Tuesday, October 13, 2015

कसरी बने ओली प्रधानमन्त्री


ओलीले उग्रवामपन्थी विचारधारा बोक्ने र निरंकुशताका पक्षधर दक्षिणपन्थी,राजतन्त्रतात्मक व्यस्थाको विरुद्धको बैचारिक लडाईमा आफ्नो राजनीतिक जीवनको धेरै लामो सयम खर्चिए । पार्टी भित्र त्यस्ता विचार बोक्ने शक्तिहरुसंगको सहकार्य गर्न खोज्नेलाई उनी तिब्र आलोचना पनि गर्थे । तर शुक्रबार  उनी उग्रवामपन्थी बैचारिक धारबाट राजनीतिमा आएको एमाओवादी र निरंकुश व्यवस्थाको पक्षपोषण गर्दै हुर्किएको राप्रपा नेपालसंगको गठजोडमा प्रधानमन्त्री बने ।

  • दुर्गा खनाल 

काठमाडौं– तिखो बोली, उखान टुक्का हाल्ने शैली, लागेको कुरा स्पष्ट भन्ने, विरोधीहरुलाई देखि नसहने । सार्वजनिक रुपमा आम मानिसबीच केपी ओलीको यस्तै छवि स्थापीत छ । पझण्डै ४९ बर्षदेखि राजनीतिमा संलग्न रहेरका उनको पार्टी भित्र वा बाहिर संधै विपक्षीको जस्तो भूमिकामा लामो सयम वित्यो । तर पछिल्लो साढे दुई बर्षमा ओलीको भूमिका बदलिएको छ । २०७० सालको संविधान सभा निर्वाचपछि क्रमश संसदीय दलको नेता, पार्टी अध्यक्ष हुदै गत शुक्रबार उनी  प्रधानमन्त्रीको रुपमा निर्वाचन भए । यसले पार्टी भित्र मात्र होइन मुलुकको समग्र राजनीतिमै प्रमुख सत्तापक्षीय नेताको रुपमा ओलीको उदय भएको छ ।
ओलीले उग्रवामपन्थी विचारधारा बोक्ने र निरंकुशताका पक्षधर दक्षिणपन्थी,राजतन्त्रतात्मक व्यस्थाको विरुद्धको बैचारिक लडाईमा आफ्नो राजनीतिक जीवनको धेरै लामो सयम खर्चिए । पार्टी भित्र त्यस्ता विचार बोक्ने शक्तिहरुसंगको सहकार्य गर्न खोज्नेलाई उनी तिब्र आलोचना पनि गर्थे । तर शुक्रबार  उनी उग्रवामपन्थी बैचारिक धारबाट राजनीतिमा आएको एमाओवादी र निरंकुश व्यवस्थाको पक्षपोषण गर्दै हुर्किएको राप्रपा नेपालसंगको गठजोडमा प्रधानमन्त्री बने । प्रधानमन्त्रीका लागि संसद भित्र बुहमत पु¥याउने सिलशिलामा उनी आफैले विरोध गर्ने दुई शक्तिलाई समेट्ने विन्दुमा पुगे । प्रधानमन्त्री चयन भए लगत्तै सपथ लिएर ओलीले आफ्नो कार्यभार सम्हाल्न थालिसकेका छन् । 
तीन पूर्व प्रधानमन्त्रीलाई हराए 
ओलीका लागि यस्तो संयोग मिल्यो कि पार्टी र सरकारको प्रमुख बन्दा उनले तीन जना पूर्वप्रधानमन्त्री भइसकेका व्यक्तिलाई हराए । सबै भन्दा पहिले उनले २०७० साल माघमा पार्टीको संसदीय दलको चुनावमा आफ्नै दलका पूर्वप्रधानमन्त्री र तत्कालिन अध्यक्ष झलनाथ खनाल विरुद्ध उम्मेद्वारी दिए  । त्यहा उनले पहिलो पटक पूर्वप्रधानमन्त्रीलाई हराएर आफू विजयी बने ।  त्यसपछि २०७१ साल असारमा पार्टीको नवौ महाधिवेशन महाधिवेशनमा पनि ओली अध्यक्षमा उठे  । त्यहा  उनका प्रतिपर्धी थिए पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल  । नेपाललाई पनि हराएर उनी पार्टी अध्यक्ष बने । गत शुक्रबार संसदमा मुुलुकको  ३८ औ प्रधानमन्त्री चयन गर्ने क्रममा पनि ओलीविरुद्ध निवर्तमान प्रधानमन्त्री सुशील कोइरालाले उम्मेद्वारी दिएका थिए । तर संसद भित्रको बुहमत जुटाएर ओलीले  निवर्तमान प्रधानमन्त्री कोइरालालाई नै पराजित गरे । 
संविधान जारी गर्ने सुत्रधार
संविधानसभाबाट संविधान जारी गर्न महत्वपूर्ण योगदान गरेकै कारण ओलीले संसदभित्रको बहुमत पाउने अवस्था बनेको हो । जुन कुरा समर्थनकर्ता दलका नेताहरूले आइतबार संसदमा बोल्ने क्रममा पनि बताएका थिए  । पछिल्लो समय कुनै हालतमा संविधानसभाबाट संविधान जारी गर्नुपर्ने पक्षमा उनी थिए । त्यसैले उनले प्रमुख दल काग्रेसस“गको सत्ता यात्रालाई जारी राख्दै एमाओवादीस“गको सम्बन्ध विस्तार गरे । जुन सम्बन्धका बलमा संविधान जारी भएपछि उनी प्रधानमन्त्री बन्ने ढोका खुल्यो । 
कुनै समय एमाओवादीका कट्टर आलोचक थिए– ओली । हिंसात्मक राजनीतिक पृष्ठभूमि भएकाले एमाओवादीलाई उनी मन पराउँदैनथे । पहिलो संविधानसभा चुनावमा एमाओवादीबाटै पराजय भोगेका थिए । गत माघ महिनासम्म पनि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग व्यक्तिगत तहको मनमुटाव थियो । तर अहिले ओलीका असल मित्र दाहाल नै बनेका छन् । उनलाई निकटबाट बुझ्नेहरू भन्छन्, ‘बाहिरबाट कडा देखिए पनि समय र परिस्थितिअनुसार आफूलाई बदल्न सक्ने खुवी उनमा छ ।’ अहिले संविधान जारी नगरे कहिल्यै पनि नहुने भन्दै मधेसमा आन्दोलन चर्किइरहदा पनि  संविधान सभा रोक्न नहुने पक्ष लिइरहे । । अघिल्लो संविधानसभामा विशेषगरी जातीय आधारमा प्रदेश निर्माणको बहस निकै चलेको थियो । जुन विषयको एकोहोरो विरोध ओलीले गरे । कुनै पनि हालतमा जातीय गन्ध आउन नहुने उनको अडानका कारण दोस्रो संविधानसभामा आइपुग्दा प्रदेशको संरचना निर्माणमै फरक परिस्थिति बन्यो । २०३३ देखि ओलीका राजनीतिक सहयात्री बनेका एमाले नेता प्रदीप नेपालका अनुसार आफूलाई लागेको कुरा स्पष्ट राख्न र अडान लिन सक्ने क्षमता उनमा छ ।
परिस्थिति अनुसार बदलिनसक्ने चुतर 
पछिल्लो समय प्रदेश विभाजनको विषयमा बहस हुँदा थोरै बनाउने भन्नेमा उनले लामो समयसम्म अडान लिए । तीन प्रदेशसम्मको प्रस्ताव उनको थियो । पछि उनले १६ बुँदे सहमतिका क्रममा ८ प्रदेश बनाउने सम्झौतामा हस्ताक्षर गरिदिए । अघिल्लो संविधानसभाको समीकरणलाई ओलीले धेरै समय विरोध गरे । तर संविधान नबनाई संविधानसभा विघटन हुने विन्दुमा भने म्याद थप्ने भूमिका उनैले खेले । प्रधानमन्त्री बन्ने क्रममा पनि उनले  सहमतिको सरकार बनाउने बिषयमा काग्रेससंग मिलेर जान खोजे तर भित्र भित्रै काग्रेसले  नमानेको खण्डमा कसरी बुहमत  पु¥याउने भन्ने खेल खेलिरहे । एमाओवादी र राप्रपा नेपालसंग  आन्तरिक सम्झौता गरेर भए पनि उनले प्रधानमन्त्री हुने अवसर लाई गुमाउन खोजेनन् ।  त्यसैले अडान मात्र राख्ने होइन परिस्थिति बदलिएको अवस्थामा त्यसअनुसार आफूलाई ढाल्न सक्ने चतुरता पनि ओलीमा देखिन्छ । झापा आन्दोलनमा लागेका उनका सहयात्री राधाकृष्ण मैनालीका अनुसार सानै देखि ओली परिस्थिति अनुसार आफूलाई  ढाल्न सक्ने नेता हुन् ।

शासकीय सत्तामा ओली

कुनै समय एमाओवादीका कट्टर आलोचक थिए– ओली । हिंसात्मक राजनीतिक पृष्ठभूमि भएकाले एमाओवादीलाई उनी मन पराउँदैनथे । पहिलो संविधानसभा चुनावमा एमाओवादीबाटै पराजय भोगेका थिए । गत माघ महिनासम्म पनि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग व्यक्तिगत तहको मनमुटाव थियो । तर अहिले ओलीका असल मित्र दाहाल नै बनेका छन् ।


आश्विन २५, २०७२- ४९ वर्षे राजनीतिक यात्रा पार गर्दै एमाले अध्यक्ष केपी ओली आइतबार मुलुकको सबैभन्दा शक्तिशाली कार्यकारी पदमा पुगेका छन् । नवौं महाधिवेशनबाट अध्यक्ष भई ‘पार्टी सत्ता’ को नेतृत्व लिएको एक वर्षमै उनलाई ‘शासकीय सत्ता’ को प्रमुख पद हात लागेको हो ।
पार्टी भित्र संसदीय दलको नेता र अध्यक्ष पदमा आकांक्षी बन्दा पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल र माधव नेपाल उनका प्रतिस्पर्धी थिए । दुवैमा उनी विजयी भए । त्यही इतिहास आइतबार संसदबाट प्रधानमन्त्री चयन हँुदा पनि ओलीले दोहोर्‍याए । निवर्तमान प्रधानमन्त्री सुशील कोइरालालाई झन्डै ५८ प्रतिशत मत ल्याएर पराजित गरे ।
संविधानसभाबाट संविधान जारी गर्न महत्त्वपूर्ण योगदान गरेकै कारण ओलीले संसदभित्रको बहुमत पाउने अवस्था बनेको हो । जुन कुरा समर्थनकर्ता दलका नेताहरूले आइतबार संसदमा बोल्ने क्रममा पनि बताए । पछिल्लो समय कुनै हालतमा संविधानसभाबाट संविधान जारी गर्नुपर्ने पक्षमा उनी थिए । त्यसैले उनले प्रमुख दल काग्रेससँगको सत्ता यात्रालाई जारी राख्दै एमाओवादीसँगको सम्बन्ध विस्तार गरे । जुन सम्बन्धका बलमा संविधान जारी भएपछि उनी प्रधानमन्त्री बन्ने ढोका खुल्यो ।
कुनै समय एमाओवादीका कट्टर आलोचक थिए– ओली । हिंसात्मक राजनीतिक पृष्ठभूमि भएकाले एमाओवादीलाई उनी मन पराउँदैनथे । पहिलो संविधानसभा चुनावमा एमाओवादीबाटै पराजय भोगेका थिए । गत माघ महिनासम्म पनि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग व्यक्तिगत तहको मनमुटाव थियो । तर अहिले ओलीका असल मित्र दाहाल नै बनेका छन् । उनलाई निकटबाट बुझ्नेहरू भन्छन्, ‘बाहिरबाट कडा देखिए पनि समय र परिस्थितिअनुसार आफूलाई बदल्न सक्ने खुवी उनमा छ ।’
२०३३ देखि ओलीको राजनीतिक सहयात्री बनेका एमाले नेता प्रदीप नेपालका अनुसार आफूलाई लागेको कुरा स्पष्ट राख्न र अडान लिन सक्ने क्षमता उनमा छ । अघिल्लो संविधानसभामा विशेषगरी जातीय आधारमा प्रदेश निर्माणको बहस निकै चलेको थियो । जुन विषयको एकोहोरो विरोध ओलीले गरे । कुनै पनि हालतमा जातीय गन्ध आउन नहुने उनको अडानका कारण दोस्रो संविधानसभामा आइपुग्दा प्रदेशको संरचना निर्माणमै फरक परिस्थिति बन्यो ।
पछिल्लो समय प्रदेश विभाजनको विषयमा बहस हुँदा थोरै बनाउने भन्नेमा उनले लामो समयसम्म अडान लिए । तीन प्रदेशसम्मको प्रस्ताव उनको थियो । पछि उनले १६ बुँदे सहमतिका क्रममा ८ प्रदेश बनाउने सम्झौतामा हस्ताक्षर गरिदिए । अघिल्लो संविधानसभाको समीकरणलाई ओलीले धेरै समय विरोध गरे । तर संविधान नबनाई संविधानसभा विघटन हुने विन्दुमा भने म्याद थप्ने भूमिका उनैले खेले । त्यसैले अडान मात्र राख्ने होइन परिस्थिति बदलिएको अवस्थामा त्यसअनुसार आफूलाई ढाल्न सक्ने चतुरता पनि ओलीमा छ ।
ओलीको सबैभन्दा ठूलो शक्ति भनेको बोली हो । तिखो र उखान टुक्का जोडेर बोल्ने उनको शैली समकालीन राजनीतिका अन्य नेताको भन्दा फरक छ । ‘तर यही प्याचप्याची बोल्ने शैलीका कारण ओलीलाई कहिले माथि उठाउने र कहिले तल झार्ने पनि गर्छ,’ झापा आन्दोलनका उनका सहयात्री राधाकृष्ण मैनालीले भने, ‘जे विषयमा पनि तर्क र संवाद गर्न सक्नुहुन्छ । जति अप्ठेरो पर्दा पनि हडबडाउनुहुन्न, इच्छाशक्ति ठूलो छ ।’ जुनसुकै विषयमा पनि कडा प्रहार र छिटो प्रतिक्रिया दिने शैलीका कारण उनी धेरै पटक आलोचना र विवादमा पर्ने गरेका छन् । पछिल्लो समयमा मधेस आन्दोलनका क्रममा उनले गरेको टिप्पणीहरू कतिपयले पचाएका छैनन् । त्यसैलाई लिएर ओलीप्रति प्रहार गर्ने गरेका छन् ।

Wednesday, September 30, 2015

भोको पेटमा ‘राष्ट्रवाद’


  • अब दुई चार दिनमा हाम्रो  चुलो बल्ल छोड्छ । सडकमा देखिइरहेका केही सवारी साधन पनि ठप्प हुनसक्छन् । अनि भोको पेटमा  ‘राष्ट्रवाद’को नारा कति दिन चकाईरहन सक्छौ ?
  • हो, भारतीय शैलीको निन्दा गराौं, भत्सर्ना गरौं । उसका अन्तराष्ट्रिय मुल्य मान्यता विपरितका गतिविधिहरुलाई रोक्न चुनौती दिऔं । त्यसका लागि अन्तराष्ट्रिय मञ्चहरुमा हाम्रा कुरा पुर्‍याउनका लागि सबैले पहल गरौ । कुटनीतिक प्रयासहरु जारी राखौं ।तर, भारतलाई घुँडा टेकाउने नाममा अहिलेको संकटलाई झन् लम्ब्याउने र आम नागरिकका दैनिक जीवन कष्टकर हुने अवस्थालाई सहयोग गर्ने उग्र चिन्तनले चाहिँ धेरै फाइदा नगर्ला कि 

दुर्गा खनाल, काठमाडौं
आश्विन १३, २०७२- ‘बरु हामी भोकै बस्न तयार छौं तर भारतसँग झुक्नु हुँदैन’ राजधानीका केही ठाउँमा स्थानीय नागरिकहरुले यस्तै आशय झल्किने नारासहितका ब्यानरहरु टाँग्न थालेका छन् । सामाजिक सञ्जाल र सञ्चार माध्यमहरु ‘राष्ट्रवादी’ विचार र टिप्पणीले रंगिएका छन् । नेपाली जनताका प्रतिनिधिले जारी गरेको संविधानप्रति असहमति जनाउँदै भारतले अघोषित नाकाबन्दी गरेपछि स्वाभिमानी नेपालीहरुको रगत फेरि तातेको छ । एउटा सार्वभौम देशको संविधानबन्दा लोकतन्त्रको मसिहा ठान्ने देशले  नाकाबन्दीसम्मको हर्कतमा उत्रिँदा कुनै पनि पनि स्वाभिमानी चुप लागेर बस्दैनन् । त्यसैले राष्ट्रको स्वाभिमानका लागि भइरहेका गतिविधिहरु स्वभाविक छन् । 

तर, राष्ट्रवादका नारा लगाइरहँदा आफ्नो धरातल के छ ? यसतर्फ पनि हामी केही सोचविचार गरौं । नाकाबन्दीका कारण मुलुकको आपूर्ति व्यवस्था तहसनहस हुन थालेको छ । अब दुई चार दिनमा हाम्रो  चुलो बल्ल छोड्छ । सडकमा देखिइरहेका केही सवारी साधन पनि ठप्प हुनसक्छन् । अनि भोको पेटमा  ‘राष्ट्रवाद’को नारा कति दिन चकाईरहन सक्छौ ?
हामी कतिपयले भारतलाई जसरी पनि घुँडा टेकाउनै पर्छ भन्दै राजनीतिक नेतृत्वलाई ढाडस दिने गरेका छौं । कतिपय नेताहरुले त्यसअनुसारका चर्का अभिव्यक्ति र जनमतअनुसारको व्यवहार पनि प्रर्दशन गरेका छन् । हो, भारतीय शैलीको निन्दा गराौं, भत्सर्ना गरौं । उसका अन्तराष्ट्रिय मुल्य मान्यता विपरितका गतिविधिहरुलाई रोक्न चुनौती दिऔं । त्यसका लागि अन्तराष्ट्रिय मञ्चहरुमा हाम्रा कुरा पुर्‍याउनका लागि सबैले पहल गरौ । कुटनीतिक प्रयासहरु जारी राखौं ।

टिप्पणी /ओलीको सिंहदरबार यात्रा : अनुकुलता र प्रतिकुलता



दुर्गा खनाल, काठमाडौं
आश्विन ११, २०७२- संविधान सभाबाट संविधान जारी भएपछि रुपान्तरित संसदको पहिलो अधिवेशन आउँदो शुक्रबारबाट सुरु हुँदैछ । संविधान अनुसार सात दिनभित्र प्रधानमन्त्री चयन गर्नुपर्ने व्यवस्था छ । अधिवेशन सुरु हुनेबित्तिकै संसदको प्रमुख कार्ययूची नै प्रधानमन्त्री चयनमा केन्द्रित हुनेछ । त्यसैले राजनीतिक वृत्तभित्र प्रधानमन्त्री चयनका सरगर्मी बढेको छ । यसको केन्द्रमा खडा भएका छन्– एमाले अध्यक्ष केपी ओली ।
संविधान जारी गर्दाको प्रमुख तीन दलीय गठबन्धनमा दरार उत्पन्न भएन भने असोजको अन्तिम साता ओलीको सिंहदरबार यात्रा सुरु हुनसक्छ । पछिल्लो दिनमा उनले कुटनीति र सरोकारवाला विभिन्न समूदायसँगको भेटघाटलाई तीव्रता दिएका छन् । ती भेटघाटमा उठ्ने गरेका बिषयवस्तु हेर्दा ओलीले कार्यकारी भूमिकाको तयारी गरेजस्तो देखिन्छ ।
जस्तो उनले आइतबार उद्योगी–व्यावसायीहरुसँग राजधानीको याक एण्ड यति होलटमा भेटघाट गरे । त्यहाँ उनले संविधानका बिशेषतादेखि हाल चलिरहेको मधेस आन्दोलन र भारतीय अघोषित नाकाबन्दीसम्मको कुरा गरे । तर सँगसँगै उनले उद्योगी व्यावसायीसँग तत्काल गर्नुपर्ने, पाँच बर्ष र १० बर्ष भित्र गर्नुपर्ने कामबारे सुझाव दिन अनुरोध गरे । राज्यसंरचनामा नीतिगत के सुधार गर्नुपर्छ त्यसमा पनि उद्योगी व्यावसायीसँग सुझाव मागे ।
शनिबार उनले राजधानीमा पत्रकारहरुसँग छलफल गरे । त्यहाँ उनले संविधानसहित भावी दिशाबारे नै कुरा उठाए । उनले दिनहुँ कुटनीतिक नियोगका कुनै न कुनै प्रतिनिधि र राजदुतसँग भेट गरिरहेका छन् । त्यसबाहेक आफ्नै पार्टी भित्र नेता माधव नेपाललगायतको समूहलाई पनि अविश्वास र असझदारीहरु हटाउनका लागि जिम्मेवारी नै दिएर परिचालन गरिरहेका छन् । संविधानको पहिलो मस्यौदा आएपछि उनले चीनमा महासचिव इश्वर पोखरेल र भारतमा सचिव प्रदीप ज्ञवालीलाई दूतको रुपमा पठाउनुको पछाडि पनि ओली अब कार्यकारी भूमिकामा उक्लदै छन् भन्ने सन्देश दिनु पनि थियो ।
अनुकुलता
सिंहदरबार यात्राका लागि ओलीका लागि अहिले प्रतिकुलताभन्दा अनुकुलता धेरै देखिन्छन् । त्यसैले पनि उनको यात्रामा ठेस नलाग्ने बिश्लेषण धेरैको छ । प्रधानमन्त्री बन्ने सबैभन्दा ठूलो शक्ति नै संसदभित्रको गणित हो । यो गणितमा ओलीको स्थिति बलियो देखिन्छ । किनकि संविधान जारी गर्दाको तीन दलीय गठबन्धन अहिलेसम्म एक ढिक्का छ । संविधान जारी गर्नका लागि लिएको अडानका कारण संसद भित्रका अन्य साना दलहरु पनि ओलीको विपक्षमा देखिदैनन् ।

Friday, July 17, 2015

अस्थिरता निम्त्याउने खतरा

 मस्यौदा–मन्थन : निर्वाचन प्रणाली

समाुनपातिक प्रणालीमार्फत विभिन्न समुदायको प्रतिनिधित्व हुने कल्पना गरिएको छ। तर ती समू्हभित्रका पनि वास्तविक पछि परेका जाति, समूहहरूको प्रतिनिधित्वको सुनिश्चितताचाहिँ यो निर्वाचन प्रणालीभित्र छैन। समानुपातिक समावेशिका नाममा टाठाबाठा र तोकिएका निश्चित जाति, समूहभित्रकै उपल्लो वर्गका व्यक्तिले नै बढी लाभ लिने खतरा अब पनि रहिरहनेछ।
 
‘थ्रेसहोल्ड’ विनाको मिश्रित निर्वाचन प्रणालीअनुसार कुनै दलले संसदमा एकल बहुमत ल्याउने सम्भावना निकै कम हुन्छ। यो वास्तविकतालाई संविधानसभाका दुइटा चुनावी अभ्यासले पनि प्रस्ट पारिसकेको छ। बहुमतको सम्भावना कम भएपछि संसदभित्र गठबन्धन संस्कृति मौलाउनेछ। गठबन्धन संस्कृति राम्ररी चल्यो भनेमात्र सरकारको स्थिरता हुन्छ। नत्र फेरि पनि सरकार अस्थिर हुने सम्भावना नयांँ संविधानले रोक्न सक्ने छैन।
  • दुर्गा खनाल


संविधानका चारवटा मुख्य विवादित विषयमा सहमति हुन नसक्दा झन्डै ६ वर्ष प्रमुख राजनीतिक दलहरू अल्झिए। शासकीय स्वरुप, संघीयता, न्यायप्रणालीसँंगै अर्को प्रमुख विवादको विषय थियो– निर्वाचन प्रणाली। गत जेठ २५ मा भएको १६ बुँदे सहमतिले अन्य विषयसंँगै निर्वाचन प्रणालीमा रहेको विवादलाई पनि समाधान गर्‍यो। त्यही सहमतिको जगमा संविधानको प्रारम्भिक मस्यौदा सविधानसभाले पारित गरेर यसै साता छलफलका लागि सर्वसाधारण समक्ष लैजान राजपत्रमा समेत प्रकाशित गरिसकेको छ।
मस्यौदा अनुसार अब मुलुकको शासकीय संरचनामा प्रतिनिधित्वका लागि ‘पहिलो हुनेले जित्ने’, समानुपातिक र निर्वाचक मण्डलबाट चयन हुने समेतको प्रावधानलाई समेटेर मिश्रित निर्वाचन प्रणाली अपनाइनेछ।
संघीय संसदको प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक पद्धतिबाट सदस्य चयन हुनेछन्। स्थानीय निकायमा वडा अध्यक्षबाहेक अन्य सबै पदाधिकारी प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन हुनेछन्। स्थानीय निकायमा समानुपातिक निर्वाचन प्रणाली हुने छैन। संघीय संसद अन्तर्गतको राष्ट्रियसभामा प्रदेशसभाका सदस्य र स्थानीय निकायका प्रमुखहरूको निर्वाचक मण्डलमार्फत चयन गर्ने प्रावधान मस्यौदामा प्रस्तावित छ।
संघीय संसद दुई सदनात्मक बनाउने सहमति लगत्तै संविधानसभामा दलहरूबीच ती सदन गठन कुन निर्वाचन पद्धति अन्तर्गत गर्ने भन्नेमा निकै रस्साकस्सी चलेको थियो। प्रतिनिधिसभालाई प्रत्यक्ष र राष्ट्रियसभामा समानुपातिक पद्धति अपनाउने भन्ने विकल्पलाई लिएर दलहरूबीच निकै लामो बहस पनि भयो। अन्तत: प्रतिनिधिसभा नै मिश्रित निर्वाचन प्रणाली अन्तर्गत गठन गर्ने र राष्ट्रियसभा चाहिँ प्रादेशिक सांसद र स्थानीय निकायका प्रमुखहरूको निर्वाचक मण्डलबाट चयन गर्ने सहमति भयो।
‘राज्यको नीति नियम बनाउने ठाउँ भएकाले त्यहाँ सबैको प्रतिनिधित्व हुन जरुरी छ भन्ने आधारमा हामीले समानुपातिक सहितको मिश्रित निर्वाचन प्रणालीलाई छोड्न सकेनौं, संविधान मस्यौदा समितिका सदस्यसमेत रहेका एमाले सभासद प्रकाश ज्वालाले भने, ‘कुनै दलले मात्र भनेजस्तो प्रणाली अपनाउन सकिने अवस्था रहेन।’
‘जम्बो’ संसद्
पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा समेत धेरै आलोच्य बनेको विषय थियो– ६०१ को ‘जम्बो’ सभा। त्यसैले नयाँ संविधानमा व्यवस्थापिकाको आकार सानो बनाउनुपर्ने आवाज तीव्र थियो। तर संविधानको प्रारम्भिक मस्यौदाअनुसार अब संविधानसभामा भन्दा धेरै सांसदहरू मुलुकमा हुनेछन्। संघीय र प्रादेशिक सांसदको कुल संख्या ८ सय ७० हुनेछ। संघीय संसद ३ सय २० र ८ प्रदेशमा प्रादेशिक सांसद ५ सय ५० जना हुनेछन्। संघीय संसदको प्रतिनिधिसभामा १ सय ६५ प्रत्यक्ष र १ सय १० समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीबाट चयन हुनेछन्। राष्ट्रियसभामा ४० जना प्रदेशसभा र स्थानीय निकायको निर्वाचक मण्डलबाट चयन हुनेछन् भने ५ जना मन्त्रिपरिषदबाट मनोनीत हुनेछन्।
प्रादेशिक संसदमा प्रतिनिधिसभाको एक सदस्य बराबर दुईजना हुनेगरी प्रत्यक्षबाट ३ सय ३० जना चयन हुनेछन्। समानुपातिकबाट २ सय २० छानिनेछन्। प्रदेशसभामा सुरुमा प्रत्यक्ष निर्वाचन प्रणालीमात्र अपनाउने तयारी थियो। तर केही दलले त्यहाँ पनि समानुपातिक प्रणाली अपनाउनुपर्ने अड्डी कसेपछि प्रदेशसभाको संख्या बढेको हो।
यस अघि मस्यौदा समिति अन्तर्गतको कार्यदलले प्रदेशसभामा २१ देखि ४५ सदस्य हुने व्यवस्था प्रस्तावित गरेको थियो। तर पछि दलहरूले संघीय संसदको एक निर्वाचन क्षेत्रलाई प्रदेशसभाको दुई निर्वाचन क्षेत्र बनाउने सिद्धान्तअनुसार उक्त व्यवस्था परिमार्जन गरे। यो प्रावधान अनुसार प्रतिनिधिसभाको सिट संख्या धेरै हुने प्रदेशमा प्रदेशसभाको सिट पनि बढी हुनेछ।
‘संसदको संख्या धेरै भएको छ, यति धेरै चाहिने थिएन, सकेसम्म अझै घटाउनुपछर्,’ कांग्रेस सभासद अर्जुनरसिंह केसीले भने, ‘परिस्थितिको बाध्यताले गर्दा संसदको आकार ठूलो बनेको हो।’ सांसदहरूको संख्या धेरै हुने बित्तिकै त्यसले राज्यस्रोतमा पनि ठूलो आर्थिक भार थप्छ। त्यत्तिमात्र होइन, संसदभित्रको व्यवस्थापन पनि जटिल हुने गरेको अनुभव दुई संविधानसभाको ‘जम्बो’ सभाबाटै देखिएको छ। ‘जम्बो संसद हामीलाई धान्न गार्‍हो हुन्छ, धेरै सिटमा चुनाव गराउँदा त्यसले पनि खर्च बढ्छ’, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले भने।
महिला मात्र सुनिश्चित
मस्यौदा अनुसार अब संघीय र प्रादेशिक संसदमा महिलाको कम्तीमा ३३ प्रतिशत उपस्थिति सुनिश्चित हुने भएको छ। यस अघि उम्मेदवारीमा मात्र ३३ प्रतिशत हुनुपर्ने व्यवस्था थियो। अब परिणाममै ३३ प्रतिशत पुग्नेगरी संवैधानिक सुनिश्चितता गर्न लागिएको छ। ‘संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनु पर्नेछ’, मस्यौदामा उल्लेख छ। यही प्रावधान प्रदेशसभाको हकमा पनि लागू हुनेछ। प्रत्यक्ष निर्वाचनबाट ३३ प्रतिशत महिला निर्वाचित नभएमा समानुपातिकतर्फको सिटबाट भए पनि ३३ प्रतिशत अनिवार्य पुर्‍याउनुपर्ने प्रावधान राखिएको छ।
अन्य समावेशी समूहको भने उम्मेदवारीमा मात्र प्रतिनिधित्व सुनिश्चित छ। महिलाको जस्तो परिणाममा सुनिश्चितता छैन। समावेशी समूहहरू अब बढ्नेछन्। यस अघि मधेसी, उत्पीडित जाति/आदिवासी जनजाति, दलित, पिछडिएको क्षेत्र, खसआर्य तथा अन्य गरी पाँचवटा समूहमात्र थिए। समानुपातिकतर्फ उम्मेदवारी दिँदा ५० प्रतिशत महिला हुनेगरी पाँचवटा समूहको बन्दसूची बुझाउनुपर्ने प्रावधान थियो। तर अब संविधानमा समावेशी समूह नै बढाएर १० वटा पुर्‍याइने भएको छ। महिला, दलित, आदिवासी, खसआर्य, आदिवासी/जनजाति, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र र अल्पसंख्यक गरी १० वटा समूह हुनेछन्। समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि राजनीतिक दलले उम्मेदवारी दिँंदा भूगोल, जनसंख्या र प्रादेशिक सन्तुलनको आधारमा यी १० समूहको प्रतिनिधित्व गराउनु पर्नेछ। उम्मेदवारीमा प्रतिनिधित्व भए पनि महिलाबाहेक अन्य समूहको जनसंख्याको अनुपात अनुसारको त्यति नै प्रतिशत प्रतिनिधित्व भने सुनिश्चित हुने छैन।
समावेशी समूहको संख्या बढाउँदा त्यसले दलहरूले प्राप्त गरेका मतअनुसार सिट विभाजनमा पनि जटिलता आउने पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलको दाबी छ। ‘पहिले ३ सय ३५ सिट पाँच समूहमा भाग लगाउँदा हिसाब निकाल्न सजिलो थियो, तर अब १० वटा समूहलाई १ सय १० सिट भाग लगाउन निकै जटिल हुन्छ, समानुपातिक सिट विभाजन गर्ने गणतीय सूत्रअनुसार हिसाबै निकाल्न सकिँदैन’, पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको दाबी छ, ‘यति धेरै समूह विभाजन नगरी जसलाई प्रतिनिधित्व चाहिएको हो, त्यसका लागिमात्र प्रावधान राख्नु राम्रो हुन्छ।’ (हेर्नुस् लेख) ।
समाुनपातिक प्रणालीमार्फत विभिन्न समुदायको प्रतिनिधित्व हुने कल्पना गरिएको छ। तर ती समू्हभित्रका पनि वास्तविक पछि परेका जाति, समूहहरूको प्रतिनिधित्वको सुनिश्चितताचाहिँ यो निर्वाचन प्रणालीभित्र छैन। समानुपातिक समावेशिका नाममा टाठाबाठा र तोकिएका निश्चित जाति, समूहभित्रकै उपल्लो वर्गका व्यक्तिले नै बढी लाभ लिने खतरा अब पनि रहिरहनेछ।
‘समानुपातिकको नाममा सम्बन्धित समुदायका उपल्लो वर्गकै प्रतिनिधित्व हुने सम्भावना बढी छ। उनीहरूलाई रोक्ने पद्धतिचाहिँ यो निर्वाचन प्रणालीभित्र राख्न सकिएको छैन’, संविधान मस्यौदा कार्यदलका सदस्यसमेत रहेका एमाओवादी सभासद रामनारायण विडारीले भने, ‘गरिब, श्रमिक वर्ग पनि आउन सक्ने सुनिश्चितता छैन।’
वडाध्यक्षको अप्रत्यक्ष चुनाव
जनतासंँग प्रत्यक्ष सरोकार राख्ने तल्लो राज्य संरचना भनेको स्थानीय निकाय हो। तर गाउँपालिका र नगरपालिकाका वडा प्रमुखहरूको चयन भने अप्रत्यक्ष निर्वाचन प्रणालीबाट हुने भएको छ। प्रदेश र केन्द्रमा मिश्रित निर्वाचन प्रणाली भए पनि सबैभन्दा तल्लो इकाइ वडाको प्रमुखचाहिँ अप्रत्यक्ष चयन गर्ने ‘अमिल्दो ’प्रावधान मस्यौदामा छ।
मस्यौदा अनुसार गाउँसभाका लागि प्रत्येक वडाबाट कम्तीमा दुई महिलासहित ५/५ जनाका दरले गाउँसभा निर्वाचित हुनेछन्। सभाका लागि निर्वाचित सदस्यहरूले प्रत्येक वडाबाट एक जनाको प्रतिनिधित्व हुनेगरी कार्यकारी सदस्यहरूको चयन गर्ने र कार्यकारीमा चुनिएको व्यक्ति सम्बन्धित वडाको पदेन अध्यक्ष हुने व्यवस्था प्रस्ताव छ। यो प्रावधान अमिल्दो खालको भएको टिप्पणी नेताहरूकै छ। ‘सबैभन्दा तल्लो इकाइमा अप्रत्यक्ष शैलीबाट नेतृत्व चयन गर्ने कुरा ठीक छैन, छलफलबाट यसलाई सुधार्नुपर्छ’, मस्यौदा समितिका सदस्य प्रकाश ज्वालाले भने, ‘विभिन्न विषयमा छलफल हुँदै त्यो विषय मस्यौदामा पर्‍यो, तर अहिले विचार गर्दा उपयुक्त नहोला जस्तो छ।’ यो पद्धति पञ्चायतकालको गाउँफर्क अभियानपछिको अभ्याससंँग मिल्दोजुल्दो रहेको टिप्पणी हुनथालेको छ। अहिलेसम्मका स्थानीय निकाय निर्वाचनमा वडा अध्यक्षहरू प्रत्यक्ष निर्वाचन प्रणालीबाटै चयन गर्ने व्यवस्था थियो।
‘थ्रेसहोल्ड’ नहुँदा साना दलको जगजगी
प्रस्तावित निर्वाचन प्रणाली साना दलहरूका लागि भने उर्वर हुनेछ। सिट प्राप्त गर्नका लागि चाहिने न्युनतम मत प्रतिशत (‘थ्रेसहोल्ड’) को प्रावधान राखिएको छैन। यो प्रावधान नहुने बित्तिकै संघीय र प्रादेशिक दुबै सदनमा १/२ सिट ल्याउने खालका स–साना दलहरू प्रशस्तै जन्मिन सक्छन्। प्रत्यक्षमा नजिते पनि समानुपातिकतर्फको मतले सिट प्राप्त गर्ने सम्भावना रहन्छ।
साना दलहरूको विरोधकै कारण ‘थ्रेसहोल्ड’को प्रावधान संविधानको मस्यौदामा नराखिएको हो। ‘साना दलहरूसंँग पनि मिल्नुपर्ने भएकाले ‘थ्रेसहोल्ड’को व्यवस्था मस्यौदामा नआएको हो’, एमाओवादी सभासद रामनारायण विडारीले भने, ‘प्रतिनिधित्व र संसदको राम्रो कामका लागि पनि थ्रेसहोल्ड आवश्यकचाहिँ छ।’
पहिलो संविधानसभामा ‘थ्रेसहोल्ड’ नहुँदा एक सिटमात्र ल्याउने ६ वटासहित ३५ दल थिए। त्यसैले दोस्रो संविधानसभा निर्वाचनअघि ‘थ्रेसहोल्ड’ राख्नुपर्नेमा निर्वाचन आयोगसमेतले जोड गरेको थियो। तर दलहरूबीच सहमति भएन, पुरानै पद्धतिअनुसार निर्वाचन हुँदा ३२ दल संविधानसभामा पुगे। संविधान जारी गर्ने सवालमा धेरैको प्रतिनिधित्व गराउन त्यसबेला ठिकै भए पनि अब संसदमा भने प्रतिनिधित्वका लागि सीमा निर्धारण गर्नु उपयुक्त हुने विज्ञहरूको राय छ।
‘यदि थ्रेसहोल्डको प्रावधान नराख्ने हो भने धेरै दल संसदमा पुग्छन्। धेरै दल हुने बित्तिकै त्यसको व्यवस्थापन गार्‍हो हुन्छ’, संविधानविद् डा. विपिन अधिकारीले भने, ‘थ्रेसहोल्डको प्रावधान उदार बनेन भने सरकारसमेत अस्थिर हुने सम्भावना रहन्छ।’ संविधानसभाका दुइटा कार्यकालमा साना दलका कारण कतिपटक संविधानसभा/संसदका बैठकसमेत अवरुद्ध भए। सरकार परिवर्तनका खेलमा ती दलहरू निर्णायक बने। साना दलहरू हँुदा सबैको प्रतिनिधित्व गराउनेभन्दा पनि बढी ‘डिस्टर्ब’ गर्ने र गैरजिम्मेवार खालका व्यक्ति पनि संसदमा पुग्ने अवस्था रहने सभासद विडारीको अनुभव छ।

Wednesday, June 17, 2015

अशोक राईको ओरालो बाटो

 यादव एमाले पृष्ठभूमिमा रहँदा राईका कार्यकर्ता थिए । तर, अहिले यादवलाई मुख्य नेता मान्ने बाध्यतामा पुगेका छन् राई । वर्गीय राजनीति छाडेर जातीय मोह जाग्दा प्रभावशाली भूमिकाबाट खुम्चिँदै उनी यो हालतमा आइपुगेका छन् ।
काठमाडौ, असार १ - तीन वर्षअघि एमालेका प्रभावशाली उपाध्यक्ष थिए अशोक राई । एमालेभित्र राम्रै हालीमुहाली थियो उनको । नम्र र भद्र नेतामा गनिने उनी महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर उपाध्यक्ष बनेका थिए । तर, पहिचानको राजनीतिको पारो चढिरहेका बेला उनले एमाले छाडे । संघीय समाजवादी पार्टी गठन गरेर अध्यक्ष भए । त्यो पार्टी बनाउँदा उनले नयाँ शक्ति निर्माणको उद्घोष गरेका थिए ।
डेढ वर्षअघि दोस्रो संविधानसभाको निर्वाचनबाट उनको दल ५ सिटमा खुम्चियो । अन्ततः उनी सोमबारदेखि उपेन्द्र यादव नेतृत्वको १० सिटको फोरम नेपालसँग मिल्न पुगे । उनी पदीय रूपमा एकीकृत पार्टीभित्र दोस्रो वरीयतामा बसेका छन् । संसदीय दलको नेता दिने भनिएको छ । तर, पार्टी एकीकरण घोषणासभामा त्यसबारे खुलाइएन । नयाँ नामकरण भएको संघीय समाजवादी फोरमको वरिष्ठ नेता मात्र पाएका छन् उनले । यादव एमाले पृष्ठभूमिमा रहँदा राईका कार्यकर्ता थिए । तर, अहिले यादवलाई मुख्य नेता मान्ने बाध्यतामा पुगेका छन् राई ।
एमालेबाट बाहिरिने क्रममा उनले जुन अपेक्षा गरेका थिए, त्यसअनुसारको परिणाम संविधानसभा निर्वाचनबाट आएन । पार्टीभित्र पनि उनका खम्बा मानिने विजय सुब्बा एमालेमै फर्किए । मधेसका नेता मानिने गोपाल ठाकुरलगायत पनि राईसँग असन्तुष्ट हुँदै पार्टी छाडेर हिँडे । यी घटनाक्रमले कमजोर भएपछि यादवसँगको एकताले शक्ति विस्तार गर्न सक्ने ठानेर राईले नै एकीकरणमा जोडबल गरेका हुन् ।  
'राईजी कुशल संगठक हुन्, माले र एमाले निर्माणमा उहाँको ठूलो भूमिका थियो । तर समय बदलिएको छ,' उनीसँग एमालेमा काम गरेका विश्लेषक हरि रोकाले भने, 'पुरानै ढंगले खटिएर काम गरे शक्ति आर्जन गर्न पनि सक्नुहुन्छ ।'
संघीय समाजवादीले गति लिन नसकेपछि नयाँ अस्तित्वको खोजीमा थिए राई । 'अस्तित्व खोजीकै अन्तिम प्रयास स्वरूप यादवको पार्टीमा एकीकरण गर्न जानुभएको हो,' भूमिगतकालदेखि सँगै काम गरेका उनका सहपाठी एमाले नेता युवराज कार्कीले भने, 'एमालेमै बसिरहेको भए उहाँको राम्रै भूमिका हुन्थ्यो । तर, जातीय राजनीतिको उल्टो दिशा हिँडदा यो अवस्थामा पुग्नुभयो ।'
एमालेभित्रको राजनीतिक खिचातानीमा जनजाति पृष्ठभूमिका कारण उनले लाभ लिन सक्ने अवस्थ्ाा थियो । राजनीतिक इतिहास भएका, पार्टी निर्माणमा भूमिगतकालदेखि नै त्याग गरेकाले उनले राजनीतिक फाइदा लिने ठाउँ एमालेमा निकै हुने थिए । तर, पार्टीले पहिचानको मुद्दा छाडेको आरोप लगाउँदै उनी बाहिरिए । उनको समूहमा लागेका पृथ्वी सुब्बा गुरुङलगायत नेता एमालेमै बसे । राई भने नयाँ शक्ति गठन गर्न सकिने ठानेर बाहिरिए ।
संघीय समाजवादीले सुरुबाटै उद्देश्यअनुरूप काम गर्न सकेन । उक्त पार्टीमा काम गरेको पूर्वनेताहरू त्यही कारण समस्या आएको मूल्यांकन गर्छन् । उद्देश्यअनुसारका काम गर्न नसक्नुमा नेतृत्वको क्षमता स्वतः जोडिन्छ । पार्टी गठनकै समयमा आठजना उपाध्यक्षसहितको जम्बो पदाधिकारी बन्यो । धेरै नेतालाई पदीय भागबन्डा पुर्‍याउने बाध्यताले सुरुमै संगठनले चुस्त काम गर्न सकेन ।
'उहाँमा पहिलो नेता भएर काम गर्ने खुबी धेरै छैन । दोस्रो मानसिकता नै बढी छ,' राईको पार्टीको उपाध्यक्ष छाडेर एमालेमै फर्किएका सुब्बाले भने, 'पार्टीभित्र क्षमताभन्दा यो जातलाई यति, ऊ जातलाई यति भनेर प्रतिशत गन्ने प्रवृत्ति रह्यो, त्यसैले समस्या निम्त्यायो ।' उनले नयाँ एकीकृत पार्टीमा पनि त्यस्तो प्रवृत्ति दोहोरिने आशंका गरे ।

Sunday, June 14, 2015

यस्तो बन्दै छ नयाँ संविधान


 प्रमुख राजनीतिक दलहरूबीच संघीयता, शासकीय स्वरूप, निर्वाचन र न्याय प्रणालीलगायत पहिलो संविधानसभामा सहमति हुन नसकेका महत्त्वपूर्ण विषयमा दोस्रो संविधानसभाको डेढ वर्षपछि मिलेका छन् । आपसी तीक्तता, सत्तासंघर्ष र दाउपेचका बीच वैशाख १२ र २९ को भूकम्पपछिको विपत्ले सिर्जना गरेको मनोविज्ञानमा संविधानसभाका प्रमुख दल एकै ठाउँमा आएका हुन् । 
जेष्ठ २९ - प्रमुख राजनीतिक दलहरूबीचको पछिल्लो समझदारी, विश्वासको वातावरण र परिवर्तनलाई संस्थागत गर्ने चाहना यथावत् रहेमा अबको एक/डेढ महिनाभित्रै नयाँ संविधान आउनेछ । नेपालीले आफूमा निहित सार्वभौमसत्ता र राजकीयसत्ताको प्रयोग गरी आफ्नो संविधान आफंैले लेख्न दोस्रो पटक गरेको प्रयासले सार्थक निष्कर्ष पाउन लागेको हो । 

पहिलोपटक जनताका तर्फबाट जारी हुन लागेको ‘नेपालको संविधान’ ले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नेछ । खुला बहुलवादी चरित्रको सुधारिएको संसदीय व्यवस्था लोककल्याणकारी चरित्रको हुनेछ । राज्यका महत्त्वपूर्ण निकायमा समावेशी प्रतिनिधत्व सुनिश्चित गर्नेगरी मिश्रित निर्वाचन प्रणालीले निरन्तरता पाउनेछ भने उत्तरदायित्वसहितको स्वतन्त्र न्यायपालिका रहनेछ । प्रस्तावित संविधानले मौलिक हक र नीति निर्देशक सिद्धान्तलाई फराकिलो बनाएर राज्यलाई जनउत्तरदायी र लोककल्याणकारी चरित्रको बनाउने प्रयास गरेको छ । केन्द्र, प्रदेश र स्थानीय सरकारले संविधानले तोकेको क्षेत्राधिकारभित्र रहेर आ–आफ्नो क्षेत्रको शासन व्यवस्था सञ्चालन गर्नेछन् । स्थानीय र प्रदेश जनताका पहुँचका सरकार हुनेछन् । 

झन्डै आठ वर्षदेखि संघीयतालगायतका विषयमा परेको गाँठो फुकाउँदै कांग्रेस, एमाले, एमाओवादी र फोरम (लोकतान्त्रिक) बीच २०७२ जेठ २५ मा भएको १६ बुँदे सहमतिले भावी संविधानको स्वरूप स्पष्ट पारेको छ । राजनीतिक संवाद तथा सहमति समिति हुँदै संविधानका विवादित विषयमा सहमतिको प्रतिवेदन पेस भएपछि दलहरूबीचको राजनीतिक सहमति औपचारिक रूपमा संविधानसभामा प्रवेश पाएको छ । संविधानसभाका अधिकांश साना दलहरू उक्त सहमतिका पक्षमा उभिए पछि फोरम नेपालसहित असन्तुष्ट समूहको ध्रुव निकै सानो भएको छ । दलहरूबीच असार मसान्तसम्म संविधान जारी गर्ने अनौपचारिक सहमति भए पनि त्यसका लागि अपनाइने ‘फास्ट ट्रयाक’ कार्यविधि र विस्तृत कार्यतालिका तयार हुन बाँकी छ । असार १५ भित्रै मस्यौदा समितिले संविधानको पहिलो मस्यौदा तयार गर्ने अपेक्षा गरिएको छ । 

नयाँ संविधानले २०६२/६३ को शान्तिपूर्ण जनआन्दोलन र एमाओवादीको १० वर्षे सशस्त्र द्वन्द्व, मधेस, आदिवासी, जनजातिलगायतका आन्दोलनका उपलब्धि संस्थागत गर्नेछ । प्रमुख राजनीतिक दलहरूबीच संघीयता, शासकीय स्वरूप, निर्वाचन र न्याय प्रणालीलगायत पहिलो संविधानसभामा सहमति हुन नसकेका महत्त्वपूर्ण विषयमा दोस्रो संविधानसभाको डेढ वर्षपछि मिलेका छन् । आपसी तीक्तता, सत्तासंघर्ष र दाउपेचका बीच वैशाख १२ र २९ को भूकम्पपछिको विपत्ले सिर्जना गरेको मनोविज्ञानमा संविधानसभाका प्रमुख दल एकै ठाउँमा आएका हुन् । 

१६ बँुदे सहमतिले सामथ्र्य र पहिचानमा आधारित ८ प्रदेशको संघीयता, समावेशी प्रतिनिधित्वसहित सुधारिएको संसदीय व्यवस्था र स्वतन्त्र न्याय प्रणालीका आधारमा नयाँ संविधान निर्माण गर्ने ढोका खोलेको हो । केन्द्र, प्रदेश र स्थानीय सरकारको अधिकार सूचीसहित अघिल्लो संविधानसभामा भएको सहमतिसमेतलाई आधार बनाएर अब नयाँ संविधान जारी हुने वातावरण बनेको छ । अहिलेसम्म भएका सहमति भत्किएनन् र मुख्य राजनीतिक दलहरूका अडान फेरिएनन् भने ‘नेपालको संविधान’ नाममा बन्ने भावी संविधानको स्वरूप यस्तो हुनेछ ।
सुधारिएको संसदीय व्यवस्था


संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्राध्यक्षका रूपमा राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य सम्मिलित निर्वाचक मण्डलबाट चुनिने संवैधानिक राष्ट्रपति हुनेछन् । संसदबाट निर्वाचित प्रधानमन्त्री देशको मुख्य कार्यकारी हुनेछन् । प्रदेशसभाबाट निर्वाचन हुने मुख्यमन्त्रीले प्रदेशमा र जनताबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिले स्थानीय निकायको शासन व्यवस्था सञ्चालन गर्नेछन् । 

संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री रहने संसदीय प्रणाली भए पनि नयाँ संविधानले व्यवस्था गर्ने शासकीय स्वरूप २०४६ पछिको परम्परागत संसदीय प्रणालीभन्दा भिन्न र मौलिक हुनेछ । तर शासन व्यवस्थाको नाम र आधारभूत चरित्र संसदीय नै हुने भएपछि एमाओवादीलगायतका दलले फरक मत राखेका छन् । एमाओवादीले कार्यकारी अधिकारसहितको प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने फरक मत राखेको छ । तर, संविधानसभाभित्रको समीकरण अनुसार एमाओवादीको मत पारित हुने अवस्था छैन । संविधानसभाको दुई तिहाईभन्दा बढी मत सुधारिएको संसदीय व्यवस्थाकै पक्षमा छ । 

संसदीय व्यवस्था बलियो पार्नका लागि नयाँ संविधानमा केही विधिहरू रहनेछन् । त्यसअनुसार प्रधानमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न पाइनेछैन । त्यस्तै एक पटक राखेको अविश्वास प्रस्ताव असफल भएमा अर्को एक वर्षभित्र राख्न नपाइने व्यवस्था राख्ने पनि सहमति भएको छ । दलमा हुने विभाजन र आफूलाई मत दिने सांसदले समर्थन फिर्ता लिएको अवस्थामा भने प्रधानमन्त्रीेले विश्वासको मत लिनुपर्छ । २०४६ सालपछिको बहुदलीय शासनकालमा पटक–पटक सरकार परिवर्तन गर्ने खेल भए । कुनै पनि सरकारले ५ वर्षको पूर्ण कार्यकाल पूरा गर्न नपाएको अनुभवको आधारमा दलहरूले यस्तो व्यवस्था गर्न लागेका हुन् । 

युनियनका विकृति, थलिँदै निजामती प्रशासन

यतिखेर त संघ/संगठन यति शक्तिशाली बनेका छन् कि तल्लो तहमात्र होइन, उपसचिवदेखि विशिष्ट श्रेणीका कर्मचारीको सरुवा, बढुवामा समेत उनीहरू हावी हुनथालेका छन् । सहसचिवबाट ककसलाई सचिवमा बढुवा गर्नेदेखि कुन सचिवलाई कुन मन्त्रालयमा लैजानेसम्मको सूची युनियनका कार्यालयमा बन्छन् । प्रधानमन्त्री र मन्त्रीहरूले समेत आआफ्नो पार्टी समर्थक संघ/संगठनको सिफारिसमा उपसचिवदेखि सचिवसम्म सरुवा र बढुवा गर्ने हुँदा युनियनहरूको अराजक र अनुशासनहीन दबदबा बढ्दै गएको हो ।


वैशाख ११ - चैतको अन्तिम साता निजामती प्रशासनमा कर्मचारी संघ/संगठनका अराजक गतिविधिमाथि अंकुश लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर भयो । अधिवक्ता अर्जुनकुमार अर्यालले रिटमा दलैपिच्छे संघ/संगठन खोल्न दिँदा निजामती सेवामा राजनीतीकरण भएकाले त्यस्ता गतिविधि रोक्न आधिकारिक ट्रेड युनियनको चुनाव गराउन अन्तरिम आदेशको मागदाबी गरेका थिए । निष्पक्ष रहनुपर्ने निजामती प्रशासनभित्रका संघ/संगठनको राजनीतिक संलग्नता खारेज गर्नुपर्ने मागसमेत गरिएको थियो । रिटको पहिलो सुनवाइमा सर्वोच्च अदालतले निजामती प्रशासनमा राजनीतीकरण अन्त्य गर्न आधिकारिक ट्रेड युनियनको चुनाव नभएसम्म दलपिच्छेका संघ/संगठनका गतिविधि रोक्न अन्तरकालीन आदेश जारी गर्‍यो । यो आदेशले संघ/संगठनका अराजक र अनुशासनहीन गतिविधि र चलखेल रोकिने आशा पलाएको थियो । तर लगत्तै त्यो आशामा तुषारापात हुनपुग्यो । दोस्रो सुनवाइमा सर्वोच्चले आफ्नै अन्तरकालीन आदेशलाई जारी राखेन । उसले अन्तिम निर्णय नहुँदासम्म संघ/संगठनले यथावत काम गर्न पाउने बाटो खोलिदियो । यसमा सर्वोच्चले निजामती प्रशासनको स्वच्छतालाई कायम राख्नेगरी अन्तिम छिनोफानो गर्ने आशा अझै जीवित छ । अधिवक्ता अर्यालले दायर गरेको यो रिटले कर्मचारी प्रशासनभित्र मौलाउँदै गएको अराजक प्रवृत्ति र विकृतिलाई सार्वजनिक बहसमा ल्याइदिएको छ । 

राजनीति गर्ने अखडा 
जनआन्दोलन २०४६ को बलमा प्रजातन्त्र पुनर्बहाली भएपछि संविधानले नै कर्मचारीहरूलाई ट्रेड युनियन खोल्न पाउने अधिकार दिएको छ । 'कानुनमा व्यवस्था भए बमोजिम प्रत्येक कामदार र कर्मचारीलाई आआफ्ना हित र रक्षाका निम्ति ट्रेड युनियन खोल्ने, संगठित हुने र सामूहिक सौदाबाजी गर्ने हक हुने' नेपालको अन्तरिम संविधान २०६३ को धारा ३० को उपधारा (२) मा छ । २०४७ सालको संविधानले समेत यो अधिकार दिएको थियो । तर यो संवैधानिक अधिकारलाई कर्मचारी संघ/संगठनहरूले चरम दुरुपयोग गरिरहेका छन् । कर्मचारीका संघ/संगठनहरूमा पेसागत मर्यादामा बसेर आफ्ना हकअधिकारका कुरामा सामूहिक सौदाबाजी गर्नेभन्दा पनि राजनीतिक तथा व्यक्तिगत स्वार्थपूर्ति गर्ने प्रवृत्ति बढ्दै गइरहेको छ । आम जनतालाई निष्पक्ष रूपमा सेवाप्रवाह गर्नुपर्ने निजामती प्रशासनमा नै राजनीतिक दलपिच्छेका कर्मचारी संघ/संगठन खोलिएका छन् । राजनीतिक दल फुट्दा कर्मचारी संघ/संगठनसमेत फुट्ने गरेका छन् । एमाओवादी फुट्नुभन्दा अघि सातवटा कर्मचारी संगठन थिए । एमाओवादी विभाजित भएपछि कर्मचारी संगठन आठवटा पुगेका छन् । अझै कांग्रेस निकट कर्मचारी संगठन त गुट पिच्छेका छन् । संस्थापनको समर्थक निजामती कर्मचारी युनियन छ भने वरिष्ठ नेता शेरबहादुर देउवा निकट निजामती कर्मचारी संघ छ । 


दलहरूको संरक्षणमा संघ/संगठनहरूको विकृति फस्टाउँदैछ । कर्मचारीहरूको सरुवा र बढुवामा संघ/संगठनहरूको हस्तक्षेप अराजक हुँदै गएको छ । कर्मचारी संघ/संगठन कुनै अमूक दल र तिनका नेताको स्वार्थपूर्ति गर्ने साधनका रूपमा विकास हुँदै गएका छन् । नत्र सामूहिक हकहित प्राप्तिमात्र उद्देश्य हुँदो हो त यति धेरै संघ/संगठन हुने थिएनन् । निजामती ऐनको मर्मविपरीत कर्मचारी संघ/संगठनले गतिविधि गरिरहेका छन् । त्यस्तो हुँदा पनि नेताहरू कोही रमिते बन्ने त कोही संघ/संगठनबाटै आफ्नोसमेत स्वार्थपूर्ति गर्दै कानुन विपरीतको गतिविधिलाई नियन्त्रण गर्न कुनै चासो दिएका छैनन् । 'निजामती सेवा ऐनको २०४९ को दफा ४३ मा कर्मचारीलाई राजनीतिक गतिविधिमा सामेल हुन निषेध गरिएको छ । 'कुनै पनि निजामती कर्मचारीले आफ्नो सेवासम्बन्धी कुरामा मतलब साध्य गर्ने मनसायले अन्य कर्मचारीमाथि कुनै राजनीतिक वा अवाञ्छनीय प्रभाव पार्न वा प्रभाव पार्ने प्रयत्न गर्नु हुँदैन' भनिएको छ । निजामती ऐनको दफा ४४ मा 'निजामती कर्मचारीले राजनीतिमा भाग लिन हुँदैन' भन्ने उल्लेख छ । ऐनको मर्मविपरीत खुलेआम निजामती सेवामा कांग्रेस, एमाले, एमाओवादी र मधेसी दलसम्बद्ध आआफ्नै कर्मचारी संघ/संगठन क्रियाशील छन् । 

Sunday, February 15, 2015

एमाले-एमाओवादी सम्बन्धको उतारचढाव

दुर्गा खनाल/गंगा बीसी

  • पुँजीवादी चरित्र भएका यी दुई वामपन्थी पार्टी हुन्, दुबै आआफ्नो अस्तित्व टिकाउन संघर्ष गरिरहेका छन्, उनीहरूको भोट बैंक र राजनीतिक धरातल पनि करिब एउटै हो त्यसैले प्रचण्ड केपी ओलीलाई कमजोर बनाउन र ओली प्रचण्डलाई कमजोर बनाउन लागिरहेका छन् .

  • एमाले र एमाओवादीको आगामी कार्यदिशा 'पुँजीवादी क्रान्ति' हुँदै समाजवादसम्म पुग्ने नै हो।  तर दुबैको एकअर्कालाई हेर्ने दृष्टिकोण फरक छ। एमाले एमाओवादीलाई अझै 'उग्रवामपन्थी' धङधङी बोकेको पार्टीको रूपमा देख्छ भने एमाओवादी एमालेलाई 'चरम दक्षिणपन्थी' ठान्छ। 


संविधान निर्माणका विवादित विषयमा सहमति खोज्नुपर्नेमा प्रमुख राजनीतिक दलहरू यतिबेर संवादहीनताको अवस्थामा छन्। झट्ट हेर्दा कांग्रेस, एमाले र एमाओवादी, मधेसीको टकरावजस्तो देखिन्छ। तर यो टकरावका मुख्य पात्र दुई वामपन्थी दल एमाले र एमाओवादी नै हुन्, जसको आपसी सम्बन्ध र संविधानका विषयमा रहेको सैद्धान्तिक दृष्टिकोणको फरकले संविधानसभा नै रुमल्लिइरहेको छ। एमाले र एमाओवादीबीच अहिलेजस्तो कटु सम्बन्ध कहिल्यै थिएन। जबकि सशस्त्र युद्धमा माओवादीबाट एमाले कार्यकर्ता मारिएको बेलासमेत दुई पार्टीबीच निरन्तर वार्ता हुन्थ्यो। संविधान निर्माणको एउटै डुंगा सवार भएका बेला त झन् वामपन्थी दल नजिक हुनुपर्ने हो। तर दुई पार्टी र ती दलका नेताबीच यति तिक्त सम्बन्ध छ कि एकले अर्कालाई व्यक्तिगत हिसाबले असभ्य गालीगलौज गर्नसमेत बाँकी राखेका छैनन्।
संघीयतामा लडाइँ
एमाले र एमाओवादीबीच पछिल्लो विवाद संघीयताको स्वरुपलाई लिएर उत्कर्षमा पुगेको छ। एमाले साझा पहिचान झल्किने प्रदेश बनाउने पक्षमा छ भने एमाओवादी साझा पहिचान मान्य नहुने, कुनै न कुनै रूपमा जातीय पहिचान हुने प्रदेशमा जानुपर्ने अडानमा छ। एमाले एमाओवादीले भनेजस्तो संघीयताको स्वरुपमा जाने हो भने मुलुकमा जातीय विद्वेष र सार्वभौम सत्तामाथि नै खतरा उपन्न हुने ठान्छ। 'संविधान बनाउने नाममा हामी जातीय विद्वेषको बिउ रोप्ने खालको संघीयताको स्वरुप कुनै हालतमा मान्ने पक्षमा छैनौं', एमाले नेता माधव नेपालले कान्तिपुरसँगको कुराकानीमा भने। एमालेको गत असारमा भएका नवौं महाधिवेशनले संघीयतामा एमाओवादीले लिएका नीतिले मुलुकमा जातीय, क्षेत्रीय अतिवादको विजारोपण गरेको निष्कर्ष निकालेको छ। 'मुलुकमा जातीय, क्षेत्रीय अतिवादको विजारोपणका लागि माओवादी नीतिहरू जिम्मेवार छन्', एमालेको राजनीतिक दस्तावेजमा उल्लेख छ।
एमालेले चाहिँ कांग्रेससँग मिलेर साझा पहिचानको प्रस्ताव ल्याएपछि एमाओवादीले एमालेलाई संघीयतै विरोधीको आरोप लगायो। एमालेले भनेजस्तो संघीयताको स्वरुपमा जाने हो भने उत्पीडनमा परेको समुदायले अधिकार नै नपाउने एमाओवादीको निष्कर्ष छ। एमाओवादी महासचिव कृष्णबहादुर महराले 'एमाले राज्य पुनसर्ंरचनाका विषयमा पछि हटेको' बताए। 'राज्य पुनसर्ंरचनाका विषयमा एमाले झन् पछि हटेको छ', महराले भने। १० वर्षे सशस्त्र युद्धमा एमाओवादीले जातीय मोर्चाहरू निर्माण गरेको थियो। सीमान्तकृत जातीय समुदायलाई नै आधारभूमि बनाएर युद्ध लडेको माओवादी त्यसबेलाको प्रतिबद्धता विपरीत गयो भने आफ्नो आधारभूमि नै समाप्त हुने विश्लेषणमा छ। त्यसैले कुनै न कुनै रूपमा जातीय पहिचान झल्किने प्रदेश बनाउनुपर्ने उसको अडान छ। संघीयताको मुद्दामा एक/अर्काको प्रस्ताव दुबैले ठाडै अस्वीकार गरेपछि दूरी झनै बढेको छ।
'उग्रवामपन्थी' भर्सेज 'दक्षिणपन्थी'
एमाले र एमाओवादीको आगामी कार्यदिशा 'पुँजीवादी क्रान्ति' हुँदै समाजवादसम्म पुग्ने नै हो। जबकि दुई पार्टीले बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गरी समाजवादको बाटोमा अघि जाने बाटो तय गरिसकेका छन्। तर दुबैको एकअर्कालाई हेर्ने दृष्टिकोण फरक छ। एमाले एमाओवादीलाई अझै 'उग्रवामपन्थी' धङधङी बोकेको पार्टीको रूपमा देख्छ भने एमाओवादी एमालेलाई 'चरम दक्षिणपन्थी' ठान्छ। एमालेको गत असारमा भएको नवौं महाधिवेशनको राजनीतिक प्रतिवेदनमा उग्रवापन्थी बाटोबाट मुक्त हुँदै गरे पनि त्यसको धङधङीले नछोडा एमाओवादी रूपान्तरित हुन नसकेको विश्लेषण छ। 'नेपाल राज्य र राष्ट्रको विकासक्रम, जातीय प्रश्न, पहिचान, सङ्घीयता र आत्मनिर्णयका प्रश्नमा एमाओवादी अझै पनि गलत र हानिकारक मान्यता बोकेर हिँडिरहेको छ। सारमा, उग्रवामपन्थबाट मुक्त हुँदै गरेको भए पनि एमाओवादीको रूपान्तरण प्रक्रिया अझै अधुरै छ', एमालेको दस्तावेजमा उल्लेख छ।
एमाओवादीले २०६९ माघको अन्तिम साता भएको हेटौंडा महाधिवेशनबाट एमालेलाई 'दक्षिणपन्थी संशोधनवादी'को बिल्ला पहिर्‍याइदियो। गत बैसाखको विराटनगर राष्ट्रिय सम्मेलनले कम्युनिष्ट केन्द्र बनाउन पहल गर्ने निर्णय गरे पनि एमालेसँंग भने धु्रवीकरण नै गर्ने नीति लियो। 'कम्युनिष्ट आन्दोलनको एकताको ऐतिहासिक आवश्यकता पुरा गर्न ड्यास माओवादी लगायत माओवादी धाराका विभिन्न समूहहरूबाट सुरु गरेर एमालेसम्म धु्रवीकरणको प्रयत्न गर्नुपर्छ', एमाओवादीको विराटनगर सम्मेलनको दस्तावेजमा छ। उक्त सम्मेलनले एमालेमा वर्गीय विचनल आएको र आत्मसमर्पणवादी पार्टीको रूपमा चित्रण गरेको छ। सशस्त्र युद्ध थाल्ने बेलामा नै तत्कालीन माओवादीले एमालेले लिएको लोकतान्त्रिक बाटो दक्षिणपन्थीतर्फको यात्रा भएको ठान्थ्यो। त्यही नारा दिँदै एमाओवादीले एमालेको आधारभूमि भत्काउँदै आफ्नो संगठन विस्तार गरेको पनि हो।
एमालेले एमाओवादीसँग त्रिआयामिक नीति लिएको छ। एमालेको ६ वर्षअघि बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाटै 'संघर्ष, रूपान्तरण र एकता' नीति लिएको थियो, जसलाई नवौं महाधिवेशनले पनि निरन्तरता दिएको छ। जस अनुसार रूपान्तरणका लागि एमाओवादी तयार नभएकाले ऊसँगको संघर्षको नीति बढी लागू गर्नुपरेको एमाले नेताहरूको भनाइ छ। झलनाथ खनाल नेतृत्वमा रहँदासम्म एमाओवादीप्रति एमालेको 'रूपान्तरण'को नीति हावी भयो। त्यसबेला एमाओवादीलाई हेर्ने दृष्टिकोणलाई लिएर एमालेभित्रै विवादसमेत देखियो। खनाल र अर्का नेता वामदेव गौतम माओवादीसँग सहकार्य गरेर जानुपर्ने पक्षमा थिए। तर नेता माधव नेपाल र केपी ओली एमाओवादीसँग संघर्ष गर्दै कांग्रेससँगको सहकार्य चाहन्थे। एमाओवादीसँग कसरी अघि बढ्ने भन्ने झगडाको बिउले एमालेभित्र आन्तरिक गुटबन्दी चर्काएको थियो। झलनाथ खनाल प्रधानमन्त्रीबाट हटेपछि भने एमाओवादीमा हेर्ने दृष्टिकोणमा एमालेभित्र एकरुपता आयो।
अहिले केपी ओली एमाले नेतृत्वमा आएपछि रूपान्तरणभन्दा एमाओवादीसँग 'संघर्ष'को नीति प्रभावी बनिरहेको छ। दुई पक्षका नेताहरूबीच संवाद नै नहुने र व्यक्तिगत तहसम्म ओर्लेर गालीगलौज गर्नेसम्मको अवस्था यही नीतिकै कारण सिर्जित भएको हो। 'हामीले माओवादीलाई रूपान्तरण गर्न सकिन्छ भनेर युद्धकालदेखि नै प्रयत्न गरेका हांै', युद्धकालमै भएका एमाओवादीसँगका वार्तामा संलग्न एमाले उपाध्यक्ष युवराज ज्ञवालीले भने, 'तर एमाओवादीमा रूपान्तरण हुनुभन्दा पहिलो संविधानसभाको निर्वाचनपछि उसमा अहंकार र घमन्ड बढ्यो।'
'भोट' बैंक एउटै
एमाले र एमाओवादीको राजनीतिक आधारभूमि एउटै हो। दुबैका भोट बैंक करिब एउटै हुन्। वामपन्थी विचार राख्ने जनमतलाई नै दुबै पार्टीले आफ्नो पक्षमा पार्ने कोसिस गरेका छन्। यद्यपि एमालेको निम्नदेखि मध्यम वर्गसम्म प्रभाव बढेको छ। एमाओवादीको निम्न र निम्न मध्यम वर्गसम्म अलिक बढी पकड छ। 'राजनीतिक रूपमा हाम्रो भोट बजार एउटै हो', एमाले उपमहासचिव घनश्याम भुसालले भने, 'त्यसैले एकले अर्कालाई कमजोर पार्दामात्र अस्तित्व रहने अवस्था छ।'
अहिले संविधानमा कसका मुद्दा स्थापित गर्ने भन्ने कुराले भविष्यको भोटको राजनीतिमा असर पर्न सक्छ। त्यसैले कुनै पनि हालतमा एमाले र एमाओवादी आआफ्नो एजेन्डा संविधानमा स्थापित गर्ने प्रयासमा छन्। एमालेले भनेजस्तो साझा पहिचानको मुद्दा स्थापित भए एमाओवादी कमजोर बन्छ। एमाओवादीले भनेजस्तो संघीयताको स्वरुप अनुमोदन भए एमालेको भोट बैंक प्रभावित हुने विश्लेषण छ। राष्ट्रिय राजनीतिमा कसले बर्चस्व कायम गर्ने भन्ने लडाइँ पनि दुबै पार्टीबीच छ। त्यसैले को बढी प्रगतिशील, राष्ट्रवादी र क्रान्तिकारी देखाउने भन्ने होडमा दुबै दल छन्।

Tuesday, January 13, 2015

नेम्वाङतिर नजर

  • हुन त नेपालको समकालीन राजनीतिक पात्रमध्ये नेम्वाङ बढी नै 'आशावादी' व्यक्ति हुन् । राजनीतिक माहोल र परिस्थितिले १ सय ८० डिग्रीको कोणमा पल्टा खेल्दा होस् वा जस्तोसुकै प्रतिकूलताको समय नेम्वाङको आशा मरेको हुँदैन । 
  • नेम्वाङले संविधानसभा सञ्चालनमा नियम र पद्धतिको ख्याल गर्छन् । तर आफ्नो अधिकार र हैसियतसमेत बिर्सेर अलिक बढी नै नेताको मुख ताक्ने गरेको उनको इतिहास छ । यस पटक पनि उनले त्यस्तै व्यवहार देखाएका छन् ।

प्रमुख राजनीतिक दलहरू झन्डै एक महिना लामो रस्साकस्सीपछि गत बिहीबार संविधान निर्माणका विवादित विषयहरू पुनः संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा फर्काउने निर्णयमा पुगेलगत्तै संविधानसभा अध्यक्ष सुवास नेम्वाङले यही पुस २९ गतेका लागि संविधानसभाको बैठक तोकिदिए । यो बीचमा दलहरूबीच सहमति भए पनि/नभए पनि २९ गते संविधानसभाको बैठक बस्नैपर्ने अवस्था सिर्जना भएको छ । यस हिसाबले दलहरूबीच सहमति भए संविधानसभालाई बैठक सञ्चालनार्थ कार्यसूची प्राप्त हुन्छ भने संविधान निर्माण प्रक्रिया पनि सहज रूपमा अघि बढ्नेछ । तर यो बीचमा सहमति नभए त्यसपछिको संविधान निर्माणको बाटो कतातिर मोडिनेछ भन्नेमा धेरैको नजर संविधानसभा अध्यक्ष नेम्वाङतिर सोझिनेछ ।
संविधानसभाको प्रमुख नेता नेम्वाङ भएकाले पनि त्यसपछिको नजर उनीप्रति सोझिने भएको हो । त्यतिमात्र होइन, यसअघि सभाध्यक्ष नेम्वाङले शीर्ष नेताहरूले सहमति गर्न नसक्ने भए संविधानको पहिलो मस्यौदा ल्याउने अधिकार आफूलाई दिन आग्रह गरेकाले पनि उनी चर्चाको केन्द्रविन्दुमा रहेका छन् । त्यसमाथि संविधानसभालाई कार्यसूची दिने मुख्य दायित्व सभाध्यक्षकै हो । यस हिसाबले संविधानसभालाई गति दिन प्रमुख राजनीतिक दलका नेताहरूको भन्दा नेम्वाङकै दायित्व ज्यादा देखिन्छ । संवाद समितिमार्फत शीर्ष नेतृत्वमा सहमति नभएको अवस्थामा संविधान निर्माण हुने/नहुने भन्ने विषयमा नेम्वाङले भावी दिनमा चाल्ने कदमले केही हदसम्म अर्थ राख्नेछ । त्यसैले पनि माघ ८ मा संविधान ल्याउने वातावरण निर्माणका लागि नेम्वाङको भूमिका महत्त्वपूर्ण छ ।
त्यसो त पुस २९ गतेका लागि बैठक तोकेर आफ्नो कार्यकक्षमा फर्केपछि बिहीबार पत्रकारहरूसामु उपस्थित नेम्वाङ निर्धारित मिति माघ ८ मा संविधान ल्याउने विषयमा धेरै नै आशावादी देखिए । संवाद समितिमा फर्काएका विवादित विषय तीन दिनभित्र मिलेरै आउने आशा पनि उनले व्यक्त गरे । 'बैठकले नै पुस २९ गतेका लागि अर्को बैठक बस्ने निर्धारण गरेको छ, त्यो दिन बैठक बस्नैपर्छ', नेम्वाङले भने, 'समितिले सहमति गरेर प्रतिवेदन ल्याउँछ भन्नेमा म विश्वस्त छु ।' हुन त नेपालको समकालीन राजनीतिक पात्रमध्ये नेम्वाङ बढी नै 'आशावादी' व्यक्ति हुन् । राजनीतिक माहोल र परिस्थितिले १ सय ८० डिग्रीको कोणमा पल्टा खेल्दा होस् वा जस्तोसुकै प्रतिकूलताको समय नेम्वाङको आशा मरेको हुँदैन । पहिलो संविधानसभा विघटन हुनु केही घन्टा अघिसम्म पनि नेम्वाङ सहमतिको रटान लगाउँदै थिए भने प्रमुख दल र तिनका शीर्ष नेताहरूप्रति उनको विश्वास उत्तिकै थियो । तर राजनीति उनले भनेझैं न सहमतिको बाटोमा गयो, नत उनले विश्वास र भरोसा गरेझैं शीर्ष नेतृत्वले विवादित विषय नै सल्टयाए ।
अहिले दोस्रो संविधानसभामा पनि फेरि एकपटक त्यस्तै मोड आएको छ । संविधान जारी गर्ने पूर्वनिर्धारित मिति नजिकिँदै गएको छ । तर दलहरूबीच सहमति हुने सम्भावना देखिएको छैन । यस्तो अवस्थामा 'सहमति नभए के गर्नुहुन्छ ?' भन्ने सञ्चारकर्मीको प्रश्नमा हल्का मुस्कुराउँदै सभाध्यक्ष नेम्वाङले 'रेडिमेड' जवाफ दिए, 'संविधान, नियम र स्थापित अभ्यासअनुसार (संविधानसभा) चल्छ ।' सहमति नभए समितिले प्रश्नावली संविधानसभामा पठाउनुपर्छ । तर प्रश्नावली पठाउन नसके के गर्ने भन्ने अन्योलचाहिँं बाँकी नै छ । यस्तो अवस्थामा नेम्वाङले संविधान, नियम र कुन स्थापित अभ्यास अवलम्बन गर्ने हुन् ? २९ गतेको बैठकमा देखिनेछ । संविधानसभा नियमावली, २०७० को नियम १७० मा 'नियमावली बमोजिम कार्यसञ्चालन गर्दा कुनै बाधा-अड्काउ परेमा अध्यक्षले कार्यव्यवस्था परामर्श समितिको परामर्शमा आवश्यक र उपयुक्त व्यवस्था गरी त्यस्तो बाधा-अडकाउ फुकाउन सक्नेछ' भन्ने व्यवस्था भएको र नियम १७१ मा 'नियमावलीको व्याख्या गर्ने अधिकार अध्यक्षलाई हुनेछ र निजको निर्णय अन्तिम हुनेछ' भन्ने व्यवस्था भएकाले नेम्वाङले प्रक्रियालाई अघि बढाउन सक्ने सम्भावना छ । तर नियमावलीको यो व्यवस्थालाई नेम्वाङ आफैले कसरी व्याख्या गर्नेछन् र त्यसलाई व्यवहारमा कसरी कार्यान्वयन गर्नेछन् भन्ने विषयले नै संविधान निर्माणको भावी मार्ग देखाउनेछ ।

मिडियाले नै रोक्यो !

पछिल्लो समय नेताहरुका कुरा सुन्दा लाग्छ- सात बर्षदेखि संविधान बन्न नदिने मुख्य भडुँवा मिडिया हुन् । आउँदो माघ ८ मा सविधान जारी गर्न नदिने पनि मिडिया हुन् ! नेताहरुबीच सहमति नभइरहेको पनि मिडियाकै कारण हो ! 


पुस ११ - पुस ७ गते सोमबार । दिउँसो ३ बजे संविधानसभाको बैठक सुरु हुनेबित्तिकै पहिलो वक्ता थिए- कांग्रेस नेता आनन्दप्रसाद ढुंगाना । संविधानका विवादलाई टुंग्याउदै कसरी संविधान जारी गर्ने भन्ने संविधानसभाभित्रको बहसमा भाग लिन उनी रोस्ट्रममा उभिएका थिए । सभाध्यक्षले उनलाई १० मिनेटको समय दिएका थिए । बोल्नथाल्नासाथ सभासद् ढुंगाना विषयान्तर भए । उनको प्रहार मिडियातर्फ सोझियो । झण्डै तीन मिनेट उनले त्यस दिन कान्तिपुरमा छापिएको मुख्य राजनीतिक समाचारबारे खर्चिए । राज्यको चौथो अंगको कर्तव्य र जिम्मेवारीबारे पाठ पढाए । 

त्यसदिन कान्तिपुरको मुख्यपृष्ठको प्रमुख समाचारको रुपमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीका अभिव्यक्ति सम्बन्धि समाचार छापिएको थियो । पुस ५ गते शनिबार बिहान बालुवाटारमा प्रमुख दलबीचको वार्ता भाँडिएको थियो । त्यसको भोलिपल्ट संसद सचिवालयमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रुपमा एमाले अध्यक्ष ओलीलाई 'ठेकेदार' र 'महाराज' भन्दै आक्रोश व्यक्त गरेका थिए । ओलीले त्यसको जवाफ फर्काएका थिए ।