झलनाथ खनाल र केपी ओलीलाई यतिबेर केले नजिक्यायो त ? दुवै पक्षको एउटै निचोड छ, तीन वर्षको गुटबन्दीले दुवैलाई केही उपलब्धि भएन, एकले अर्कालाई समाप्त पारेर जाने अवस्था रहेन, दुबै बरु व्यक्तित्वको क्षयीकरण भयो । पार्टीको भूमिका राष्ट्रिय राजनीतिमा कमजोर बन्यो ।
- दुर्गा खनाल
काठमाडौं– पार्टीका आन्तरिक बैठकहरुभन्दा बाहिर एकै ठाउमा नदेखिने अध्यक्ष झलनाथ खनाल, माधव नेपाल र केपी ओली एउटै मञ्चमा पुग्न झुल्किन थालेका छन् । पार्टीकै कार्यक्रममा पनि एउटा नेता गएको ठाउमा अर्को नपुग्ने स्थिति थियो । अचेल एक अर्काका घरमा डिनर बैठक हुन थालेका छन् । गत आइतबार उपत्यका बिषेश समन्वय समितिको कार्यक्रममा तीन जानै शिर्ष नेता एउटै मञ्चमा पुगे । त्यहा उनीहरुको बोलिको भाषा पहिले जस्तो छेडछाडपूर्ण थिएन । सबैले एकै खालको अभिव्यक्ति दिए– ‘हामी पार्टीलाई सृदृण र एकताबद्घ बनाएर लान तया छौ कार्याकर्ताहरु पनि अब माथिदेखि तलसम्म मिलेर अघि बढ्नुहोस् ।’
तीन बर्षदेखि गुटबन्दीमा अल्झिएको एमालेभित्र यतिबेर आन्तरिक एकताको पहल भइरहेको छ । यसैको संकेत थियो उपत्यका बिषय समन्वय समितिको कार्यक्रममा सबै नेताको उपस्थिति । उनीहरुले भाषणमै पनि भने– ‘तपाईहरुले हामी सबैलाई एउटै मञ्चमा ल्याएर दिन खोजेको सन्देश हामीले बुझेका छौ त्यसकै लागि लागेका पनि छौ ।’
किन हुदैछ एकता ?
एमालेमा झण्डै तीन बर्ष अघि भएको बुटवल महाधिवेशन पछि अध्यक्ष झलनाथ खनला र केप ीओली बीच स्पष्ट गुटबन्दी सिर्जना भएको हो । महाधिवेशनमा दुबै नेताले प्यानल बनेर चुनाव लडे । त्यो प्यानलको प्रभावन अहिले सम्म कायम छ । खनाल समूहले उपाध्यक्ष बामदेव गौतमले साथ दिए । गौतमले २०५४ सालमा एमाले फुटाएर माले पार्टी बनाएका थिए । पछि उनी फेरी एमालेमै जोडिन आएका हुन् । गौतमका कारण माले पृष्ठभूमिका नेताहरुका समर्थन खनाललाई थियो । यता ओलीलाई भने बरिष्ठ नेता एवं १५ बर्ष महासचिव भइ पार्टी चलाएका माधव कुमार नेपालको समर्थन रह्यो । दुबै तर्फ उत्तिकै शक्तिशाली नेताहरुको बलमा खनाल र ओलीको गुटबन्दी झांगिएको हो ।
महाधिवेशनमा खनालको जितलाई ओली पक्षले आत्मसात गर्न सकेन । आफ्नो प्यानलबाट उठेका धेरैले चुनाव जितेकाले प्राविधिक रूपमा खनाल अध्यक्ष भए पनि पार्टी आफूहरूले चाहेअनुसार चल्नुपर्छ भन्ने मान्यता ओलीपक्षले राख्यो । यसमा वरिष्ठ नेता नेपालको समर्थनले पनि हौस्याएको थियो । उता खनाल पक्षले अध्यक्ष भएपछि आफ्नै योजनाअनुसार पार्टीलाई चलाउन खोज्यो, जसमा उपाध्यक्ष वामदेव गौतमको सहयोग रह्यो । अध्यक्ष खनालले ओली पक्षलाई समेटेर लाने प्रयास गरेनन् भने अध्यक्षले गरेका हरेक कामलाई ओली पक्षले चाहिँ शंकाका दृष्टिले हेर्यो । त्यही कारण विगत तीन वर्षमा माथिदेखि तल्लो इकाईसम्म गुटबन्दी चर्कियो । भ्रातृसंगठनहरूमा पनि खनाल र ओली पक्षबीच प्यानल बने भने कतिपय ठाउँमा अप्रिय घटनासमेत भए ।
गुटबन्दीका कारण माधव नेपाल प्रधानमन्त्री हुँदा अध्यक्ष खनालले उछितो काडे । खनाल प्रधानमन्त्री हुँदा नेपाल र ओलीले रिस फेरे । स्थिति यतिसम्म बन्यो कि एउटै पार्टी हो कि फरक भन्ने छुट्टयाउन समेत गार्हो । पार्टीमा उत्तर र दक्षिण ध्रुव जस्तो मानिने
यी दुई नेतालाई यतिबेर केले नजिक्यायो त ? दुवै पक्षको एउटै निचोड छ, तीन वर्षको गुटबन्दीले दुवैलाई केही उपलब्धि भएन, एकले अर्कालाई समाप्त पारेर जाने अवस्था रहेन, दुबै बरु व्यक्तित्वको क्षयीकरण भयो । पार्टीको भूमिका राष्ट्रिय राजनीतिमा कमजोर बन्यो । यही गल्ती मनन गर्दै बृहत्तर पार्टी एकताका लागि भन्दै उनीह एउटै मोर्चामा सामेल हुने विन्दुमा उनीहरू आइपुगेका हुन् ।
नेताले ओलीले पछिल्लो समयमा नेताहरूबीच अभूतपूर्व एकता कायम भएको बताएका छन् । ‘यसपालि हामीमा अभूतपूर्व एकता देखिएको छ । यसअघि एकता भन्ने तर फरक खालको गतिविधि गर्ने चलन थियो,’ ओलीले भनेका छन्,‘तर यसपालि चाहिँ एकता भन्ने र त्यसकै लागि काम गर्ने रुचि र प्रवृत्ति देखिएको छ । यसमा सबैको समान धारणा र सहमति छ ।’
‘अनुभवले सबैलाई एउटा पाठ सिकाएको छ, त्यसैले बृहत् एकताको आवश्यकता सबै नेताहरूले बोध गर्नुभएको हो,’ एकता अभियानमा सक्रिय खनालनिकट नेता घनश्याम भुसालले भने, ‘पार्टीलाई नयाँ उचाइ दिने मुख्य उद्देश्यमा नै नेताहरू एउटा विन्दुमा आउनु भएको हो ।’
सहमतिको आधार
दुई नेताहरुबीच एकताका लागि दुबै पक्षका केही युवा नेताहरुले पहल गरेका हुन् । उनीहरुले एकताका लागि केही सैद्घान्तिक बिषयमा सहमति जुटाएका छन् । उनीहरुले लोकतान्त्रिक अभ्यासको नाममा प्यानल खडा गरी चुनाव हुँदा गुटबन्दी बढेको निष्कर्ष निकाल्दै अब व्यक्तिगत आधारमा मात्र चुनाव लड्ने परिपाटीको थालनी गर्नेमा सहमति कायम गरेका छन् । आठौं महाधिवेशनको प्यानलले केन्द्रदेखि गाउँसम्म नै विभाजन भएपछि त्यसलाई अन्त्य गर्ने निष्कर्षमा नेताहरू पुगेका हुन् । चुनावमा प्यानल खडा नगरी एजेन्डाका आधारमा व्यक्तिगत रूपमा चुनाव लड्ने विधि तय गर्नुपर्ने विकल्पमा उनीहरू सहमत छन् । वैचारिक मतभेदहरूलाई आवश्यक छलफलमार्फत टुंगोमा पुर्याउने सहमति भएको छ । अहिलेसम्म भएका गल्ती कमजोरीलाई समीक्षा गर्दै पार्टीका नीति सिद्घान्त र निर्णयहरूका आधारमा अघि बढ्ने
लामो समयदेखि योग्यता र क्षमताका आधारमा उचित कार्यविभाजन र जिम्मेवारी बाँडफाँड नभएकाले त्यसलाई पनि सम्बोधन गर्ने सहमति पनि छ ।
नेताहरूमा बनेको छ ।
पार्टी नेताका नाममा रहेका प्रतिष्ठानहरू व्यवस्थित नभएको र गुटबन्दीका लागि प्रयोग भएकाले त्यसको अन्त्य गर्ने कुरा पनि उठेको छ । मदन भण्डारी फाउन्डेसन लगायतलाई गुटबन्दीका लागि प्रयोग भएको आरोप यसअघि पार्टीको बैठकमा पनि आएको थियो । त्यस्ता सबै प्रतिष्ठानहरूले व्यवस्थित बनाउन आवश्यक रहेको नेताहरूले महसुस गरेका छन् ।
एकतासंग स्वार्थ पनि
एकताभित्र खनाल र ओली दुवैका स्वार्थ पनि जोडिएका छन् । खनाल करिब दुई वर्ष बाँकी रहेको आफ्नो कार्यकाललाई फलदायी बनाउन चाहन्छन् । फागुमा हुन राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा आफूलाई समक्ष सावित गराउन पनि खनालका लागि यो राम्रो मौका हुनेछ । ओलीमा खनालसमेतको सहयोग लिई भावी पार्टी अध्यक्ष बन्ने आकांक्षा छ । यसबाहेक नेताहरूबीच वरीयता र वरिष्ठताको क्रम नयाँ ढंगबाट मिलाउने र ओलीलाई पार्टीको बरिष्ठ नेताको पद दिने कुरा पनि अध्यक्षबाट आएको छ । आन्तरिक विवाद मिलाउन ओलीलाई सभासद् बनाउने कुरा पनि आएको छ । सभासद् बनेर संविधान सभामा छिर्दा कुनै बेला सरकारलेको नेतृत्व गर्ने अवसर आए प्रधानमन्त्री बन्न पाइन्छ भन्ने स्वार्थ पनि ओलीको छ । तर ओलीले आफूलाई पदको कुनै स्वार्थ नरहेको भन्दै खण्डन गर्न चाहिँ छोडेका छैनन् ।
नेपाल–पोखरेल सशंकित
अध्यक्ष खनाल ओलीबीचको पछिल्लो गठजोडले बरिष्ठ नेता माधव नेपाल र महासचिव इश्वर पोखरेल भने सशंकित भएका छन् । कार्यकर्ता र केन्द्रिय समितिमा पनि बलियो पकड भएका दुई नेता एक ठाउमा आएको अवस्थामा आफूहरु कमजोर हुने भयले नेपाल र पोखरेलमा डेरा जमाएको छ । सार्वजनिक मञ्चमा त उनीहरुले एकताको कुरालाई नै जोड दिइरहेका छन् तर भित्रि बैठकहरुमा एकता भित्र आफ्नो भूमिका पनि खोजिरहका छन् । बिषेशगरी पोखरेले आफ्नो भूमिका कामजोर हुने बुझेपछि पार्टी भित्र पाँच नेताको अवधारण स्थापीत गर्नुपर्ने कुरा उठाएका छन् । पाच नेता भित्र अध्यक्ष खनाल , नेता नेपाल, ओली, उपाध्यक्ष गौतम र महासविच पोखरेल पर्छन् । उनीहरुले एकताको आधार व्यक्तिगत लेनदेन भन्दा पनि बैचारिक हुनुपर्नेमा जोड दिएका छन् । बैचारिक मतभेदकै कारण एमालेमा समस्या रहेकाले पुराना गल्ती कमजोरीको समिक्षा र अन्य विवादलाई पनि हल गरेर लादा मात्र एकतामा मजबुत हुने उनीहरुको धारणा छ ।
षड्यन्त्रको गन्ध
खनाल र ओली गुटबीचको एकता भित्र केही नेताहरुले षड्यन्त्रको गन्धको रुपमा पनि बुझेका छन् । पार्टी चलाउन गार्हो भएपनि अध्यक्ष खनाल पक्षले पदको लोभ देखाएर ओलीलाइ फसाउन खोजेका टिप्पणी पनि हुन थालेका छन् । ओली पक्षकै केन्द्रिय सदस्य कृष्ण गोपाल श्रेष्ठ लगायतका नेताहरुले पदसंग जोडेर एकता प्रायसलाई कमजोर बनाएको टिप्पणी गरिरहेका छन् । सभासद् बनाउने कुरा छोडेर अन्य सैद्घान्तिक कुरामा चाही सहमति कामय गर्नुपर्ने उनीहरुको जोड छ । ओलीले पनि आफूलाई पद नचाहिएको टिप्पणी गरिरहेका छन् ।
‘कतिपयले सभासद बन्न खोज्यो पनि भनेको पाइयो, मलाई सभासद किन चाहियो र तर यस्ता कुरा गरेर पार्टी एकताको महत्त्वलाई घटाउने काम भइरहेको छ । यसलाई गलत ढंगले चित्रण गर्ने काम भएको छ’ ओलीले भनेका छन् । खनाल पक्षका नेताहरु पनि यसलाई पदीय लेनदेनसंग जोड्न नहुने बताउछन् ।
को हुन खनाल ओली ?
खनाल र ओली दुबै एमालेका संस्थापक नेता हुन् । २०२८ सालको झापा विद्रोह देखि नै दुबै नेता एउटै पार्टीमा संलग्न छन् । खनालले दुईपटक पार्टीको नेतृत्व सम्हालिसकेका छन् भने ओली अहिले सम्म पहिलो नम्बरमा पुग्न सकेका छैनन् । खनाल २०३९ सालमा तत्कालिन महासचिव सिपी मैनाली कारवाहीमा परेपछि महासचिव भएका थिए । त्यसपछि झण्डै ८ बर्ष खनालले तत्कालिन मालेको महासचिव भएर काम गरे । माले र माक्र्सवादीको एकिकरणबाट एमाले बनेपछि चाही खनाल लामो समय गुमनाम जस्तै थिए । २०५० सालमा मदन भण्डारीको निधन भएपछि एमालेमा माधव नेपाल महासचिव भए । उनका कार्यकालभरि नै ओली पार्टी भित्र प्रतिपक्षको भूमिकामा नै रहे । संविधान सभाको चुनाव माधव नेपाल र ओली दुबै हारेपछि खनाललाई फेरी एमालेको नेतृत्व गर्ने अवसर जुट्यो । खनाल र ओलीबीच शुरु देखि नै बैचारिक मतभिन्नता थियो । पार्टीको मार्गदर्शक सिद्घात जनताको बुहदलीय जनवादकै बिषयमा पनि खनालले फरक धारणा राखेका थिए । अहिले उनीले स्वीकारेका छन् । सैद्घान्तिक रुपमा नै फरक रहेकाले उनीहरुबीच सधै मतभेद नै रह्यो । पछिल्लो समयमा खनाल प्रधानमन्त्री बन्ने बेलामा ओलीले नै पार्टीको बैठकमा प्रस्ताव गरे तर उनीहरुको सम्बन्ध भने राम्रो भएन । माओवादीलाई हेर्ने दृष्टिकोणका कारण पनि उनीहरुबीच विवाद थियो । तर आफू सरकारमा रहेका बेला माओवादीले धोका दिएपछि खनाल र ओलीको माओवादीलाई हेर्ने धारणामा समानता आएको छ ।
कसरी भएको थियो गुटबन्दी ?
आठौं महाधिवेशनबाट एमालेले मुलुकका अन्य सबै दललाई उछिनेर लोकतान्त्रिक पद्घतिअनुसार नेतृत्व चयन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयका कारण महाधिवेशनमा झलनाथ खनाल र नेता केपी ओलीबीच दुई वटा चुनावी प्यानलमा खडा भए । दुई प्यानल भिड्दा खनाल अध्यक्षमा निर्वाचित भए, नेता ओली हारे । झगडाको बीउ त्यहीँबाट सुरु भयो । महाधिवेशनबाट रोपिएको त्यही बीउ झाँगिँदै जाँदा राष्ट्रिय राजनीतिमा तीन वर्षमा एमालेको पहिचान ढुलमुले बन्यो । महाधिवेशनमा बनेको प्यानलको अस्तित्व समाप्त भएन । केन्द्रदेखि तल्लो तहसम्मै दुई नेताको पक्ष लिएर गुटबन्दी झाँगियो । चुनाव जित्ने पक्षले हार्नेलाई समेट्न खोजेन, हार्नेले अर्को पक्षको जित स्विकारेन, समस्या त्यहीँबाट सुरु भयो ।
माओवादी कि कांग्रेसूँग सहकार्य गरेर जाने भन्नेमा अध्यक्ष खनाल र नेताहरू माधव नेपाल र ओली समूहबीच मत मिलेन । खनाल पक्ष माओवादीूँग सहकार्य गरेर जाने पक्षमा रहयो भने नेपाल ओलीले कांग्रेसलाई निकट ठाने । सैद्घान्तिक रूपमै दुइटा प्रतिस्पर्धी पार्टीूँगको सम्बन्ध कस्तो राख्ने भन्ने विवादले दुईपटक सरकारको नेतृत्व गर्ने अवसर पाूँदा पनि कुनै राजनीतिक प्रभाव छो््न सकेन ।
कांग्रेससहितका दलहरूको समर्थनमा पहिलोपटक वरिष्ठ नेता माधवकुमार नेपालले सात महिना कामचलाउसहित झन्डै २२ महिना सरकार चलाए । तर नेपाल नेतृत्वको सरकार विपक्षी दलको विरोधभन्दा पनि पार्टीभित्रकै विवादका कारण टिक्न सकेन । अध्यक्ष खनालले नै सरकारको विरोध गरिदिए । उपाध्यक्ष वामदेव गौतमसहितका झन्डै ५ दर्जन नेताले नेपाल नेतृत्वको सरकारविरुद्घ हस्ताक्षर अभियान नै चलाए । नेपाल नेतृत्वको सरकारपछि अध्यक्ष खनाल माओवादीको समर्थनमा बहुमतको प्रधानमन्त्री बन्न पुगे । उनी प्रधानमन्त्री बनेपछि पार्टीभित्र नेपा–(ओली समूह पार्टीभित्रैबाट प्रमुख विपक्षीजस्तो भूमिका देखिए । नेपा–(ओलीले खनाल नेतृत्वको सरकारलाई पार्टीभित्रबाट सहयोग गरेन्् । झन्डै ६ महिनासम्म खनाल सरकारमा बसे । त्यो बेला उनले गरेरका काममाथि अनुशासनको प्रश्नसमेत उठ्यो । पार्टीको नीति निर्णयविपरीत उनले सत्ता गठबन्धन टिकाउन सम्झौतावादी बनेर पार्टीलाई बदनाम गराएको भन्दै पदबाटै हटाउनेसम्मका धम्की नेपा–(ओली पक्षबाट आयो । केन्द्रीय समितिभित्र घटनाक्रम व्यक्तिगत लाञ्छना लगाउने तहसम्म पुग्यो । चरम गुटबन्दीले पार्टी नै समाप्त हुने स्थितिमा पुगेपछि पछिल्लो तीन महिनायता शिर्ष नेताहरुले आन्तरिक एकताको घोषणा गरेका थिए । उनी पार्टी भित्रका कमजोरी सच्चाउने, पार्टीका विधि विधान अनुसार अघि बढ्ने प्रतिबद्घता सार्वजनिक गरेपछि एमालेमा नयाँ माहौल सिर्जना भएको थियो ।
सैद्घान्तिक सहमति

- गुटबन्दीमाथिदेखि तलसम्म अन्त्य गर्ने
- चुनावी प्रतिस्पर्धा व्यक्तिगत आधारमा/प्यानल खडा नगर्ने
- वैचारिक एकताका लागि छलफल चलाउने
- योग्यता/क्षमताका आधारमा जिम्मेवारी बाँडफाँड
- केपी ओलीलाई पार्टीको वरिष्ठ नेताको पद
- ओली, गौतम र बोहरालाई संविधानसभामा पठाउने
- केन्द्रीय समितिमा उचित कार्यविभाजन गर्ने
- नेताका नामका प्रतिष्ठानलाई पार्टीबाट व्यवस्थित गर्ने
- वैचारिक नजिक रहेका वामपन्थीहरू एकताको प्रयास गर्ने
No comments:
Post a Comment