नेता र जनताबीच 'कम्युनिकेसन ग्याप' मात्र होइन अब 'जेनेरेसन ग्याप' पनि धेरै भइसक्यो । पछिल्लो जनगणनाअनुसार नै झन्डै ५० प्रतिशत युवाको जनसंख्या छ । तर पोलिटिक्सलाई ड्राइभ गर्ने नेतृत्वमा भने कोही युवा छैनन् । प्रमुख दलका सबै शीर्ष नेता झन्डै ६० वर्ष र त्योभन्दा माथिको उमेर समूहका छन् ।
- दुर्गा खनाल
पुस २६ - झन्डै पाँच वर्षअघिको संविधानसभा चुनावमा बानेश्वरकी अनुभूति पौडेलको उमेर १७ थियो । १८ वर्ष पुगेकाले मात्र चुनावमा 'भोटिङ' गर्न पाउने व्यवस्था भएकाले उनले आफ्नो मत कसैलाई दिन पाइनन् । तर उनी र उनको परिवारका सदस्य राजनीतिक पृष्ठभूमिका नभए पनि चुनावमा स्वयंसेवकका रूपमा 'फिल्ड' मा भने खटिएकी थिइन् । 'चुनावपछि देश राम्रो बाटोमा जान्छ, अवसरका विभिन्न ढोका खुल्छन्,' भन्ने चर्चा सबैतिरबाट सुनेपछि उनलाई त्यस बेला चुनावले आकर्षण गरेको थियो । त्यसैले त उनी चुनावी अभियानमा स्वःस्फूर्त लागेकी थिइन् ।
![]() |
| Published in Hello Sukrabar/Kantipur Daily |
अहिले अनुभूति २२ वर्षकी भइन् । फेरि नयाँ चुनावको कुरा चल्दैछ । आउँदो वैशाख-जेठमा चुनाव गर्ने भन्ने नेताहरूको भाषण उनले दिनहुँ सुनिरहेकी/पढेकी छन् । यसपालि उनको मतदान गर्ने उमेर पनि पुगिसकेको छ । तर चुनाव गर्ने प्रसंगले उनलाई अहिले 'टच' गरेको छैन । 'पहिले त्यत्रो चुनाव गरेर बनाएको संविधानसभा त्यत्तिकै समाप्त भयो अब फेरि पनि त्यस्तै परिणाम नआउने गतिविधि गर्न चुनाव गर्न खोजेको त होला नि ?,' नोबेल कलेजमा पब्लिक हेल्थ विषय अध्ययन गरिरहेकी अनुभूतिको शंका छ, 'पोलिटिक्स ठीक भइरहेको छैन, कुनै रिजल्ट राम्रो नदिने, अपर्चुनिटी नहुने र सबै भताभुंग मात्र पार्ने, यस्तै खालको पोलिटिक्स गर्ने हो भने किन पटक-पटक चुनाव गरिरहनुपर्यो र !' चुनाव हुनु, त्यहाँबाट जनताका प्रतिनिधि छानिएर आउनु, जनप्रतिनिधिले मुलुक सञ्चालन गर्ने नीति बनाउनु 'डेमोक्रेटिक सिस्टम' का 'ब्युटी' हुन् । त्यो ब्युटीको उचित सम्मान गर्नुपर्छ । अझ राजनीतिमा लाग्नेलाई त झन् बढी यसको हेक्का हुनुपर्ने हो । तर हाम्रोमा यस्तो छैन । त्यसैले त युवालाई पोलिटिक्सले प|mस्टेट बनाएको छ ।
हुन त पोलिटिक्स भनेको नराम्रो होइन । तर हाम्रोमा राजनीति बढी नै बदनाम भएको छ । राजनीतिले राज्यका हरेक मेकानिजमलाई ठीक पार्नुपर्नेमा त्यसको ठीक उल्टो काम गरिरहेको छ । 'पोलिटिक्सले सबैलाई राम्ररी 'गभर्न' गर्नुपर्ने हो तर त्यस्तो भएको जस्तो लाग्दैन, चाहिने नचाहिने ठाउँमा अनावश्यक रूपमा पोलिटिक्स भइरहेको छ,' सीआईटी कलेजमा कम्प्युटर इन्जिनियरिङ अध्यययन गरिरहेका २२ वषर्ीय पोखरेली ठिटा दिपेश केसी भन्छन् । जस्तो उनी अध्ययन गरिरहेको विश्वविद्यालयकै सानो कुरा गरौं न । राजनीतिक नियुक्ति लगायतकै कारणले पूर्वाञ्चल विश्वविद्यालय झन्डै तीन महिनादेखि बन्द छ । अब त्यो बन्दको असर परीक्षा र अध्ययनमा पर्नेछ । देख्दा विश्वविद्यालय बन्द भए पनि त्यसमा मूल कुरो पोलिटिक्स जोडिएको छ ।
अनुभूतिको अनुभव सुन्ने हो भने तीन वर्षदेखि नेपालको स्वास्थ्यसम्बन्धी नयाँ रिपोर्ट आउन सकेको छैन । राजनीतिकै कारण बर्सेनि आउनुपर्ने रिपोर्ट नआउँदा विद्यार्थीले पुरानै रिपोर्टमा आधारित भएर अध्ययन गरिरहनुपरेको छ । 'पोलिटिक्स ठीक ठाउँमा भएको भए त यस्तो हुँदैनथ्यो होला नि !,' अनुभूति भन्छिन् । 'विश्वविद्यालयजस्तो ठाउँमा किन राजनीतिक गर्नुपर्यो र, यस्तो उदाहरण त हरेक ठाउँमा भेटिन्छ,' दिपेश भन्छन् ।
यस्तै गलत काम राजनीतिका कारण भएकाले राजनीतिले कत्ति पनि आकषिर्त गर्न सकेको छैन । केसी राजनीतिक संगठनहरूका कार्यक्रममा गएका छन्, उनले कुरा पनि राम्ररी सुनेका छन् । 'कुरा सुन्दा राम्रो मीठो लाग्छ, तर व्यवहारमा त्यो हुँदैन,' निराश हुँदै दिपेश भन्छन्, 'त्यसैले पोलिटिक्सलाई 'डर्टी गेम' भनेको हो जस्तो लाग्छ ।'
कुनै मुलुक ठीकसँग चल्न त्यहाँको राजनीति सही ट्रयाकमा हुनुपर्छ । राज्यका अन्य नीति जे जस्ता भए पनि राजनीति ठीकसँग चलेको छ भने त्यसले विकास र समृद्घकिो ढोका आफंै उघार्दै जान्छ । हाम्रोमा भने समृद्घकिो ढोकालाई राजनीतिले नै ताला लगाएजस्तो पो छ । राजनीति यति लाजलाग्दो अवस्थामा पुगेको छ कि चाहेको बेलामा एउटा प्रधानमन्त्री छनोट गर्ने हैसियतसमेत गुमाउँदै छ । यतिबेर प्रधानमन्त्री छनोट गर्ने गोलचक्कर चलिरहेको छ । हरेक दिन सहमतिका लागि भन्दै नेता वार्ता र छलफलमा बस्छन् । तर निकास केही छैन । सञ्चारमाध्यममा दिनहुँ एउटै कुरा आएजस्तो देखिन्छ । आखिर किन यस्तो भइरहेछ त ?
'हाम्रो देशको राजनीतिमा 'कम्प्रोमाइज' गर्ने कल्चर नै नभएजस्तो लाग्छ,' सोसल वर्कस् विषय लिएर बीए अध्ययनरत धापासीकी २० वषर्ीया सुबु सुवेदी भन्छिन्, 'सबैले जेमा पनि मैले भनेकै हुनुपर्छ भन्ने धारणा राख्छन्, यस्तो धारणा राखुन्जेल कहाँ अघि बढ्न सकिन्छ र ।'
एकले अर्काको अस्तित्व र क्षमतालाई कदर नगर्ने शैलीका कारण नै प्रधानमन्त्री छनोट गोलचक्कर चलिरहेको उनीहरूको बुझाइ छ । हालका प्रधानमन्त्री बाबुराम भट्टराईको सट्टामा अर्को सरकार बनाउन किन खोजेको हो उनीहरूले त्यत्ति धेरै बुझेका छैनन् । तर उनीहरूले यतिचाहिँ महसुस गरेका छन् कि, भट्टराईप्रति सर्वसाधारणको 'हाई एक्सपेक्टेसन' थियो, त्यो पूरा गर्न नसकेपछि विकल्पको कुरा आएको हो । तर उनको विकल्पमा आउने व्यक्तिले चाहिँ केही गर्लान् भन्ने विश्वास छैन ।
'मैले त सुनेकी छु बाबुराम भट्टराईको मन्त्रिमण्डलचाहिँ अनपपुलर त उहाँ आफूचाहिँ पपुलर हो रे,' साउथ वेस्टर्न स्टेट कलेजकी सुबु भन्छिन्, 'हाई एक्सपेक्टेसन थियो त्यो पूरा नभएको उहाँ अनपुलरजस्तो देखिनुभएको हो, अब अर्को व्यक्ति आएर के गर्ने हो र ?' सीआईटी कलेजमा अध्ययनरत केसीको बुझाइ भने अलिक फरक छ । राजनीतिमा हुने खुट्टा तान्ने प्रवृत्तिका कारण भट्टराईले प्रधानमन्त्रीका रूपमा राम्ररी काम गर्न नपाएको दिपेशको धारणा छ ।
किन राजनीतिले सही 'ट्रयाक' लिन नसकेको होला त ? यसका पछाडि युवाका नजरमा केही कारण छन् । समयअनुसारको कुरा बुझ्ने नेता भएनन् । नेता र जनताबीच 'कम्युनिकेसन ग्याप' मात्र होइन अब 'जेनेरेसन ग्याप' पनि धेरै भइसक्यो । पछिल्लो जनगणनाअनुसार नै झन्डै ५० प्रतिशत युवाको जनसंख्या छ । तर पोलिटिक्सलाई ड्राइभ गर्ने नेतृत्वमा भने कोही युवा छैनन् । प्रमुख दलका सबै शीर्ष नेता झन्डै ६० वर्ष र त्योभन्दा माथिको उमेर समूहका छन् ।
'उनीहरूले हाम्रो जेनेरेसनको कुरा बुझ्न सक्दैनन्, चेन्ज भन्ने कुरा रुचाउँदैनन्,' बीए अध्ययनरत बालाजुकी एन्जिला स्याङतान भन्छिन्, 'युवा आउन खोज्यो भने पनि चान्स नदिएजस्तो देखिन्छ ।' जो नयाँ भिजन भएको व्यक्ति छ त्यसलाई पार्टीभित्र अगाडि बढ्न दिनेभन्दा पछाडि तान्नेहरूको जमात बढी हुन्छ । युवाहरूले पार्टीभित्र अवसर पाउन तिनै 'डेटएक्सपायर' नेताहरूको चाकडी गर्नुपर्छ । कत्ति नेताले भन्ने गरेका छन्, युवासँग कुनै एक्सपेरिएन्स हुँदैन । त्यसैले केही गर्न सक्दैनन् । तर यस्तो होइन । 'युथ भन्नेबित्तिकै असक्षम भन्ने हुँदैन, उसलाई अवसर दिँदा आफू कमजोर भइन्छ भनेर मात्र बाहनाबाजी हुन्छ,' उनीहरूको मूल्यांकन छ ।
त्यसैले अब भन्ने बेला भएको छ- 'इट्स राइट टाइम टु चेन्ज पोलिटिक्स' । कसरी चेन्ज गर्ने त ? पहिलो, पोलिटिक्समा 'अनेस्टी' हुनुपर्यो । यो नेपालको राजनीतिमा धेरै दुर्लभ हो । जो इमानदार छ त्यसलाई पछि पार्ने यहाँको कल्चर नै बसिसक्यो । पार्टीले त्यस्ता व्यक्तिलाई जिउँदो हुँदा केही गर्ने अवसर दिँदैनन् मरेपछि मात्र प्रशंसाका शब्द खर्चिन्छन् ।
'जो-जो जहाँ-जहाँ जे भूमिकामा छन् तिनीहरूले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पालना गर्नुपर्छ,' कम्युटर इन्जिनियरका विद्यार्थी दिपेश भन्छन्, 'इमानदारिता भयो भने अटोमेटिक सिस्टम ठीक हुन थालिहाल्छ ।' उनका विचारमा अहिले विकसित देशको सूचीमा रहेका मुलुक कुनै न कुनै बेला नेपालजस्तै 'ट्रान्जिसन' मा थिए । आफूलाई सुधारेर नै विकसित भएकाले हाम्रोमा पनि त्यो आशा मरिसकेको छैन । खाँचो इमानदारी प्रदर्शनको मात्र छ ।
पोलिटिक्सले 'डेभलपमेन्ट' एजेन्डालाई बोकेर हिँड्नुपर्यो । पार्टी-पार्टीको राजनीतिक विचारधारा फरक भए पनि मुलुकको फाइदा हुनेमा सबैको एकमत हुनुपर्छ । एउटा पार्टीले गर्न खोजेको राम्रै काम पनि अर्कोले विरोध गरिदिन्छ । यो प्रवृत्तिको अन्त्य हुनुपर्यो । 'डेभलपमेन्टको कुरालाई सबैले आफ्नो एजेन्डा सम्झने हो भने यति धेरै समस्या हुँदै हुँदैन,' अनुभूति तर्क गर्छिन्, 'पार्टी फरक हुनेबित्तिकै राम्रोको पनि विरोध भइहाल्छ, यो नै पोलिटिक्सको कमजोरी हो, जसलाई सच्याउनुपर्छ ।' उनी नेपालमा पनि भारतका जस्ता युवा राहुल गान्धीजस्तो आवश्यक पर्ने बताउँछिन् । भन्छिन्, 'राहुलले राम्रो गरेको भन्ने होइन तर नेपालमा गिरिजाप्रसाद पनि अर्को नेता नै जन्मन सकेको छैन ।'
हाम्रोमा भइरहेको पोलिटिक्सले नियम कानुनलाई वास्ता गर्दैन । बरु नियम कानुनलाई आफ्नो हातमा लिइदिन्छ । कानुनविपरीत काम गर्नेलाई पनि राजनीतिक दल र नेताले नै संरक्षण गरेका कैयौं उदाहरण भेटिन्छन् । 'अरू देश किन विकसित भएका छन् भने त्यहाँ कानुनको राम्रो पालना हुन्छ,' बालाजुकी एन्जिलाको बुझाइ छ, 'हाम्रोमा कानुनै नभएजस्तो देखिन्छ, भएको कानुनको पनि कसैले पालना गर्दैन ।' पोलिटिक्सले 'रुल अफ ल' को सम्मान गरेको अवस्थामा अराजकता हुँदैन । अटोमेटिक मुलुक राम्रो हुन थालिहाल्छ । तर यो काम कहिलेबाट कसले सुरु गर्ने त ? 'लेट्स जोइन हेन्ड्स टुगेदर' ।
प्रकाशित मिति: २०६९ पुस २७ १०:०८

epaper
ReplyDelete