- अब दुई चार दिनमा हाम्रो चुलो बल्ल छोड्छ । सडकमा देखिइरहेका केही सवारी साधन पनि ठप्प हुनसक्छन् । अनि भोको पेटमा ‘राष्ट्रवाद’को नारा कति दिन चकाईरहन सक्छौ ?
- हो, भारतीय शैलीको निन्दा गराौं, भत्सर्ना गरौं । उसका अन्तराष्ट्रिय मुल्य मान्यता विपरितका गतिविधिहरुलाई रोक्न चुनौती दिऔं । त्यसका लागि अन्तराष्ट्रिय मञ्चहरुमा हाम्रा कुरा पुर्याउनका लागि सबैले पहल गरौ । कुटनीतिक प्रयासहरु जारी राखौं ।तर, भारतलाई घुँडा टेकाउने नाममा अहिलेको संकटलाई झन् लम्ब्याउने र आम नागरिकका दैनिक जीवन कष्टकर हुने अवस्थालाई सहयोग गर्ने उग्र चिन्तनले चाहिँ धेरै फाइदा नगर्ला कि
- , काठमाडौं
आश्विन १३, २०७२- ‘बरु हामी भोकै बस्न तयार छौं तर भारतसँग झुक्नु हुँदैन’ राजधानीका केही ठाउँमा स्थानीय नागरिकहरुले यस्तै आशय झल्किने नारासहितका ब्यानरहरु टाँग्न थालेका छन् । सामाजिक सञ्जाल र सञ्चार माध्यमहरु ‘राष्ट्रवादी’ विचार र टिप्पणीले रंगिएका छन् । नेपाली जनताका प्रतिनिधिले जारी गरेको संविधानप्रति असहमति जनाउँदै भारतले अघोषित नाकाबन्दी गरेपछि स्वाभिमानी नेपालीहरुको रगत फेरि तातेको छ । एउटा सार्वभौम देशको संविधानबन्दा लोकतन्त्रको मसिहा ठान्ने देशले नाकाबन्दीसम्मको हर्कतमा उत्रिँदा कुनै पनि पनि स्वाभिमानी चुप लागेर बस्दैनन् । त्यसैले राष्ट्रको स्वाभिमानका लागि भइरहेका गतिविधिहरु स्वभाविक छन् ।
तर, राष्ट्रवादका नारा लगाइरहँदा आफ्नो धरातल के छ ? यसतर्फ पनि हामी केही सोचविचार गरौं । नाकाबन्दीका कारण मुलुकको आपूर्ति व्यवस्था तहसनहस हुन थालेको छ । अब दुई चार दिनमा हाम्रो चुलो बल्ल छोड्छ । सडकमा देखिइरहेका केही सवारी साधन पनि ठप्प हुनसक्छन् । अनि भोको पेटमा ‘राष्ट्रवाद’को नारा कति दिन चकाईरहन सक्छौ ?
हामी कतिपयले भारतलाई जसरी पनि घुँडा टेकाउनै पर्छ भन्दै राजनीतिक नेतृत्वलाई ढाडस दिने गरेका छौं । कतिपय नेताहरुले त्यसअनुसारका चर्का अभिव्यक्ति र जनमतअनुसारको व्यवहार पनि प्रर्दशन गरेका छन् । हो, भारतीय शैलीको निन्दा गराौं, भत्सर्ना गरौं । उसका अन्तराष्ट्रिय मुल्य मान्यता विपरितका गतिविधिहरुलाई रोक्न चुनौती दिऔं । त्यसका लागि अन्तराष्ट्रिय मञ्चहरुमा हाम्रा कुरा पुर्याउनका लागि सबैले पहल गरौ । कुटनीतिक प्रयासहरु जारी राखौं ।
तर, भारतलाई घुँडा टेकाउने नाममा अहिलेको संकटलाई झन् लम्ब्याउने र आम नागरिकका दैनिक जीवन कष्टकर हुने अवस्थालाई सहयोग गर्ने उग्र चिन्तनले चाहिँ धेरै फाइदा नगर्ला कि । ‘भारतले नाकाबन्दी गरेर के भयो र चीनबाट सामान ल्याइन्छ । चिनियाँ नाका खोलिन्छ, बंगलादेशबाट तेल ल्याइन्छ’ यस्तो पनि सुन्ने गरिन्छ । तर, के यी काम दुई–चार दिनमा सम्भव छन् ? तत्काल गर्ने भनेको जुनसुकै विधि प्रयोग गरेर भए पनि नाकाबन्दी हटाएर आपूर्ति सहज बनाउने हो । त्यसका लागि उपयुक्त वातावरण बनाउने काममा लाग्नु श्रेयस्कर हुन्छ ।
भारतले नाकाबन्दी गर्नुको एउटा कारण मधेसी दलहरुको आन्दोलनसँग पनि जोडिएको छ । त्यसैले यो यथार्थ पनि हेक्का राख्नैपर्छ । मधेसी दलहरुले राखेका केही माग भारतीय पक्षबाटै आफ्नो चासोको बिषयको रुपमा सार्वजनिक रुपमा प्रकट भएका छन् । मधेसी दलहरुसँग वार्ता गर्नका लागि सरकारले वार्ता टोली बनाएको छ र केही चरण कुराकानी पनि भइसकेको छ । बरु वार्तालाई छिटो निष्कर्षमा पुर्याउने तर्फ सरकार र राजनीतिक दलहरुलाई दबाब दिनु आवश्यक छ । यदि भारतसँग सिधा कुरा गर्नुपर्ने अवस्था हो भने त्यसका लागि पनि बरु दबाब बढाऔं । कुटनीतिक पहललाई तीब्र बनाऔं । नेपालमा यति धेरै अन्तराष्ट्रिय नियोग र मुलुकहरुका दूतावास छन् तीनको समेत साथमा लिएर भारतमाथि दबाब सिर्जना गर्न सकिन्छ ।
आदर्श जति ठूलो हुन्छ, व्यवहारमा उतार्न त्यति नै कठिन । हामी बलभद्र, अमरसिंहका सन्तान त हौं तर के अहिलेको स्थिति उनीहरुले बिट्रिसहरुसँग लडाई लडेजस्तो छ ? अनि के भारतले चाहँदैमा नेपालमाथि थिचोमिचो गरिरहन सक्ने अन्तराष्ट्रिय परिस्थिति अहिले छ ? यसको अर्थ हामी भारतसामू नतमस्तक बन्नुपर्छ भन्ने होइन । व्यवहारिक भएर सोच्ने कि भन्ने आग्रह हो । अहिलेको प्राथमिकता भनेको नाकाबन्दी खोल्ने र मधेसी दलहरुसँग समझदारी निर्माण गर्ने हो । त्यसका लागि सक्दो पहल सबैले गर्न आवश्यक छ ।
भारतसँग मात्र निर्भर हुँदा कस्तो हुँदो रहेछ भन्ने पाठ नाकाबन्दीले सिकाएको छ । २०४५ सालमा नै चर्को नाकाबन्दी खेपेका नेपालीले त्यस्तै रबैया भारतले फेरि देखाउँछ भन्ने कहिल्यै किन सोचेनौं ? हाम्रा आफ्नै बाध्यता र गतिविधिले पनि भारतीय पक्षले खेल्ने अवसर पाएको हो भन्ने नबिर्सौं । यदि त्यो बेला पाठ सिकेको भए भारतले अहिले यो हदसम्म नेपालमा खेल्न पाउने थिएन । त्यसैले यो प्रकरणबाट आत्मनिर्भर हुनेतर्फ लागौं । आत्मनिर्भर भयौं भने कसैले पनि हामीमाथि खेल्ने अवसर पाउने छैन ।
No comments:
Post a Comment