Thursday, January 28, 2021

कसरी हुन्छ ‘राजनेता’/ के ले बनाउछ ‘महान नेता’ ?




नेताहरु बन्नका लागि धेरै गुण आवश्यक हुन्छन् । जसको ख्याल नै नगरी, उनीहरुले गरेका कामको मुल्यांकन नै नगरी ‘राजनेता’, महान नेता लगायतका पगरी गुथाइदिने हतारो हुन्छ । जुन खालको प्रबृत्ति हाम्रोमा अझै बढी देखिन्छ । खासमा के गुण र शैलीले नेता महान हुन्छन् त ? यही प्रश्नले पिरोलिएका वल्र्ड इकोनोमिक फोरमका संस्थापक तथा अध्यक्ष क्लाउस स्वाव र लि क्वान यु पब्लिक पोलिसी सिंगापुर का डिन  किशोर महबुवनीले ‘प्रोजेक्ट सिन्डकेट’ मा एक मन्थन गरेका छन् । (१७ अगस्ट २०१७) त्यसैको अनुवादित अंश

Translated By: Durga Khanal

...........................................


केही समय अघि, सिंगापुरमा एक दिन डिनर गर्ने क्रममा हामीले के गुणले ‘महान नेता’ बनाउ“छ भन्ने बिषयको परिभाषा खोज्ने कोशिस ग¥यौ । क्लाउसले पा“च वटा प्रमुख तत्वहरु हृदय, मस्तिष्क, बष्लिष्ठ शरिर, तन्तु र आत्मालाई जोड दियो । तर किशोरले करुणा, कठिनाई र साहसलाई महत्वपूर्ण ठान्यो । तर जे भए पनि दुबैले बनँएका यी सूचीहरुको सुरुवात भने हृदयबाट नै हुन्छ । जस्तैः महात्मा गान्धी र नेल्सन मण्डेलालाई जनताको अवस्थाप्रति सहानुभूति नजागेको भए उनीहरु आफैका लागि ‘महान सफलता’ मिल्ने थिएन । उनीहरुको हृदयमा उब्जिएको एउटा भावनाले अन्याय खेपीरहेका जनताहरुको पक्षमा र  अन्यायविरुद्धको लड्ने साहस पैदा ग¥यो । यस्ता वीर नेताहरु सामान्य समयमा उदाउने सम्भवना हुदैन ।

यो समय पनि सामान्य चाही छैन, किनभने आजको दिनमा पनि संसारका धेरै स्थानहरुमा असमानता छ । त्यसैले ‘महान नेता’ बन्नका लागि कसैले प्रेरित गर्ने यो एउटा समय हो । 

क्यानेडियन प्रधानमन्त्री जस्टिन  ट्रुडु, जो एक युवा नेता, ले ठूलो आशा जगाएका छन् । सामान्य जनतालाई सहयोग गर्ने उनको प्रतिबद्धताकै कारण उनले आशिंक रुपमा चुनाव जिते ।

आफूलाई कसरी बदल्ने र समयानुकल हुने, त्यसका लागि दिमाग चाहिन्छ । संरचनाहरु जटिल र तिब्र रुपमा परिवर्तन भइरहका छन् । त्यसैले स्मार्ट निर्णयहरु गर्न सक्नुपर्छ । थुप्रिएर रहेका सूचनाहरुलाई अवस्था अनुसार परिवर्तन गर्ने क्षमता हुनुपर्छ । केही समकालिन नेताहरुले त्यस्ता धेरै योग्यता देखाइरहेका छन् । 

जस्तो उदाहरणका लागि, भारत र चीनले लगातार  गरिरहेको आर्थिक बृद्धि र  तिब्र विकासले यो दर्साउछ कि राष्ट्रपति सि जिनपिङ र प्रधानमन्त्री नरेन्द्र मोदीले क्रमशः  चौथो औधोगिक क्रान्तिले ल्याएकाअवसर र चुनौतिलाई राम्ररी बुझेका छन् । उनीहरुले जटिल  अवस्थामा पनि नया“ उद्योगहरुको विकास र विज्ञान प्रविधि मार्फत्मात्र आर्थिक उन्नती सम्भव छ भन्ने बुझेका छन् । 

नयां“ प्रविधाको चुस्त प्रयोगले गरिबी हटाउन मद्दत गरिरहेको छ । ‘आधार’मा आबद्ध भई विद्युतीय परिचयपत्र भएका एक बिलियन भन्दा बढी भारतीयहरुले प्रशासनिक झन्झट बिना सामाजिक सुरक्षाको फाइदा लिएका छन् । 

स्मार्ट फोन प्रयोग गर्ने एक बिलियन भन्दा बढी चिनियाहरुले सबै प्रकारका उपभोक्ताका लागि आवश्यक उपत्पादनहरुमा मोबाइलबाट भुक्तानीका गर्न सक्छन् । जसले उनीहरुको जीवनशैलीलाई सहज बनाइदिएको छ । भारत र चीनमा जो कसैले भरोसा गर्ने खालको प्राविधिक प्रगति भइरहेको छ । ती मुलुकमा आशावादीता बढीरहेको छ । 

पिउ रिसर्च सेन्टरका अनुसार ८७ प्रतिशत चिनिया“हरु आफ्नो देशको बर्तमान आर्थिक अवस्थाप्रति सन्तुष्ट र सकारात्मक  छन् । ८२ प्रतिशत चिनिया“ अहिले आफूले भोगिरहेको भन्दा  उन्नतस्तरको जीवनशैली छोराछोरीको पालामा हुने ठान्छन् । त्यस्तै ८३ प्रतिशत भारतीयहरु  पनि मुलुकको आर्थिक अवस्थाप्रति सकारात्मक सोच्छन् । ७६ प्रतिशत भारतीयहरु आफ्ना बालबच्चाका लागि पछि राम्रो हुनेमा विश्वस्त छन् ।

महान नेता बन्ने अर्को ठूलो गुण भनेको ‘साहस’ हो । सन् २०१५ मा बिषेश गरी शरणार्थीको मान्यता प्राप्त गर्न खोज्ने सिरयनहरुको संख्या युरोपमा अत्यधिक बढ्यो । मानवीयताको भावना धेरैले प्रकट गरे जस्तो गरे । धेरै राजनीतिक नेताहरुले उनीहरुलाई मानवीय सुरक्षा दिने सक्ने  आश्वासन दिएर बोलाए, तर अन्तिममा ढोका बन्द गरे  । कमजोर नेताहरु कसैको दवाव वा प्रतिस्पर्धीसंग डराउ“छन् र पछि हट्छन् त्यहा पनि त्यस्तै भयो । 


 तर जर्मन चान्सलर एन्गेला मार्केलले त्यसो गरिनन् । एक मिनिलयन शरणार्थीलाईलाई स्वीकारेर उनले एउटा शक्तिशाली उदाहरण काम गरिन् । शुरुमा, उनी आफ्ना मतदाता सामू उभिइन् । यतिसम्मकी उनलाई आफ्नै पार्टी भित्रबाट असहयोग  तथा केहीले न उनको राजनीतिक अवसानका बारेमा लेख्न समेत थालि सकेका थिए । तर उनको साहस मरेन । अहिले उनी हाम्रो समयकी विश्वकै एक शक्तिशाली नेताको रुपमा चिनिएकी छन् ।

त्यस्तै साहस इन्डोनेसियाका राष्ट्रपति जेको ‘जोकोवी’ले आफ्नो शान्त शैलीबाट देखाएका छन् । युरोपमा जस्तै इन्डोनेसियामा पनि पपुलिष्ट राष्ट्रवादी नारा उराल्नेहरुले इन्डोनेसियन राज्यको मुल आधार मानिएको सहिष्णुतासम्बन्धि पा“च वटा सिद्धान्त समेट्ने ‘प्यानकासिला’को मान्यतालाई भत्काउन खोजिरहेका छन् । जाकोवीकै राजनीतिक सहयात्री, ‘अकोक’ भनेर चिनिने जाकर्ताका पूर्व गभर्नर वासुकी तजाहाजा पुरनामा इस्लामको विरुद्ध गएर त्यो (प्यानकासिला) मान्यता भत्काउन खोज्नेहरुलाई मलजल गर्न सक्थे । त्यसैले जाकोवीको जेलमा छ । मर्केलकै जस्तै जाकोवीले अतिवादीहरु विरुद्धको लडाई जारी राखे, यतिसम्मकी अतिवादी समूह हिज्ब–अत–ताहरिर’लाई प्रतिबन्ध लगाए । 

अवश्य पनि, ‘साहस’ मार्फत् सकारात्मक परिवर्तन ल्याउन ‘मसल’ चाहिन्छ । प्रभाव र तत्काल काम फत्ते गर्न सक्ने अधिकार आवश्यक पर्छ । नेताहरुमा राजनीतिक वास्तविकता बुझ्ने चतु¥याई चाहिन्छ । त्यस्तो चतु¥र्याइले आयरल्याण्डको राजनीतिक प्रणालीमा  ठूलो परिर्वतन ल्याएको थियो । जस्तो की धेरै परम्परावादी मानिने  यो देशमा भारतीय मूलका समलिंगी पुरुष लियो भारदकर प्रधानमन्त्री बनेका थिए । 

महान नेता बन्नका लागि धेरै प्रकारका गुण आवश्यक पर्छन् भन्ने कुरा पोप फ्रान्सिसले  पनि देखाएका छन् । चतु¥याई, साहस, नैतिकता, बौद्धिकताको गुणका कारण पोपले संसारभर रोमन क्याथोलिक चर्चहरुप्रतिको धारणा र अवस्थामा परिवर्तन ल्याउने प्रयास गरे । जस्तै उदाहरणका लागि, परम्पराअनुसार भन्ने हो भने पोपले समलैगिकतालाई बैधानिकता दिन मिल्दैन । तर पोप फान्सिसस“ंग यस्तो साहस थियो की उनले भने,‘यदी कुनै व्यक्ति ‘गे’ (पुरुष समलिंगी) हो र उ भगवान खोज्छ, पाउने आशा राख्छ,  भने म को हो हु“ र, उसको बारेमा निर्णय गर्ने ?’ 

पोप फ्रान्सिसले चर्चभित्रको परम्परागत घेरा तोडिदिए । त्यस्तै गरी गत बर्ष ल्याटिन अमेरिकी मुलुकहरुमा ‘जिका भाइरस’ संक्रमण बढेपछि पोप फ्रान्सिसले महिलाहरुलाई गर्भाधानका लागि कृत्रिम प्रक्रिया अपनाउन सुझाव दिए । अझै विस्तृतमा भन्ने हो भने पोप फ्रान्सिसले चर्चकाहरुका संरचनालाई विकेन्द्रित गर्ने, अझै समावेशी बनाउने र ‘चर्च सबैको घर को’ भन्ने देखाउने साहस देखाए, विवेक प्रयोग गरे । यस्तै समझदारपूर्ण क्रियाकलापले ठूला बरिष्ठ अधिकारीहरु विना आनाकानी भ्याटिकनमा आवतजावत गर्न सक्छन् । तर पोप फ्रान्सिस अझै पनि साधारण, सभ्य जीवन जिइरहेका छन् । धेरै नेताहरु एक वा अर्को विन्दुमा असफल भइरहेका हुन्छन् ।  तर यस्तै केही कुराले नेतालाई महान बनाउ“दै लगेको हुन्छ । 


Link:

https://www.project-syndicate.org/commentary/twenty-first-century-leadership-qualities-by-kishore-mahbubani-and-klaus-schwab-2017-08?a_la=english&a_d=598b18062bd5d70fa4e6f2e3&a_m=&a_a=click&a_s=&a_p=%2Farchive&a_li=twenty-first-century-leadership-qualities-by-kishore-mahbubani-and-klaus-schwab-2017-08&a_pa=archive-results&a_ps=&a_ms=&a_r=&barrier=accesspaylog


No comments:

Post a Comment