Tuesday, December 25, 2012

उर्लियो एमाले

'हामीले तानेर खसाल्ने हो कि, आफैं उत्रिने ? म बाबुराम भट्टराईलाई सोध्न चाहुन्छ ।' 'सर्वहाराका नेता भन्नेले ठड्याएका टावर जनताले देखिसके, त्यसबाट जोगिन र अल्मल्याउन एमाओवादी साम्प्रदायिक सद्भाव विगार्ने योजनामा छ'

काठमाडौं, आश्विन २० - राष्ट्रिय सहमतिका लागि दबाब दिन र वर्तमान सरकार हटाउन भन्दै एमाले ले शुक्रबार मुलकभर बृहत् जनप्रदर्शन गरेको छ । केन्द्रीय नेताहरुले सम्बोधन गर्ने गरी राजधानीमा गरिएको प्रदर्शन र भेलामा एमाले का व्यापक कार्यकर्ताहरु उर्लेका थिए ।
सत्तारुढ गठबन्धन विरुद्घ केन्दि्रत जनप्रदर्शनमा एमाले ले सहमतिको दिशामा नआए बाबुराम भट्टराईलाई 'कुर्सीबाट तानेर हटाउने' चेतावनी दिएको छ । उसले लोकतन्त्र र सामाजिक सद्भाव कायम गर्न शुरु भएको आन्दोलन अब नरोकिने उद्घोष पनि गरेको छ ।
एमाले ले सर्वसत्तावाद र जातीय विद्घेष फैलाउने प्रयास विरुद्घको लडाईमा उत्रिएको घोषणा गर्‍यो । एमाओवादीलाई सर्वसत्तावादी र जातीय विद्घेष फैलाउने शक्तिको रुपमा चित्रण गर्दै एमाले नेताहरुले उसको योजनालाई कुनै हालतमा सफल हुन नदिने बताए ।
अबको लडाई सर्वसत्तावादी र जातीय विद्घेष फैलाउनेहरु विरुद्घ लोकतन्त्रवादी र समाजिक सद्भाव सहितको एकता कामय गर्न खोज्ने शक्तिहरुबीच हुने एमालले बताएको छ । सत्ता गठबन्धनलाई लम्बाएर एमाओवादीले सर्वसत्तावादी अभ्यास गरिरहेको र सत्ताकै लागि जातीय नारालाई अघि सारेको एमाले को आरोप छ ।   
'एकबर्षदेखि मुलुकमा एमाओवादीको र्सवसत्तावाद हावी भएको छ, यो आन्दोलन त्यही सर्वसत्तावाद विरुद्घ हो', राजधानीमा एमाले मोर्चा संगठनको शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष झलनाथ खनालले भने, 'हामीले तानेर खसाल्ने हो कि आफै उत्रिने म बाबुराम भट्टराईलाई सोध्न चाहुन्छ, तानेरै खसाल्नु पर्ने हो भने आन्दोलन सुरु भइसक्यो ।' उनले सहमतिमा नआउने हो भने आन्दोलनको आूधीबेहरी सिर्जना गर्ने र सर्वसत्तावादी योजनालाई समाप्त पारिदिने चेतावनी दिए । 
आफूलाई पहिलो पार्टी भन्दै अरुसंग जनमत नरहेको ठान्ने एमाओवादीको दाबीप्रति आक्रोश व्यक्त गर्दै अध्यक्ष खनालले भने, ' संविधान सभामा तेस्रो भएपनि जनताको मनमा एमाले पहिलो पार्टी हो, तर आफूलाई पहिलो पार्टी भन्नेहरुलाई आज रन्तपार्कमा आएर हेर्न चुनौती दिन्छु ।'   
रत्नपार्कमा आयोजित सभाबाट खनालले उद्घाटन गरेपछि शुरु प्रदर्शन राजधानीका विभिन्न क्षेत्रको परिक्रमापछि अर्का नेता केपी ओली लगायतले सम्बाधेन गरेका थिए । नेता ओलीले सत्ताकब्जाको उद्देश्यले नै संविधान बन्न नसकेको उल्लेख गर्दे राष्ट्रघाती काम गरिरहेको सरकारलाई तत्काल विस्थापन गर्नुपर्ने बताए । सर्वहारा बर्गको कुराबाट जनता अल्मल्याउन नसकेपछि  साप्रमदायिक सद्भाव विगार्ने योजनामा एमाओवादी अग्रसर रहेको ओलीको आरोप थियो । 'संर्वहाराबर्गका कुराबाट जनता अमल्याउन सकिएन, सर्वहाराका नेता भन्नेले ठड्याएका टावर जनताले देखिसके', ओलीले भने, 'त्यसबाट अल्मल्याउन नसकेपछि समानता र पहिचानको नाममा  सामप्रदायिक सद्भाव विगार्ने योजनामा लागेका छन् ।'  राणा शासनदेखि नै सर्वसत्तावादविरुद्घ  लडेको पार्टी भएको उल्लेख गर्दै नेता ओलीले एमालेरहुन्जेलसम्म कसैको तानशाही नचल्ने दाबी गरे ।  
'टावर बनाउन होइन, एमाले देश बनाउन ज्यान दिएको पार्टी हो, सबैको समानता स्थापित गराउन लडेको पनि हो' नेता ओलीले भने, 'बाबुराम सत्ताकब्जा भनेर बसिरहेका छन्, उनलाई निकट भविष्यमै विस्थापीत गरिनेछ ।' भट्टराई सरकारलाई उनले राष्ट्रघाती, देशद्रोही र विदेशीको सामु लम्पसार पर्ने नालायकको संज्ञा दिए ।  
उपाध्यक्ष बामदेव गौतमले विदेशीको दलाली गर्ने सरकारलाई नांगेझार पार्ने बताए । सहमतिको झण्डा बोकेर एमाले बाहिर निस्किएको उल्लेख गर्दै उनले भने, 'जातीय विद्घेष फैलाउने, विदेशीको दलाली गर्नेहरुलाई पराजीत नगरी अब हाम्रो लडाई रोकिने छैन ।' जालझेलको राजनीति गरी सत्ताको लागि देश लुट्न पनि तयार हुनेहरु सरकारमा रहेको गौतमको आरोप थियो । अर्का उपाध्यक्ष विद्या भण्डारीले एमाओवादी अधिनायकवादी मात्र नभई मुलुकलाई नै विखण्डनको दिशामा लैजाने ध्वंसात्मक शक्ति भएको टिप्पणी गरिन् । मोर्चा संगठनका संयोजक तथा सचिव शंकर पोखरेलले एमाओवादीले वार्तालाई सत्ता लम्बाउने नाटकका रुपमा प्रयोग गरिरहेको बताए । उनलेएमाले को जनप्रदर्शनले सर्वसत्तावादविरुद्घ सशक्त दबाब सिर्जना गरेको उल्लेख गरे । रत्नपार्कबाट शुरु भएको जुलुसमा अध्यक्ष खनाल लगायतका शिर्ष नेताहरु सहभागी थिए । सरकार विरोधी नाराबाजी सहित पुतलीसडक, प्रदर्शनी मार्ग, न्यूरोड बसन्तपुर अशन हुदै जुलुस रन्तपार्कमा पुगेर समापन भएको थियो । उद्घाटन र सभापन सभामा गंगालाल तुलाधर, कृष्णगोपाल श्रेष्ठ, जीतु गौतम, शेरबहादुर तामाङ, महमुद आलम लगायत नेताहरुले सम्बोधन गरेका थिए ।
पार्टी छोड्नेहरुप्रति नेताहरुको आक्रोश   
सरकारविरोधी प्रदर्शन भए पनि शुक्रबारको सम्बोधनमा नेताहरुले बिहीबार मात्र एमाले परित्याग गर्नेहरुको बिषयलाई जोडका साथ उठाए । उपाध्यक्ष अशोक राई लगायतको बहिर्गमनले एमाले लाई धक्का पर्ने आकंलन भइरहेका बेला नेताहरुले केही फरक नपर्ने दाबी गरे । उनीहरुले जनजाती मधेसी लगायतको ठूलो जनमत आफूहरुको पक्षमा रहेको पुष्टी गर्ने कोशिस गरे ।
अध्यक्ष झलनाथ खनालले उनीहरुको बहिर्गमनले कुनै फरक नपर्ने अभिव्यक्ति शुक्रबार पनि दोहोर्‍याए । 'बाँसका टुसा बढदै जादा त्यसले 'पट्याँस' फाल्छ,  जती 'पट्याँस फाल्छ बास त्यत्तिनै अग्लो र बलीयो हुनै जान्छ' अध्यक्ष खनालले टुक्का हाल्दै भने ।
उनले आफनो गल्ती महसुस गरेर आउनेहरुलाई स्वागत गरिने बताए । 'हिजो पनि मैले भनेको थिए, हात्तिका जीउबाट हिलो धुलो र्झछ, कहिलेकाही माहुते पनि लड्छ, तर कोही सच्चिएरका आउछ भने त्यसलाई हामी माहुते बनाएर राख्न पनि सक्छौ' खनालले भने ।  
नेता केपी ओलीले भने एमाले त्याग्नेहरुलाई विदेशीहरुको भकुण्डो भएको आरोप लगाए । 'झकुण्डो आफै उफ्रिदैन कसैले थेचारेपछि मात्र उफ्रिन्छ' नेता ओलीले भने, 'केही साथीहरु विदेशी तत्वको भकुन्डो भएको देखियो, उहाहरु आफै होइन कसैले उफारिदिएको हो ।'  एमाले भित्र आफ्नो पहिचान नभएको भन्ने राईको अभिव्यक्तिप्रति ओलीले आपत्ति जनाए । 'अशोक राईलाई  राष्ट्रियस्तरमा चिन्ने कसले बनायो, मन्त्री कसले बनायो ? ओलीले भने, 'यो सबै विदेशी तत्व र नेपाल भाड्न खोज्नेहरुको प्रयास हो ।' उपाध्यक्ष विद्या भण्डारीले राई लगायतका नेताहरुलाई सिद्घान्तबाट विचलित भगौडा' हरुको संज्ञा दिइन् ।  जनजाती पृष्ठभूमिका नेताहरु गंगालाल तुलाधर, कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङ लगायतले सम्पूर्ण अवसरहरु प्राप्त गरेपछि छोडेर हिड्ने 'अवसरवादी' हरुको बहिर्गमनले पार्टीलाई केही प्रभाव नपार्ने बताए ।  
एमाले एउटा समुद्र हो २- ४ गिलास पार्नी घटेर केही  हुदैन' एमाले उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठले भने, ' एमाले को शरिरमा पिलो निस्किएको थियो, चिरिरे फाल्नुपर्ने पिलो आफै फुट्यो ठिकै भयो ।

No comments:

Post a Comment