- केन्द्रदेखि जिल्लासम्म असन्तुष्टि
काठमाडौ, पुस १३ - एमालेले समानुपातिक सभासदको नाम शनिबार निर्वाचन आयोगमा बुझाएको छ । अन्य पार्टीहरू आन्तरिक छलफलमै रहेका बेला उसले निर्धारित मितिभन्दा दुई दिनअघि नै सूची बुझाएको हो ।
तीन दिनसम्म गोकर्ण रिसोर्टमा चलेको स्थायी समितिको बैठकले समानुपातिक सूचीलाई अन्तिम रूप दिएको थियो । सूचीलाई शनिबार सचिव विष्णु पौडेललगायत नेताले निर्वाचन आयोगमा बुझाएका हुन् ।
सूचीमा सबै समूह मिलाइएको छ । तिनमा महिला ५० प्रतिशत छन् । खस आर्य, अन्य र पिछडिएको क्षेत्रबाट २७ जना, दलित १०, मधेसी २२ र जनजाति २५ जना सूचीमा परेका छन् ।
तर, छनोटमा भेदभाव भएको भन्दै पार्टीमा असन्तुष्टि बढेको छ । अछाम जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । राजधानीमा रहेका जिल्ला अध्यक्ष शेरबहादुर कुँवरले अध्यक्ष झलनाथ खनाललाई भटेर सूची सच्याउन माग गरेका छन् । सोलुखुम्बुका सचिव डुफकुमार बाँस्तोलाले पनि जिल्लाको प्रतिनिधित्व नगराएकाले सबै पदाधिकारीले राजीनामा दिएको विज्ञप्ति जारी गरेका छन् । चल/अचल सम्पत्ति बझबुझारथ गर्नसमेत विज्ञप्तिमा आग्रह गरिएको छ । सुनसरीमा पनि समानुपातिकमा नसमेटिएको भन्दै विरोध भएको छ । केन्द्रमा समेत नेताहरू असन्तुष्ट देखिएका छन् ।
यता स्थायी समिति रहेका नेताहरूले भने सबै क्षमतावान हुँदाहुँदै पनि सीमित सिटका कारण यथोचित समेट्ने नसकिएको बताएका छन् । आयोगले सच्याउन भनेकाबाहेक अन्य अवस्थामा पार्टीले सूची नसच्याउने नेता पौडेलले जानकारी दिए । 'हामीले पार्टीको सूची बुझाएका छौं, अब यो नै अन्तिम हो, हेरफेर हुँदैन,' उनले कान्तिपुरसँग भने, 'धेरै योग्यता भएकाहरू हुँदाहुँदै पनि सबै जना पर्न सम्भव थिएन, तर सकेसम्म पार्टीभित्रको भूमिका र संविधानसभाभित्रको आवश्यकतालाई ख्याल गरेर छनोट गरिएको छ ।' उनीहरूले पार्टीको निर्णय स्वीकार्न आग्रह गरेका छन् । 'एउटै माघले जाडो जाँदैन, पार्टीभित्र अन्य अवसरहरू पनि आउँछन् । सबैले पार्टीको निर्णयलाई मानेर अघि बढ्नुपर्छ,' पौडेलले भने । केन्द्रीय कमिटीले दिएको म्यान्डेट स्थायी समितिले उल्लंघन गरेको नेताहरूको आरोप छ । केन्द्रीय समितिले अवसर नपाएका, पार्टीका काम र आन्दोलनमा सक्रिय भएका लगायतलाई सभासद बनाउनुपर्ने, भूगोल र केन्द्रको सन्तुलन मिलाउनुपर्ने लगायत सुझाव दिएको थियो । तर कतिपय नामहरूमा त्यो मापदण्ड लागू नभएको बुझाइ नेताहरूको छ ।
यता स्थायी समिति रहेका नेताहरूले भने सबै क्षमतावान हुँदाहुँदै पनि सीमित सिटका कारण यथोचित समेट्ने नसकिएको बताएका छन् । आयोगले सच्याउन भनेकाबाहेक अन्य अवस्थामा पार्टीले सूची नसच्याउने नेता पौडेलले जानकारी दिए । 'हामीले पार्टीको सूची बुझाएका छौं, अब यो नै अन्तिम हो, हेरफेर हुँदैन,' उनले कान्तिपुरसँग भने, 'धेरै योग्यता भएकाहरू हुँदाहुँदै पनि सबै जना पर्न सम्भव थिएन, तर सकेसम्म पार्टीभित्रको भूमिका र संविधानसभाभित्रको आवश्यकतालाई ख्याल गरेर छनोट गरिएको छ ।' उनीहरूले पार्टीको निर्णय स्वीकार्न आग्रह गरेका छन् । 'एउटै माघले जाडो जाँदैन, पार्टीभित्र अन्य अवसरहरू पनि आउँछन् । सबैले पार्टीको निर्णयलाई मानेर अघि बढ्नुपर्छ,' पौडेलले भने । केन्द्रीय कमिटीले दिएको म्यान्डेट स्थायी समितिले उल्लंघन गरेको नेताहरूको आरोप छ । केन्द्रीय समितिले अवसर नपाएका, पार्टीका काम र आन्दोलनमा सक्रिय भएका लगायतलाई सभासद बनाउनुपर्ने, भूगोल र केन्द्रको सन्तुलन मिलाउनुपर्ने लगायत सुझाव दिएको थियो । तर कतिपय नामहरूमा त्यो मापदण्ड लागू नभएको बुझाइ नेताहरूको छ ।
'यो सूची कुनै विधि, पारदर्शिता र न्यायको धरातलबाट आएको छैन,' एक केन्द्रीय नेताले भने, 'स्थायी कमिटीले केन्द्रीय कमिटीका कुरालाई सम्मान गरेको देखिएन ।'
एमालेमा पार्टी स्थापनाकालदेखि चुनावअघि प्रवेश गर्नेसम्मले सभासद हुने मौका पाएका छन् । राणा शासनविरोधी आन्दोलनदेखि नै पार्टीमा लागेका भरतमोहन अधिकारीदेखि चुनावअघि पार्टी प्रवेश गर्ने राज्यलक्ष्मी गोल्छा अनि महेन्द्र शेरचनसम्मलाई एमालेले अवसर दिएको छ ।
उता केही युवा र पूर्वविद्यार्थी नेताहरू छुटेका छन् । केन्द्रीय कमिटीले स्पष्ट रूपमा 'अवसर नपाएकालाई प्राथमकिता दिने' भने पनि पटक-पटक अवसर पाएका कतिपयलाई पुनः ल्याइएको छ । तीन पटक सांसद तथा पटक-पटक मन्त्री भएका भरतमोहन अधिकारी तथा सल्लाहकार समितिका अध्यक्ष सिद्धिलाल सिंह, यसअघि मन्त्री र सांसद भइसकेका सचिव युवराज ज्ञवाली समानुपातिकमा परेका छन् । गोल्छा राप्रपा नेपालले पनि बन्द सूचीमा परेकी व्यक्ति हुन् । निर्वाचन आयोगले कुनमा सूचीमा रहने भन्ने धारणा मागेपछि गोल्छाले एमालेको सूची छानेकी थिइन् । निर्वाचनको केही समयअघि प्रवेश गर्ने सञ्चार उद्यमी शेरचन पनि सभासद भएका छन् । चुनावसम्बन्धी प्रचार नीति बनाउन आयोजित पार्टीका भेलाबाट उनी एमाले प्रवेश गरेका थिए ।
अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा र पोलिटब्यूरो सदस्य अष्टलक्ष्मी शाक्य श्रीमान्-श्रीमती नै सभासद छानिएका छन् । चुनावअघि पार्टीले नातागोता, श्रीमान्-श्रीमती नल्याउने मापदण्ड बनाएको थियो । त्यो बोहरा र शाक्यलाई लागू भएन । समानुपातिकमा ८४ सिट पाएको एमालेमा १३ जनजाति महिलाले अवसर पाउँदा लोकतान्त्रिक आन्दोलनकी चर्चित नेतृ रामकुमारी झाँक्री पर्न सकिनन् । 'लोकतान्त्रिक आन्दोलनमा राजेन्द्र राई, ठाकुर गैरेसहित मेरो भूमिका लोकलाई थाहा छ,' उनले भनिन्, 'हाम्रा नेताहरूले नै थाहा पाउनुभएनछ । यो व्यक्तिका लागि होइन, संविधानसभामा पार्टीको उपस्थितिका लागि पनि दुर्भाग्यपूर्ण छ ।' लोकतान्त्रिक आन्दोलनमा सडक तताउने राजेन्द्र राई पनि परेनन् । भोजपुर-१ बाट टिकट पाउने चर्चामा रहेका उनलाई अन्तिम अवस्थामा समानुपातिकमा समेटिएको थियो ।
खस आर्य समूहमा परेका आधाभन्दा बढी पुरुष सभासद पटक-पटक सांसद र मन्त्री भएका छन् । उनीहरू फेरि दोहोरिँदा 'अवसर नपाएका' ठाकुर गैरे परेनन् । 'पार्टीको यो निर्णयले मलाई न हषिर्त बनाएको छ न विस्मात नै,' उनले भने । केन्द्रीय सदस्य अग्नि खरेलले युवा र अवसर नपाएकालाई प्राथमिकतामा नपार्नु दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिए । 'हामी कुन पुस्ताका लागि संविधान लेख्दैछौं, कस्तो पुस्तालाई त्यहाँ पुर्याउनुपर्ने हो भन्ने हेक्का हुनुपथ्र्यो,' उनले भने, 'एमाले नेतृत्व यस मामलामा चुकेको आभास हुन्छ ।' एमालेमा समानुपातिक चयनमा गुटगत प्रभाव परेको आरोप छ । अध्यक्ष झलनाथ खनाल र नेता केपी शर्मा ओलीका अलग-अलग सूचीका कारण समानुपातिक सभासद छान्न तीन दिन लागेको थियो । एमाले समानुपातिक सूची बुझाउन निर्वाचन आयोग पुगेका सचिव पौडेलले भने नेताहरूको कोटामा सभासद नछानिएको दाबी गरे । 'निर्वाचन आयोगले नै कोटा निर्धारण गरेर पठाएको थियो,' उनले भने, 'नेताहरूको कोटामा छानिएको छैन, विधि र प्रक्रियाअनुसार विभिन्न जाति, समुदाय, क्षेत्र र संविधानसभामा भूमिका खेल्न सक्ने छानिनुभएको छ ।'
एमालेबाट कानुनविद् कोही पनि सभासद हुन सकेनन् । प्रत्यक्ष ९१ र समानुपातिक ८४ मध्ये कानुन क्षेत्रबाट कोही पनि परेनन् । अघिल्लो संविधानसभामा अधिवक्ता पृष्ठभूमिका खरेल र सपना मल्ल प्रधानको उपस्थिति थियो । संवैधानिक समिति, विवाद समाधान समिति, नियमावली संशोधन समितिसहितका ४० समितिमा काम गरेका कानुन क्षेत्रका खरेल र प्रधान समानुपातिक सूचीमै परेका थिएनन् । एमालेका कतिपय केन्द्रीय नेताहरू पनि समानुपातिकमा अटाएनन् ।
पोलिटब्युरो सदस्य वेदुराम भुसाल, मुकुन्द न्यौपाने, सुरेशकुमार कार्की, खगराज अधिकारी, महेन्द्रबहादुर पाण्डे, किरण गुरुङ, परशुराम मेघी गुरुङ, जागृतप्रसाद भेटवाल, गोरखबहादुर बोगटी पनि परेनन् । कलाकार भुवन केसी पनि सभासद भएनन् । काठमाडौं क्षेत्र नं १ मा आलोचना भएपछि उनलाई प्रत्यक्षबाट समानुपातिक सूचीमा राखिएको थियो । केसीले असन्तुष्टि पोख्न आइतबार पत्रकार सम्मेलन गर्ने भएका छन् ।
को-को छानिए समानुपातिकमा ?
१. भरतमोहन अधिकारी २. अमृतकुमार बोहरा
३. युवराज ज्ञवाली ४. काशीनाथ अधिकारी
५. केशव बडाल ६. पशुपति चौलागाईं
७. भानुभक्त ढकाल ८. डा. भीष्मनाथ अधिकारी
९. केदारप्रसाद सञ्जेल १०. मनकुमार गौतम
११. निर्मलप्रकाश सुवेदी १२. धनबहादुर रायमाझी
१३. तुलाराज विष्ट १४. बलबहादुर महत
१५. विद्यादेवी भण्डारी १६. अष्टलक्ष्मी शाक्य
१७. सुशीला नेपाल १८. श्रीमाया थकाली
१९. गौरी ओली २०. गौरा प्रसाईं
२१. जयन्ती राई २२. महिन लिम्बू
२३. कल्पना चापागाईं २४. टुका हमाल
२५. कमला सुवेदी २६. कमलादेवी महतो
२७. गरिमा शाह २८. ममता गिरी
२९. डा. गणेशमान गुरुङ ३०. इच्छाराज तामाङ
३१. महेन्द्र शेरचन ३२. हर्कबोल राई
३३. तुलबहादुर गुरुङ ३४. नरबहादुर थापा
३५. छेवाङ तेन्जेन लामा ३६. गोकुल घर्ती
३७. विनोद श्रेष्ठ ३८. ज्ञानबहादुर भुजेल
३९. गंगालाल तुलाधार ४०. सिद्धिलाल सिंह
४१. कृपाराम राना ४२. मीनादेवी यादव
४३. राज्यलक्ष्मी गोल्छा ४४. तारा राई
४५. बसुन्धरा रोकाय ४६. रीता रावल
४७. लीला राना ४८. दिलशोभा पुन
४९. ज्ञानुदेवी गैरे ५०. शारदा स्वर्णकार
५१. टेकु नेपाली ५२. अम्बिका खवास
५३. जीवन घिमिरे ५४. शकुन्तला राजभण्डारी
५५. रञ्जु झा ठाकुर ५६. रञ्जना सरकार
५७. शिवकुमारी गोतामे सार्की ५८. प्रभा बज्राचार्य
५९. नरदेवी पुन ६०. जितबहादुर दर्जी गौतम
६१. भागवत नेपाली ६२. चूणामणि जंगली
६३. अफिलाल उखेडा ६४. रामअवतार पासवान
६५. धर्मनाथ साह ६६. वंशीधर मिश्र
६७. रामचन्द्र साह तेली ६८. नागेन्द्र चौधरी
६९. आदित्यनारायण कसौधन ७०. अनारकली मिया
७१. मधु गुरुङ ७२. तेम्बा लामा
७३. हरि राजवंशी ७४. दुलारी देवी
७५. रञ्जना माझी ७६. शान्ता मानवी
७७. रबनी चौधरी ७८. सिन्धु जलेसा बुढाथोकी
७९. जुनैद अन्सारी ८०. सत्यनारायण मण्डल
८१. विश्राम चौधरी ८२. शीतल झा
८३. सनिया प्रवीण अन्सारी ८४. आशा यादव
प्रकाशित मिति: २०७० पुस १४ ०८:४३
No comments:
Post a Comment