ओलीले उग्रवामपन्थी विचारधारा बोक्ने र निरंकुशताका पक्षधर दक्षिणपन्थी,राजतन्त्रतात्मक व्यस्थाको विरुद्धको बैचारिक लडाईमा आफ्नो राजनीतिक जीवनको धेरै लामो सयम खर्चिए । पार्टी भित्र त्यस्ता विचार बोक्ने शक्तिहरुसंगको सहकार्य गर्न खोज्नेलाई उनी तिब्र आलोचना पनि गर्थे । तर शुक्रबार उनी उग्रवामपन्थी बैचारिक धारबाट राजनीतिमा आएको एमाओवादी र निरंकुश व्यवस्थाको पक्षपोषण गर्दै हुर्किएको राप्रपा नेपालसंगको गठजोडमा प्रधानमन्त्री बने ।
- दुर्गा खनाल
काठमाडौं– तिखो बोली, उखान टुक्का हाल्ने शैली, लागेको कुरा स्पष्ट भन्ने, विरोधीहरुलाई देखि नसहने । सार्वजनिक रुपमा आम मानिसबीच केपी ओलीको यस्तै छवि स्थापीत छ । पझण्डै ४९ बर्षदेखि राजनीतिमा संलग्न रहेरका उनको पार्टी भित्र वा बाहिर संधै विपक्षीको जस्तो भूमिकामा लामो सयम वित्यो । तर पछिल्लो साढे दुई बर्षमा ओलीको भूमिका बदलिएको छ । २०७० सालको संविधान सभा निर्वाचपछि क्रमश संसदीय दलको नेता, पार्टी अध्यक्ष हुदै गत शुक्रबार उनी प्रधानमन्त्रीको रुपमा निर्वाचन भए । यसले पार्टी भित्र मात्र होइन मुलुकको समग्र राजनीतिमै प्रमुख सत्तापक्षीय नेताको रुपमा ओलीको उदय भएको छ ।
ओलीले उग्रवामपन्थी विचारधारा बोक्ने र निरंकुशताका पक्षधर दक्षिणपन्थी,राजतन्त्रतात्मक व्यस्थाको विरुद्धको बैचारिक लडाईमा आफ्नो राजनीतिक जीवनको धेरै लामो सयम खर्चिए । पार्टी भित्र त्यस्ता विचार बोक्ने शक्तिहरुसंगको सहकार्य गर्न खोज्नेलाई उनी तिब्र आलोचना पनि गर्थे । तर शुक्रबार उनी उग्रवामपन्थी बैचारिक धारबाट राजनीतिमा आएको एमाओवादी र निरंकुश व्यवस्थाको पक्षपोषण गर्दै हुर्किएको राप्रपा नेपालसंगको गठजोडमा प्रधानमन्त्री बने । प्रधानमन्त्रीका लागि संसद भित्र बुहमत पु¥याउने सिलशिलामा उनी आफैले विरोध गर्ने दुई शक्तिलाई समेट्ने विन्दुमा पुगे । प्रधानमन्त्री चयन भए लगत्तै सपथ लिएर ओलीले आफ्नो कार्यभार सम्हाल्न थालिसकेका छन् ।
तीन पूर्व प्रधानमन्त्रीलाई हराए
ओलीका लागि यस्तो संयोग मिल्यो कि पार्टी र सरकारको प्रमुख बन्दा उनले तीन जना पूर्वप्रधानमन्त्री भइसकेका व्यक्तिलाई हराए । सबै भन्दा पहिले उनले २०७० साल माघमा पार्टीको संसदीय दलको चुनावमा आफ्नै दलका पूर्वप्रधानमन्त्री र तत्कालिन अध्यक्ष झलनाथ खनाल विरुद्ध उम्मेद्वारी दिए । त्यहा उनले पहिलो पटक पूर्वप्रधानमन्त्रीलाई हराएर आफू विजयी बने । त्यसपछि २०७१ साल असारमा पार्टीको नवौ महाधिवेशन महाधिवेशनमा पनि ओली अध्यक्षमा उठे । त्यहा उनका प्रतिपर्धी थिए पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल । नेपाललाई पनि हराएर उनी पार्टी अध्यक्ष बने । गत शुक्रबार संसदमा मुुलुकको ३८ औ प्रधानमन्त्री चयन गर्ने क्रममा पनि ओलीविरुद्ध निवर्तमान प्रधानमन्त्री सुशील कोइरालाले उम्मेद्वारी दिएका थिए । तर संसद भित्रको बुहमत जुटाएर ओलीले निवर्तमान प्रधानमन्त्री कोइरालालाई नै पराजित गरे ।
संविधान जारी गर्ने सुत्रधार
संविधानसभाबाट संविधान जारी गर्न महत्वपूर्ण योगदान गरेकै कारण ओलीले संसदभित्रको बहुमत पाउने अवस्था बनेको हो । जुन कुरा समर्थनकर्ता दलका नेताहरूले आइतबार संसदमा बोल्ने क्रममा पनि बताएका थिए । पछिल्लो समय कुनै हालतमा संविधानसभाबाट संविधान जारी गर्नुपर्ने पक्षमा उनी थिए । त्यसैले उनले प्रमुख दल काग्रेसस“गको सत्ता यात्रालाई जारी राख्दै एमाओवादीस“गको सम्बन्ध विस्तार गरे । जुन सम्बन्धका बलमा संविधान जारी भएपछि उनी प्रधानमन्त्री बन्ने ढोका खुल्यो ।
कुनै समय एमाओवादीका कट्टर आलोचक थिए– ओली । हिंसात्मक राजनीतिक पृष्ठभूमि भएकाले एमाओवादीलाई उनी मन पराउँदैनथे । पहिलो संविधानसभा चुनावमा एमाओवादीबाटै पराजय भोगेका थिए । गत माघ महिनासम्म पनि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग व्यक्तिगत तहको मनमुटाव थियो । तर अहिले ओलीका असल मित्र दाहाल नै बनेका छन् । उनलाई निकटबाट बुझ्नेहरू भन्छन्, ‘बाहिरबाट कडा देखिए पनि समय र परिस्थितिअनुसार आफूलाई बदल्न सक्ने खुवी उनमा छ ।’ अहिले संविधान जारी नगरे कहिल्यै पनि नहुने भन्दै मधेसमा आन्दोलन चर्किइरहदा पनि संविधान सभा रोक्न नहुने पक्ष लिइरहे । । अघिल्लो संविधानसभामा विशेषगरी जातीय आधारमा प्रदेश निर्माणको बहस निकै चलेको थियो । जुन विषयको एकोहोरो विरोध ओलीले गरे । कुनै पनि हालतमा जातीय गन्ध आउन नहुने उनको अडानका कारण दोस्रो संविधानसभामा आइपुग्दा प्रदेशको संरचना निर्माणमै फरक परिस्थिति बन्यो । २०३३ देखि ओलीका राजनीतिक सहयात्री बनेका एमाले नेता प्रदीप नेपालका अनुसार आफूलाई लागेको कुरा स्पष्ट राख्न र अडान लिन सक्ने क्षमता उनमा छ ।
परिस्थिति अनुसार बदलिनसक्ने चुतर
पछिल्लो समय प्रदेश विभाजनको विषयमा बहस हुँदा थोरै बनाउने भन्नेमा उनले लामो समयसम्म अडान लिए । तीन प्रदेशसम्मको प्रस्ताव उनको थियो । पछि उनले १६ बुँदे सहमतिका क्रममा ८ प्रदेश बनाउने सम्झौतामा हस्ताक्षर गरिदिए । अघिल्लो संविधानसभाको समीकरणलाई ओलीले धेरै समय विरोध गरे । तर संविधान नबनाई संविधानसभा विघटन हुने विन्दुमा भने म्याद थप्ने भूमिका उनैले खेले । प्रधानमन्त्री बन्ने क्रममा पनि उनले सहमतिको सरकार बनाउने बिषयमा काग्रेससंग मिलेर जान खोजे तर भित्र भित्रै काग्रेसले नमानेको खण्डमा कसरी बुहमत पु¥याउने भन्ने खेल खेलिरहे । एमाओवादी र राप्रपा नेपालसंग आन्तरिक सम्झौता गरेर भए पनि उनले प्रधानमन्त्री हुने अवसर लाई गुमाउन खोजेनन् । त्यसैले अडान मात्र राख्ने होइन परिस्थिति बदलिएको अवस्थामा त्यसअनुसार आफूलाई ढाल्न सक्ने चतुरता पनि ओलीमा देखिन्छ । झापा आन्दोलनमा लागेका उनका सहयात्री राधाकृष्ण मैनालीका अनुसार सानै देखि ओली परिस्थिति अनुसार आफूलाई ढाल्न सक्ने नेता हुन् ।
किसानका छोरा, झापा विद्रोहबाट नेता
२००८ सालमा तेह्रथुमको सामान्य किसान परिवारमा जन्मेका ओली पञ्चायतकालमा सुखानीमा मारिएका नेता रामनाथ दाहालको संगतमा हुर्केका हुन् । ओली सानै हुदा उनी आमाको निधन भयो । त्यसपछि बाबुले कान्छिआमा विवाह गरे । पहाडको गरिबीका कारण ते¥हथुमबाट ओली बालक हुदै उनका बाबु झापा झरे । झापमा खोलाले भएको खेत पनि बगाएपछि ओली परिवारलाई खान लाउनै निकै ठूलो समस्या प¥यो । त्यही समयमा ओली दाहालको घरमा बस्न थाले । दाहालले नै ओलीलाई विद्यालय अध्ययनमा सहयोग गरे । दाहाल भूमिगत रुपमा पञ्चायतविरुद्धको आन्दोलनमा लागि सकेका थिए । त्यही क्रममा ओली पनि राजनीतिमा आकर्षित भए । ओली २०२८ सालमा पञ्चायतविरुद्ध सुरु भएको झापा विद्रोहका नेता हुन् । त्यही विद्रोहमा लागे वापत् तत्कालिन पञ्चायती प्रशासनबाट पक्राउ परे । २०३० सालबाट लगातार १४ वर्ष जेल जीवन बिताए । जेलमध्ये पनि कठोर यातना दिने काठमाडौको ‘गोलघर’मा उनलाई धेरै समय राखियो । गोलघरमा बस्दा यातनाका कारण उनी धेरै समस्या परेका थिए । मैनालीका अनुसार उनलाई टिभी लगायतका रोगले गम्भिर समस्या पारेको थियो । ‘उपचारमा ठूलो समस्या थियो हामी साथीहर मिलेर उनहालाई त्यो बेला बचाउन सक्यौ’ मैनालीले भने,‘ जति अप्ठेरो पर्दा पनि हडबडाउनुहुन्न, इच्छाशक्ति ठूलो छ ।’
राजकीय जिम्मेवारी र बैचारिक योगदान
ओली २०४८ सालबाटै झापाबाट सांसदमा निर्वाचत हुदै आएका छन् । २०६४ सालकोे संविधान सभा चुनाव बाहेक अन्य सबै चुनाव उनले चितेका छन् । ओली पहिलोपटक ०५१ मा मनमोहन अधिकारी नेतृत्वको नौ महिने सरकारमा गृहमन्त्री भए भने दोस्रो जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री भए । ओली एमालेमा जननेता मदन भण्डारीले अघि सारेको जनताको बुहदलीय जनवादको प्रवक्ता ठान्छन् । पार्टी भित्र अरुले यो विचार मन नपराउदा पनि ओली नै यसको पहिलो समर्थक थिए । भण्डारीको निधनपछि पार्टीमा यो विचारलाई जोगाउने काम आफैले गरेको भन्ने उनको दाबी छ । उनले पार्टी भित्रको आन्तरिक लोकतान्त्रिकरणको पक्षमा सधै अवाज उठाउदै आएका छन् । यद्यपी गुटबन्दी गर्ने र बेला बेलामा पार्टीका निर्णयहरु विरुद्ध नै बोल्दै हिड्ने गतिविधि उनैले गर्ने गरेको इतिहास पनि छ ।
शासकीय जिम्मेवारीको पनि अनुभव र लामो राजनीतिक इतिहास बोकेका ओलीका सामु चुनौतीका पहाड छन् । ती चुनौतीलाई चिर्दै हिड्न ओलीले फरक फरक राजनीतिक पृष्ठभूमिबाट हुर्केका पुष्पकमल दाहाल, कमल थापा र विजयकुमार गच्छदारको बैशाखीको टेकेका छन् । यो बैशाखीले संविधान कार्यान्वयन, भुकम्प पछिको पुननिर्माण, मधेस आन्दोलनको अवतरण र भारतसंगको असमझदारीले सिर्जना भएको नाकाबन्दी समस्या समाधान गर्ने गन्तव्यमा पु¥याउछ÷पु¥याउदैन केहि दिनमै त्यसको लक्षण देखिनेछ ।

No comments:
Post a Comment