Sunday, April 27, 2014

सञ्चारको चिरफार

राजनीतिक युनियनवाद'ले हरेक क्षेत्रमा गरिरहेको संक्रमणबाट सञ्चार क्षेत्र पनि ग्रसित छ । कर्पोरेट पत्रकारिता हाबी भएकाले समाचार कक्ष र सम्पादकीय स्वतन्त्रतामाथि प्रश्नहरू उठिरहेका छन् । नेपालमा पनि त्यो प्रवृत्ति देखिन थालेको पहिचान पुस्तकले गरेको छ ।
वैशाख १२ - नेपालको सञ्चार क्षेत्रबारे गहन अध्यनन गरिएका सामग्रीहरू हत्तपत्त भेट्न मुस्किल पर्छ । यो खडेरीमा उपयोगी पुस्तक सार्वजनिक भएको छ- 'मिडिया रिडर' । इतिहासदेखि वर्तमानसम्मको नेपाली सञ्चार क्ष्ाेत्र र पत्रकारिताको विश्लेषण गर्ने जमर्को पुस्तकले गरेको छ । छापा पत्रकारिता, विद्युतीय माध्यम, विशिष्टीकृत पत्रकारिता, मिडिया र समाज, प्राज्ञिक अभ्यास, कानुन र आचारसंहिता, विज्ञापन र जनसम्पर्क गरी करिब सञ्चार क्षेत्रसँग सम्बन्धित सबै आयामहरूको प्याकेज यो पुस्तकमा छ । 


पुस्तकको अग्रभागमा प्राध्यापक पी खरेलको लेखले विश्वको सञ्चार परिदृश्य कसरी बदलिँदै छ भन्ने तथ्य उजागर गरेको छ । 'सञ्चार क्रान्तिको फल निरन्तर उपभोग गर्ने चाहना राख्ने हो भने धनीहरूकै दयामा बांँकी विश्व निर्भर रहनुपर्छर्,' खरेलको निचोड छ । बदलिंँदो विश्व परिदृश्य र आन्तरिक उतारचढाव दुवैको प्रभावबाट नेपाली सञ्चार क्षेत्र गुजि्रएको छ । पटकपटक भएका राजनीतिक आन्दोलनले प्रेेसलाई विभाजन गरिदिएको छ । कहिले प्रजातान्त्र र कहिले निरंकुशतन्त्रको पक्षपोषणमा सञ्चार क्षेत्र कित्ताकाट भएको छ । पुस्तकले त्यो दृश्यलाई उजागर गर्न खोजेको छ । 'राजनीतिक युनियनवाद'ले हरेक क्षेत्रमा गरिरहेको संक्रमणबाट सञ्चार क्षेत्र पनि ग्रसित छ । कर्पोरेट पत्रकारिता हाबी भएकाले समाचार कक्ष र सम्पादकीय स्वतन्त्रतामाथि प्रश्नहरू उठिरहेका छन् । नेपालमा पनि त्यो प्रवृत्ति देखिन थालेको पहिचान पुस्तकले गरेको छ । कर्पोरेट पत्रकारिता कसरी फस्टाउँदै छ भन्ने उदाहरण पेस गर्न भने पुस्तक चुकेको छ । 



निस्सासिँंदो राजनीतिक र व्यावसायिक कब्जामा सञ्चारकर्मीहरू रहेको टिप्प्पणी पुस्तकले गरेको छ । त्यसबाट छुट्कारा पाउन इमानदार प्रयास चाहिने खाँचो औंल्याइदिएको छ । तर कसरी भन्ने विकल्प अघि सार्न पुस्तकले सकेको छैन । नेपाली संञ्चार क्षेत्रका दुईटा मुख्य चुनौती पुस्तकले खुट्याएको छ । प्रविधिको विकास र राजनीतिक उतारचढाव । प्रविधिलाई प्रयोग गर्न नसक्दा पछि पर्नुपर्ने अवस्था छ भने छिटो छिटो राजनीतिक उथलपुथल हुने कारणले सञ्चारकर्मीहरू  दबाबमा बस्नुपर्ने बाध्यता पनि छ । नेपाल पनि बाह्य शक्तिको भूराजनीतिक दाउपेचको जालमा फसेकाले पत्रकारका काम अझ बढी जटिल बनाइदिएको पुस्तकको निचोड छ । 



पाका पत्रकार कमल दीक्षितले राणाकालीन पत्रपत्रिका र पि्रन्टिङ प्रेसहरूको इतिहासका नयाँ तथ्यहरूका बाहिर ल्याएका छन् । विशेषगरी राणाकालीन साहित्यक पत्रिकाको दयनीय अवस्थालाई चित्रण गर्न खोजेका छन् । विज्ञापन र पाठकबीचको सन्तुलन नमिल्दा राणाकालीन पत्रपत्रिका संकटमा परेको निष्कर्ष उनको आलेखमा छ । नेपाल मात्र होइन भारतबाट प्रकाशित हुने नेपालीभाषी पत्रिकाहरूको दयनीय अवस्था पनि उनले उजागर गरेका छन् । 



पत्रपत्रिकाले आफ्ना अंकहरूका विज्ञापन र पाठक नपाएको गुनासोसहतिको विज्ञापन छपाउँथे । पाठकहरूलाई यसकै कारण भाषाको सेवा गर्न नपाइने भयो भन्ने उल्लेख पनि गर्थे । विज्ञापन र पाठकका लागि पत्रपत्रिकाको रोदन कस्तो हुन्थ्यो भन्ने यथार्थ तस्बिर पुस्तकभित्र छ । १९०८ मा जंगबहादुर बेलायतबाट फर्केर आउँदा गिद्धे प्रेस ल्याएको घटनालाई लिएर दीक्षितले त्यो बेला नै राणाले मिडियाको महत्त्व बुझेका थिए भन्ने जिकिर गरेका छन्  ।



प्राजतान्त्रिकालको पत्रकारिताकाले झेल्नुपरेको समस्यालाई पनि पुस्तकले उजागर गर्न खोजेको छ । पत्रपत्रिकालाई स्थायी प्रतिपक्ष मान्ने गरिन्छ । तर पत्रिकाहरू लगानीको अभावमा सरकारसामु कसरी घुँडा टेक्न बाध्य हुन्थे भन्ने दृष्टान्त पुस्तकमा छ । पत्रकार मदनमणि दीक्षितले प्रधानमन्त्री बीपी कोइरालासँग सहयोग लिएर 'समीक्षा' पत्रिका प्रकाशन गरेका थिए । मासिक छ सय रुपैयाँ सहयोगमा पत्रिका निस्किएको थियो, तीन महिनापछि प्रधानमन्त्रीले सहयोग रोकिदिए । त्यसपछि बन्द पत्रिका खुलाउनका लागि 'राजतन्त्र, संसदीय व्यवस्था र प्रधानमन्त्रीका रूपमा बीपीलाई समर्थन गर्ने' सर्तमा फेरि पत्रिका सूचारु गरिएको थियो भन्ने दृष्टान्त पुस्तक छ । 



२०४६ सालको परिवर्तनपछि मिडियामा व्यावसायिकताको अभ्यास भित्रिएको तथ्यलाई पुस्तकले नकारेको छैन । तर मिडिया सेवामुखीभन्दा बढी व्यापारिक बन्न थालेको निचोड पुस्तकमा भेटिन्छ । व्यापारिक स्वार्थ समूहहरू हावी हँुदा मिडियामा 'सेल्फ सेन्सरसिप' को खतरनाक अवस्था आइरहेको पुस्तकले देखाएको छ । राजनीतिक परिवर्तनहरूका भूमिका खेल्ने साप्ताहिक पत्रपत्रिकाहरू अझै व्यावासियक हुन नसकेको तथ्य उजागर गर्न खोजेको छ । मिसन पत्रकारिताकै शैलीमा साप्ताहिक पत्रिका टिक्न नसक्ने निचोड पुस्तकमा छ । आचारसंहिता उल्लंघनको प्रवृत्तिले समग्र साप्ताहिक पत्रपत्रिकाको छवि खस्किइरहेको देखिएको छ । साप्ताहिक पत्रपत्रिकाले अब मिसनमै मात्र केन्दि्रत रहने कि व्यावसायिक बन्ने ?  स्पष्ट हुनुपर्ने आवश्यकता पुस्तकले औंल्याएको छ । 



छापा माध्यममा रहेका राजनीतिक स्वार्थ समूहरूको उपस्थिति रेडियो र टीभीमा देखिन थालेको पुस्तकको ठम्याइ छ । राजनीतिक स्वार्थ समूह, दलका नेता र गुटहरूको छद्म लगानी यस्ता माध्यममा भित्रिइरहेको छ । यस्ता माध्यमले सत्य तथ्य, निष्पक्ष र सन्तुलित सामग्रीको अपेक्षालाई कसरी पूरा गर्न सक्लान् ? पुस्तकले प्रश्न उठाउन खोजेको छ । सबै सञ्चार माध्यमहरू संकटमा चल्नुभन्दा 'मिडिया मर्ज'को सिद्धान्तमा अघि बढ्न उपयुक्त हुने सुझाव पुस्तकले दिन खोजेको छ । टेलिभिजन कार्यक्रमको 'फरम्याट' नक्कल गर्ने प्रवृत्ति बढ्दा सबैको टीभी उस्तै जस्तो देखिएको औंल्याइएको छ । अनलाइन पत्रकारिकता, पत्रकारिता र सूचनाको हक, जनसम्र्पकको अभ्यास, विचार निर्माणमा पुस्तकको भूमिका, नेपालमा मिडिया शिक्षालगायतका विषयहरू पनि पुस्तकमा छन् । 



भुवन केसी, तिलक पाठक र दीपक अर्यालले सम्पादन गरेको यो पुस्तकमा २५ वटा अनुसन्धानमूलक सामग्री छन् । मूलधारका सञ्चार माध्यममा काम गरिरहेका र सञ्चार क्षेत्रमै अध्ययन अध्यापन गरिरहेका व्यक्तिहरू नै पुस्तकका सम्पादक छन् । त्यसैले पुस्तकमा प्रस्तुत सामग्रीहरू अनुभव र अध्ययन दुवैमा आधारित छन् । जगदम्बा प्रकाशनबाट प्रकाशित यो पुस्तक नेपाली सञ्चार क्ष्ाेत्र बुझ्न चाहनेहरूका लागि राम्रै खुराक हुनेछ ।



प्रकाशित मिति: २०७१ वैशाख १३ ०९:४४

No comments:

Post a Comment