यक उपत्पादनहरुमा मोबाइलबाट भुक्तानीका गर्न सक्छन् । जसले उनीहरुको जीवनशैलीलाई सहज बनाइदिएको छ । भारत र चीनमा जो कसैले भरोसा गर्ने खालको प्राविधिक प्रगति भइरहेको छ । ती मुलुकमा आशावादीता बढीरहेको छ । 

पिउ रिसर्च सेन्टरका अनुसार ८७ प्रतिशत चिनिया“हरु आफ्नो देशको बर्तमान आर्थिक अवस्थाप्रति सन्तुष्ट र सकारात्मक  छन् । ८२ प्रतिशत चिनिया“ अहिले आफूले भोगिरहेको भन्दा  उन्नतस्तरको जीवनशैली छोराछोरीको पालामा हुने ठान्छन् । त्यस्तै ८३ प्रतिशत भारतीयहरु  पनि मुलुकको आर्थिक अवस्थाप्रति सकारात्मक सोच्छन् । ७६ प्रतिशत भारतीयहरु आफ्ना बालबच्चाका लागि पछि राम्रो हुनेमा विश्वस्त छन् ।

महान नेता बन्ने अर्को ठूलो गुण भनेको ‘साहस’ हो । सन् २०१५ मा बिषेश गरी शरणार्थीको मान्यता प्राप्त गर्न खोज्ने सिरयनहरुको संख्या युरोपमा अत्यधिक बढ्यो । मानवीयताको भावना धेरैले प्रकट गरे जस्तो गरे । धेरै राजनीतिक नेताहरुले उनीहरुलाई मानवीय सुरक्षा दिने सक्ने  आश्वासन दिएर बोलाए, तर अन्तिममा ढोका बन्द गरे  । कमजोर नेताहरु कसैको दवाव वा प्रतिस्पर्धीसंग डराउ“छन् र पछि हट्छन् त्यहा पनि त्यस्तै भयो । 

Tuesday, January 26, 2021

सुनेको चीन र देखेको चीन


दुर्गा खनाल

बेइजिङस्थित ‘ग्रेट हल अफ दि पिपल’ मा राष्ट्रपति सि चिन फिङले ‘चिनिया“ बिषेशता सहितको समाजवाद’ले कसरी सफलता हासिल गरिरहेको छ भन्ने फेहरिस्त प्रस्ततु गरिरहं“दा झण्डै १ सय ४० किलोमिटर टाढा ‘थ्यान्जिन’ सहरको पां“चतारे ‘ग्राण्ड भ्यू होटल’ मा ठिक त्यही बिषयको कक्षा चलिरहेको थियो । 

अक्टुबरको तेस्रो साता चिनिया“ं कम्यूनिष्ट पार्टी (सिपिसी)को १९ औ. राष्ट्रिय सम्मेलनले विश्वको ध्यान खिचेको थियो । चिनिया“ टेलिभजनमा सि चिनफिङका नया“ र पुराना भिडियो फुटेजहरु श्रृखालाबद्ध रुपमा प्रस्तुत भइरहेका थिए । विश्वका अन्य टेलिभिजन  अखबार र अनलाईन पोर्टलहरुले उक्त सम्मेलनलाई नजिकबाट नियाली रहेका थिए । सिपिसीको त्यो सम्मेलनको भिन्न एंगलबाट मिडिया कभरेज भइरहेका बेला ‘ग्राण्ड भ्यू होटलको कक्षामा साक्षात्कार गर्न हाजिर थिए– ‘राष्ट्रिय सूचना केन्द्र’ एक बरिष्ठ अधिकारी उ सियाओ झिन । उनको बिषय  थियो¬–चिनिया“ बिषेशताको समाजवाद केहो ? चीनले आर्थिक रुपमा कसरी प्रगति गरिरहेको छ ? 

चीनले गरेको विकासको कथा बेला बेला सञ्चार माध्यमबाट मात्र सुन्दै र पढ्दै आएको मेरा लागि यसपटक चीन सरकारको     प्रायोजनमा सञ्चालित २१ दिनको ‘कन्सट्रक्सन एण्ड म्यानेजमेन्ट अफ साइन्टिफिक एण्ड टेक्नोलोजिकल पार्क फर एसियन कन्ट्रिज–२०१७’ शिर्षकको सेमिनारले विकासको प्रत्यक्ष दर्शन गर्ने अवसर जुटाएको थियो । ठिक यही समयमा चिनिया“ कम्यूनिष्ट पार्टीको सम्मेलनले ‘सि चिनफिङ विचारधारा’ पारित ग¥यो । सि चिनफिङ पुनः नया“ं कार्यकालका लागि दोहोरिए । आखिर यो किन भयो ? यीनै प्रश्नहरु मंथिंगलमा खेलिरहेका बेला बरिष्ठ अधिकारी झिनले दिएको तथ्य र विष्लेषण भित्र जवाफ भेटियो । ‘पछिल्लो समयमा हाम्रो नेतृत्वले भ्रष्टाचार अन्त्य, रोजगारी सिर्जना र प्रविधिको विकासका जस्ता कदम चालेको छ त्यसप्रति जनता खुसी पनि छन् र यही नेतृत्वले थप प्रगति गराउन सक्न भन्नेमा विश्वस्त पनि छन्’ सिको नया“ कार्यकाल दोहोरिनुको कारण उनले खुलाए,‘जनताले भरोसा गर्ने नेतृत्व छ भने यसमा अरुले टाउको दुखाई राख्नुपर्दैन ।’