राजनीतिक युनियनवाद'ले हरेक क्षेत्रमा गरिरहेको संक्रमणबाट सञ्चार क्षेत्र पनि ग्रसित छ । कर्पोरेट पत्रकारिता हाबी भएकाले समाचार कक्ष र सम्पादकीय स्वतन्त्रतामाथि प्रश्नहरू उठिरहेका छन् । नेपालमा पनि त्यो प्रवृत्ति देखिन थालेको पहिचान पुस्तकले गरेको छ ।
वैशाख १२ - नेपालको सञ्चार क्षेत्रबारे गहन अध्यनन गरिएका सामग्रीहरू हत्तपत्त भेट्न मुस्किल पर्छ । यो खडेरीमा उपयोगी पुस्तक सार्वजनिक भएको छ- 'मिडिया रिडर' । इतिहासदेखि वर्तमानसम्मको नेपाली सञ्चार क्ष्ाेत्र र पत्रकारिताको विश्लेषण गर्ने जमर्को पुस्तकले गरेको छ । छापा पत्रकारिता, विद्युतीय माध्यम, विशिष्टीकृत पत्रकारिता, मिडिया र समाज, प्राज्ञिक अभ्यास, कानुन र आचारसंहिता, विज्ञापन र जनसम्पर्क गरी करिब सञ्चार क्षेत्रसँग सम्बन्धित सबै आयामहरूको प्याकेज यो पुस्तकमा छ ।
पुस्तकको अग्रभागमा प्राध्यापक पी खरेलको लेखले विश्वको सञ्चार परिदृश्य कसरी बदलिँदै छ भन्ने तथ्य उजागर गरेको छ । 'सञ्चार क्रान्तिको फल निरन्तर उपभोग गर्ने चाहना राख्ने हो भने धनीहरूकै दयामा बांँकी विश्व निर्भर रहनुपर्छर्,' खरेलको निचोड छ । बदलिंँदो विश्व परिदृश्य र आन्तरिक उतारचढाव दुवैको प्रभावबाट नेपाली सञ्चार क्षेत्र गुजि्रएको छ । पटकपटक भएका राजनीतिक आन्दोलनले प्रेेसलाई विभाजन गरिदिएको छ । कहिले प्रजातान्त्र र कहिले निरंकुशतन्त्रको पक्षपोषणमा सञ्चार क्षेत्र कित्ताकाट भएको छ । पुस्तकले त्यो दृश्यलाई उजागर गर्न खोजेको छ । 'राजनीतिक युनियनवाद'ले हरेक क्षेत्रमा गरिरहेको संक्रमणबाट सञ्चार क्षेत्र पनि ग्रसित छ । कर्पोरेट पत्रकारिता हाबी भएकाले समाचार कक्ष र सम्पादकीय स्वतन्त्रतामाथि प्रश्नहरू उठिरहेका छन् । नेपालमा पनि त्यो प्रवृत्ति देखिन थालेको पहिचान पुस्तकले गरेको छ । कर्पोरेट पत्रकारिता कसरी फस्टाउँदै छ भन्ने उदाहरण पेस गर्न भने पुस्तक चुकेको छ ।
निस्सासिँंदो राजनीतिक र व्यावसायिक कब्जामा सञ्चारकर्मीहरू रहेको टिप्प्पणी पुस्तकले गरेको छ । त्यसबाट छुट्कारा पाउन इमानदार प्रयास चाहिने खाँचो औंल्याइदिएको छ । तर कसरी भन्ने विकल्प अघि सार्न पुस्तकले सकेको छैन । नेपाली संञ्चार क्षेत्रका दुईटा मुख्य चुनौती पुस्तकले खुट्याएको छ । प्रविधिको विकास र राजनीतिक उतारचढाव । प्रविधिलाई प्रयोग गर्न नसक्दा पछि पर्नुपर्ने अवस्था छ भने छिटो छिटो राजनीतिक उथलपुथल हुने कारणले सञ्चारकर्मीहरू दबाबमा बस्नुपर्ने बाध्यता पनि छ । नेपाल पनि बाह्य शक्तिको भूराजनीतिक दाउपेचको जालमा फसेकाले पत्रकारका काम अझ बढी जटिल बनाइदिएको पुस्तकको निचोड छ ।


