Monday, December 31, 2012

वार्ता डायरी

काठमाडौ, जेष्ठ ५ - बालुवाटारस्थित आफ्नो निवासमा गत मंगलबार ५ बजेतिर भेट्दा कांग्रेस महामन्त्री तथा 'ताजा' उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला मख्ख थिए । बिहान आठ बजेदेखि प्रधानमन्त्री निवासमा चलेको बैठकबाट संविधानका विवादित विषयमा अन्तिम सहमतिपछि उनी घर छिरेका थिए । दलीय वार्ताका निरन्तर सहभागी उनी थकित देखिन्थे । उनलाई देख्दा लाग्थ्यो, वार्ता गर्नु सजिलो काम होइन । तर, उनले फुर्तीका साथ भने, 'जेठ १४ भित्रै संविधान जारी गर्न अब कसैले रोक्न सक्दैन ।' 

सहमतिको पूर्ण विवरण बाहिर आइसकेको थिएन । केही नेताहरूले प्रधानमन्त्री निवासबाहिर पत्रकारहरूलाई औपचारिक रूपमा थोरै जानकारी त दिएका थिए । तर त्यत्तिले जिज्ञासा शान्त नभएर हामी सिटौला निवास पुगेका थियौं ।

Sunday, December 30, 2012

राजनीतिक दल कति धनी ?

  • दुर्गा खनाल
काठमाडौ, माघ २८ - स्वेच्छिक अवकाशमा जाने लडाकुहरूलाई रकम दिएर विदाइ गर्ने प्रक्रिया सुरु भएपछि माओवादीको युवा संगठन वाईसीएलले आफ्नै पार्टीविरुद्घ आन्दोलन गर्‍यो । उनीहरूले पार्टी कामका लागि लडाकु दस्ताबाट झन्डै तीन हजार बाहिर आएका उल्लेख गर्दै शिविरमा बस्नेकै जति रकम पाउनुपर्ने माग चर्काएका छन् । आफ्नै नेताहरूमाथि आन्दोलन चर्काएपछि माओवादी स्थायी समिति बैठकले पार्टी कोषबाट नै वाईसीएलका लडाकुहरूलाई राहत प्याकेज दिने घोषणा गर्दै स्थितिलाई थामथुम पारेको छ ।  शिविर भित्रकै लडाकुले जति पैसा पाउनुपर्ने वाईसीएलको माग पूरा गर्न लडाकुलाई दिएको न्यूनतम पाँच लाखको दर कायम गर्ने हो भने करिब डेढ अर्ब लाग्न सक्छ । माओवादीको यो निर्णयपछि यति ठूलो धनराशि उसले कहाँबाट ल्याउँछ भन्ने धेरैको चासो छ ।
Published in kantipur daily
निर्वाचन आयोगमा माओवादीले हालै पेस गरेको पछिल्लो आर्थिक वर्षको आयव्यय प्रतिवेदन हर्ने हो भने ऊसँग धेरै रकम पार्टी केन्द्रीय कोषमा छैन । आर्थिक वर्ष ०६७/६८ को  प्रतिवेदनअनुसार माओवादीको आम्दानी  १३ करोड २६ लाख ३८ हजार ४ सय ५ रुपैयाँ छ भने खर्चचाहिँ १२ करोड ८२ लाख ९६ हजार ६ सय ९५ रुपैयाँ छ । आम्दानी र खर्चको अनुपात हेर्दा माओवादी पार्टी कोषमा ०६७/६८ मा ४३ लाख  ४१ हजार ७ सय १० रुपैयाँमात्र देखिन्छ । तर यति कमजोर अवस्थामा करोडाैं रुपैयाँ माओवादीले सहजै 'पार्टी कोष'बाट राहत प्याकेज दिने निर्णय कसरी गर्‍यो ? यसले दुइटा आशंका जन्माएको छ । पहिलो, माओवादीले कि वाईसीएललाई क्षणिक रूपमा थामथुम पार्नमात्र यस्तो निर्णय गरेको हो । दोस्रो, पार्टीको वास्तविक आम्दानी र खर्च विवरण निर्वाचन आयोगमा बुझाएको
छैन ।

के गर्लान् विपक्षीले ?

kantipur daily
काठमाडौ, पुस १३ - राष्ट्रिय सरकारका लागि राष्ट्रपतिले आह्वान गरेपछि आन्दोलन रोकेर विपक्ष्ाीहरू सहमति खोज्न दौडेका थिए । राष्ट्रपतिले दिएको छैटौं समयसीमा सकिन लाग्दा पनि सहमतिको दौड गतव्यमा पुग्न सकेको छैन । वैशाखमा चुनावमा जाने प्रमुख एजेन्डा लिएर हिँडेका विपक्षी दलका सामु सत्तारूढ मोर्चाबाट पुनः निश्चित समय तोकेर संविधानसभाको पुनःस्थापनाको प्रस्ताव तेर्सिएपछि त बन्दै गएको सहमतिको वातावरण झन् प्रदूषित भएको छ । सहमति पनि नहुने र प्रधानमन्त्री बाबुराम भट्टराईले सरकार पनि नछाड्ने यस्तो अवस्थामा विपक्षीहरू के गर्लान् ?

नेताहरूका अनुसार अब विपक्षी दलहरू राष्ट्रपतिको आगामी कदमको पर्खाइमा छन् । भारत भ्रमणबाट फर्केलगत्तै सहमति नभएको अवस्थामा एउटा टुंगोमा पुग्न राष्ट्रपतिलाई दबाब दिने रणनीतिमा उनीहरू छन् । विपक्षी दलहरू राष्ट्रपतिबाट सहमतिका लागि सुरु भएको प्रक्रिया अब धेरै लम्बाउने मुडमा छैनन् ।


एमाओवादीबाट सहमतिमा बाधा उत्पन्न भइरहेका अवस्थामा राष्ट्रपतिले नयाँ सरकार बनाउनेतर्फ कदम चाल्नुपर्ने उनीहरूको सुझाव

छ ।

Wednesday, December 26, 2012

संविधान जात्रा !


दुर्गा खनाल
काठमाडौ, जेष्ठ १९ - स्थान उही । व्यक्ति र पात्र एउटै । संविधानसभाका पहिलो र अन्तिम दिन नितान्त फरक । सभासद्देखि आम नागरिकको मनोदशा भिन्न थियो । कहिल्यै नर्बिसिने दिनका रूपमा यी दुई दिन इतिहासमा लेखिएका छन् । मुलुकभरबाट  प्रत्यक्ष र समानुपातिकको सिट विभाजन गर्न निर्वाचन आयोगलाई झन्डै एक महिना लाग्यो त्यसैले डेढ महिनापछि ०६५ जेठ १५ का लागि संविधानसभाको पहिलो बैठक बस्ने दिन तोकिएको थियो । 

'सेरेमोनियल’ सभाध्यक्ष

दुर्गा खनाल
जेठ १४ गते दिउसो सभासद्हरू बैठक सञ्चालनको माग गर्दै संविधान सभाध्यक्षको खोजीमा थिए । सधैजसो बैठकको दिन संविधानसभा भवन प्रवेश गर्ने अध्यक्ष सुवासचन्द्र नेम्बाङ त्यस दिन त्यहाँ थिएनन् ।  नेम्बाङ यस अघिका कुनै पनि बैठक छुटाउँदैनथे । सधै बैठक बस्ने दिन समयमै सभा भवन पुग्थे । बैठक नचल्ने भयो भने सूचना टाँसेपछि मात्र उनी बाहिरिन्थे । जेठ १४ गते  बिहान ११ बजेका लागि बैठक बोलाएको थियो । बैठक संचालन गर्ने व्यक्तिसमेत नदेखेपछि सभा भवनमा सभासद्हरूले नाराबाजी गरिरहे । तर अन्ततः नेम्बाङ सभा भवनमा प्रवेश नगरी संविधानसभाको मृत्युवरण भयो ।
पदीय जिम्मेवारीका हिसाबले सार्वभौम संविधानसभाका सबैभन्दा ठूला व्यक्ति उनै थिए । तर उनको अनुहारसमेत हेर्न नपाई संविधानसभाको अन्तिम दिन समाप्त भयो ।  किन नेम्बाङले यसो गरे ?

भारतमा शिक्षा/सस्तो र गुणस्तरिय

  • दुर्गा खनाल
पाच बर्ष अघिसम्म विदेशमा अध्ययन भन्ने वित्तिकै अमेरिका, संयुक्त अधिराज्य, अष्टेलिया लगायतका मुलुकहरु मात्र सबैको नजरमा पर्थे । कि नेपालकै कलेजहरुमा विद्यार्थीहरु पढ्थे कि त अमेरिकी र युरोपियन मुलुकहरु नै ताक्थे । तर पछिल्ला बर्षहरुमा विदेशमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुको आकर्षक गतव्यको सूचीमा भारत पनि थपिएको छ । अमेरिका युरोप ताक्ने विद्यार्थीहरु पनि अब भारतको अध्ययनतिर आकर्षित हुन थालेका छन् ।

ओली आकांक्षा


प्रोफाइल
  • दुर्गा खनाल

मिडियाका लागि एमाले नेता केपी ओली ”न्युजमेकर” हुन् । पदमा रहँदा होस् या नरहँदा उनको मिडियामा उपस्थिति उस्तै रहन्छ । ओली यस्ता नेता मध्येमा पर्छन्, जो समाचारका  नियमित स्रोत हुन् । पछिल्ला केही साता पनि ओली र उनीसँग जोडिएका प्रसंगका समाचारले सञ्चारमाध्यम राम्ररी नै रंगिएका छन् । यतिखेर ओली दुइटा प्रसंगका कारण चर्चामा  छन् । पहिलो– तीन वर्षदेखि झन्डै पानी बाराबारको स्थितिमा रहेका अध्यक्ष झलनाथ खनाल र उनको सम्बन्ध सुध्रिएको छ । एमालेलाई एकताबद्घ बनाएर लैजाने अनौपचारिक सहमति गरेका छन् । दोस्रो– संविधानसभामा पार्टीको भूमिका बलियो बनाउन भन्दै उनी सभासद बन्ने कुरा चल्दैछ ।


झन्डै तीन वर्षअघि बुटवलमा सम्पन्न एमाले आठौं महाधिवेशनपछि ओली र खनालको सम्बन्ध बिग्रिएको थियो । त्यसयता अध्यक्ष खनाल एकलौटी ढंगले अघि बढ्न खोजेको भन्दै आलोचना गर्ने ओली अहिले खनालले आन्तरिक एकताको प्रस्ताव अघि सारेपछि त्यसमा राजी भएका छन् ।

अलग बाटोमा अशोक

published in Kantipur daily


  • दुर्गा खनाल

संविधान सभाको कार्यकाल सकिने बेलामा बुहजातीय कि एकल जातीय पहिचान सहितको संघीयता भन्ने विवाद उत्कर्षमा थियो । यही विवाद दलहरुबीच अन्तिममा  समयसम्म  नमिल्दा संविधान नबनाई संविधान सभा विघटन भयो । संविधान सभा भित्रको संघीयताको विवादले मुलुक संबैधानिक राजनीतिक संकटमा मात्र फसेन, प्रमुख दलहरुको आन्तरिक जीवनमा समेत यो घटनाले भूईचालो ल्याइदियो । यसको सबै भन्दा ठूलो धक्का यतिबेर एमालेमा परेको छ । संविधान सभा विघटनको चार महिनासम्म पनि पार्टी भित्रको विवाद नमिलेपछि केही नेताले बिहीबार औपचारिक रुपमा  एमालेसंग सम्बन्ध विच्छेद गरेका छन् । पहिचान सहितको संघियताको मुद्दामा एमाले पछि हटेको आरोपसहित बाहिरएका उनीहरुले नयाँ शक्ति निर्माण गर्ने उद्घोष गरेका छन् । जसको प्रमुख नेता बनेका छन्– अशोक राई ।

भट्टराई सरकारको एक बर्ष/ समिक्षा

प्रमुख एजेण्डामा असफल, कुरा बढी काम कम
  • दुर्गा खनाल
बाबुराम भट्टराई नेपालीका राजनीतिमा सबै भन्दा बढी आशा गरिएका पात्र थिए । प्रधानमन्त्री भएपछि उनले नेपाललाई कायापलट नै गरिदिन्छन् भन्नेहरु पनि नभएका होइनन् । नभन्दै उनी प्रधानमन्त्री भए र यसैसाता उनी नेतृत्वको सकारको एकबर्ष पनि पुरा भएको छ । तर भट्टराईमाथि पूर्ण भरोसा राखेकाहरु नै  यतिबेर निराश बनेका छन् । उनले एक बर्षे कार्यकालमा आफू्ले गरेका प्रमुख प्रतिबद्घता पुरा गर्न सकेनन् । भट्टराईले प्रधानमन्त्री हुनेबेला तीन वटा प्रतिबद्घता  गरेका थिए, शान्ति प्रक्रिया टुंगो लगाउने, संविधान जारी गर्ने र जनतालाई सुशासनको प्रत्याभूति दिलाउने ।
यी तीनवटै एजेण्डामा भट्टराई सरकार असफल देखियो । शान्ति प्रक्रिया सम्बन्धमा लडाकु बर्गिकरण गर्नेदेखि नेपाली सेनामा लैजान सम्मको प्रगति भयो तर अरु काम बाँकी नै छ । त्यस्तै वेपत्ता छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग बनाउने लगायतका शान्ति प्रक्रियासंग गासिएका काम ज्यूँकात्यूँ छन् । यसले शान्ति प्रक्रिया पुरा गर्ने उनको प्रतिबद्घता बीच  बाटोमै अल्झिइरहेको छ ।

माओवादीका चाही कुनै हालतमा जान्न; अशोक राई

 अशोक राई
उपाध्यक्ष, एमाले
एकल जातीय पहिचानको बिषयले एमालेभित्र नेतृत्व र केही जनजाती र मधेसी नेताहरुबीचको विवाद उत्कर्षमा पुगेको छ । अनुशासनको प्रश्न उठाउदै  असन्तुष्ट नेताहरुमाथि पार्टीले स्पष्टीरकरण सोधेको छ । उपाध्यक्ष अशोक राईको नेतृत्वमा असन्तुष्ट समूहले छुट्टै विचार समूह निर्माण  गरी माओवादीसंग मोर्चा बन्दी गरेर हिड्न थालेको छ । यही सन्दर्भमा कान्तिपरका  गोपाल खनाल र दुर्गा खनालले उपाध्यक्ष राईसंग गरेको सवांद:
 पार्टी विरुद्द गुटगत क्रियाकलाप र अबाञ्छित गतिविधि गर्दैे हिड्नु भएछ अनुशासन आयोगले प्रश्न उठाएका छ नि के हो ?
मैले अखबारमा आएको कुरा पढे तर चिठ्ठी पाएको छैन । अखबारमा सूचना  जारी गरेर स्पष्टीकरण  माग्ने पार्टीको पद्दती छैन । के निर्णय भएको छ, के कुराको प्रस्टीकरणको अपेक्षा गरिएको हो, हातमा पत्र नपरी अखबारमा आएको भरमा टिप्पणी गर्नु ठिक होइन ।

Tuesday, December 25, 2012

obituary of senior journalist chandralal jha


कुर्सी चक्कर


  • दुर्गा खनाल

काठमाडौ, मंसिर २२ - 
published in kantipur daily
राष्ट्रिय सहमतीय सरकारका लागि दिइएको दोस्रो समयसीमा पनि प्रमुख दलले त्यत्तिकै गुजारे । राष्ट्रपतिले शुक्रबार फेरि अर्को ६ दिने म्याद थपेका छन् । तर निकास निस्कने सम्भावना देखिँदैन । राष्ट्रपतिको आह्वानपछि दलहरू ठोस एजेन्डामा प्रवेश त गरे तर त्यसले दूरी घटाएन, बरु बढायो । सत्तापक्षको मागबमोजिम कांग्रेसले सभापति सुशील कोइरालालाई प्रधानमन्त्री प्रस्ताव गर्‍यो । त्यसलाई विपक्षीले समर्थन गरे तर सत्तापक्षले नयाँ सर्त थप्यो । 

अहिले तिनै पुरानै अडानका बीच सत्तारूढ र विपक्षी दलहरूबीच दूरी बढ्दो छ ।  

पछिल्लो समयसीमाभित्र पनि सहमति हुने प्रस्ट आधार देखिएको छैन । दलहरू समय त्यत्तिकै लम्ब्याएर वैशाखमा पनि चुनाव नगर्नेतर्फ सोझिएका देखिन्छन् । जनताको ताजा जनादेश चाहन्छन् भने दलहरू निर्वाचनका आधार तयार गर्नेतर्फ लाग्ने थिए । 

दलहरूका कुर्सीको घनचक्करमा मुलुक असफलतातिर उन्मुख हुने त्रास छँदैछ, आम नागरिकमा निराशाको नेप्से बढ्दो छ । 'यो छ वर्षमा धेरै गोलमाल भइसकेको छ, अब त सहमति भन्नु लाजमर्दो हुन लागिसक्यो,' राजनीतिशास्त्री प्राध्यापक श्रीधर खत्रीले भने, 'जसरी पनि चुनाव गर्ने भएपछि त्यसका लागि बाटो त तय गर्नुपर्छ ।' सहमतिमा हुने ढिलाइले चुनाव मात्र होइन अन्य जटिलता थप्दै जाने उनको बुझाइ छ । 

फेरि हुने भयो संविधानसभा निर्वाचन संविधानसभा पुनःस्थापनामा सहमति भएन


काठमाडौं, आश्विन ३ - संघीयतामा सहमति नभएपछि प्रमुख राजनीतिक दलहरु संविधानसभा निर्वाचनतर्फ केन्द्रित भएका छन् ।
संघीयतामा सहमति गरी संविधानसभा पुनःस्थापना गर्ने प्रयास असफल भएपछि दलहरु पुनः संविधानसभा निर्वाचन गर्न सैद्धान्तिक सहमतिमा पुगेका हुन् । 'संविधानसभा पुनःस्थापनाको विकल्प आजबाट सकियो,' नयाँ बानेश्वरमा बुधबार बसेको शीर्ष बैठकपछि एमाले अध्यक्ष झलनाथ खनालले संवाददाताहरुसित भने, 'अब ताजा जनादेशमा गइन्छ ।'

असन्तुष्टहरू आधाआधा


काठमाडौ, आश्विन १२ - एमालेको असन्तुष्ट समूहका आधा केन्द्रीय नेताहरू आफ्नो मागका सम्बन्धमा अन्तरसंघर्ष गर्दै पार्टीभित्रै बस्ने भएका छन् । स्थायी समितिका नेताहरूसँग बिहीबार भएको छलफलबाट पोलिटब्युरो सदस्य पृथ्वी सुब्बा गुरुङसहित पाँच जना केन्द्रीय नेता पार्टीमै बस्ने निष्कर्षमा पुगेका हुन् । यो समूहमा पोलिटब्युरो सदस्य रामचन्द्र झा, केन्द्रीय सदस्यहरू किरण गुरुङ, दलबहादुर राना र वीरबहादुर लामा छन् ।
उपाध्यक्ष अशोक राईसहित पाँच जना केन्द्रीय नेता भने अन्तरसंघर्षको बाटो छोडी नयाँ पार्टी गठन गर्नतिर लागेका छन् । राईसँगै पार्टीबाट अलग्गिने तयारीमा रहेका नेताहरूमा विजय सुब्बा, रकम चेम्जोड, राजेन्द्र श्रेष्ठ र अजम्बर काङमाङ छन् । संघीयताको विषयमा कुरा नमिलेपछि राईको नेतृत्वमा १० जना केन्द्रीय नेताहरू रहेको 'अग्रगामी विचार समूह' निर्माण भएको थियो । पछि नयाँ पार्टी खोल्ने कि एमालेभित्रै अन्तरसंघर्ष गर्ने भन्ने विषयमा मतान्तर भएपछि असन्तुष्ट समूहमा यसअघि नै फुट आएको थियो । फुट आएपछि राई नेतृत्वको समूह 'संघीय समाजवादी पार्टी' बनाउने प्रस्ताव लिएर छलफलमा जुटेको छ । यो समूहले एमाले छोड्नका लागि आगामी १८ गते औपचारिक कार्यक्रम पनि तय गरिसकेको छ ।

एमाले रिङबाहिर | मुख्य समाचार | ekantipur.com

उर्लियो एमाले

'हामीले तानेर खसाल्ने हो कि, आफैं उत्रिने ? म बाबुराम भट्टराईलाई सोध्न चाहुन्छ ।' 'सर्वहाराका नेता भन्नेले ठड्याएका टावर जनताले देखिसके, त्यसबाट जोगिन र अल्मल्याउन एमाओवादी साम्प्रदायिक सद्भाव विगार्ने योजनामा छ'

काठमाडौं, आश्विन २० - राष्ट्रिय सहमतिका लागि दबाब दिन र वर्तमान सरकार हटाउन भन्दै एमाले ले शुक्रबार मुलकभर बृहत् जनप्रदर्शन गरेको छ । केन्द्रीय नेताहरुले सम्बोधन गर्ने गरी राजधानीमा गरिएको प्रदर्शन र भेलामा एमाले का व्यापक कार्यकर्ताहरु उर्लेका थिए ।
सत्तारुढ गठबन्धन विरुद्घ केन्दि्रत जनप्रदर्शनमा एमाले ले सहमतिको दिशामा नआए बाबुराम भट्टराईलाई 'कुर्सीबाट तानेर हटाउने' चेतावनी दिएको छ । उसले लोकतन्त्र र सामाजिक सद्भाव कायम गर्न शुरु भएको आन्दोलन अब नरोकिने उद्घोष पनि गरेको छ ।
एमाले ले सर्वसत्तावाद र जातीय विद्घेष फैलाउने प्रयास विरुद्घको लडाईमा उत्रिएको घोषणा गर्‍यो । एमाओवादीलाई सर्वसत्तावादी र जातीय विद्घेष फैलाउने शक्तिको रुपमा चित्रण गर्दै एमाले नेताहरुले उसको योजनालाई कुनै हालतमा सफल हुन नदिने बताए ।
अबको लडाई सर्वसत्तावादी र जातीय विद्घेष फैलाउनेहरु विरुद्घ लोकतन्त्रवादी र समाजिक सद्भाव सहितको एकता कामय गर्न खोज्ने शक्तिहरुबीच हुने एमालले बताएको छ । सत्ता गठबन्धनलाई लम्बाएर एमाओवादीले सर्वसत्तावादी अभ्यास गरिरहेको र सत्ताकै लागि जातीय नारालाई अघि सारेको एमाले को आरोप छ ।   
'एकबर्षदेखि मुलुकमा एमाओवादीको र्सवसत्तावाद हावी भएको छ, यो आन्दोलन त्यही सर्वसत्तावाद विरुद्घ हो', राजधानीमा एमाले मोर्चा संगठनको शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष झलनाथ खनालले भने, 'हामीले तानेर खसाल्ने हो कि आफै उत्रिने म बाबुराम भट्टराईलाई सोध्न चाहुन्छ, तानेरै खसाल्नु पर्ने हो भने आन्दोलन सुरु भइसक्यो ।' उनले सहमतिमा नआउने हो भने आन्दोलनको आूधीबेहरी सिर्जना गर्ने र सर्वसत्तावादी योजनालाई समाप्त पारिदिने चेतावनी दिए ।